9
बुद्धिले आफ्नै घर बनाएको छ । त्यसले चट्टानबाट सात वटा खम्बा गाडेको छ ।2 त्यसले आफ्ना पशुहरू मारेको छ । त्यसले आफ्नो दाखमद्य मिसाएको छ, र त्यसले आफ्नो टेबिल तयार पारेको छ ।3 त्यसले आफ्ना दासीहरूलाई बाहिर पठाएको छ । त्यो सहरको सबै भन्दा अग्लो टाकुराबाट चिच्याउँछ ।4 "निर्बुद्धि को हो ? त्यस यहाँ फर्कोस् ।" त्यो समझ नभएको व्यक्तिसित बोल्छ ।5 "आएर मेरो खाना खाओ, र मैले मिसाएको दाखमद्य पिओ ।6 आफ्ना निर्बुद्धि चालहरू त्यागेर बाँच । समझशक्तिको मार्गमा हिँड ।7 गिल्ला गर्नेलाई अनुशासनमा राख्नेले दुर्व्यवहार पाउँछ, र दुष्ट व्यक्तिलाई हप्काउनेले अपमान पाउँछ ।8 गिल्ला गर्नेलाई नहप्का, नत्रता त्यसले तँलाई घृणा गर्नेछ । बुद्धिमान् मानिसलाई हप्का, र त्यसले तँलाई प्रेम गर्नेछ ।9 बुद्धिमान् व्यक्तिलाई निर्देशन दे, र त्यो अझै बुद्धिमान् हुनेछ । धर्मी व्यक्तिलाई सिका, र त्यो अझै सिपालु हुनेछ ।10 परमप्रभुको भय नै बुद्धिको सुरु हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो ।11 किनकि मद्वारा तेरा दिनहरू धेरै हुनेछन्, र तेरो आयु लामो हुनेछ ।12 तँ बुद्धिमान् भइस् भने तँ आफ्नै लागि बुद्धमान् हुनेछस् । तैँले गिल्ला गरिस् भने तैँले त्यो आफैसित बोक्ने छस् ।"13 मूर्ख स्त्री अज्ञानी हुन्छे । त्यो अशिक्षित हुन्छे र त्यसलाई केही थाहा हुँदैन ।14 त्यो आफ्नो घरको ढोकामा, सहरका सबै भन्दा अग्ला ठाउँहरूमा बस्छे ।15 त्यसले सडकमा हिँड्नेहरू, आफ्नो बाटोम सीधा अगाडि बढ्नेहरूलाई डाक्दै छे ।16 "कोही निर्बुद्धि छ भने त्यो यहाँ फर्कोस्", समझशक्ति नभएकाहरूलाई त्यसले भन्छे ।17 "चोरीको पानी मीठो हुन्छ, र गुप्तमा खाएको रोटी स्वादिष्ठ हुन्छ ।"18 तर त्यहाँ मरेकाहरू छन् र त्यस स्त्रीले निम्तो दिएका पाहुनाहरू पातालको गहिराइमा छन् भनी त्यसलाई थाहा छैन ।