5
हे मेरो छोरो, मेरो बुद्धिमा ध्‍यान लगा । मेरो समझशक्तिमा कान थाप ।2 यसरी तैँले विवेकको विषयमा सिक्‍ने छस्, र तेरो ओठले ज्ञानको रक्षा गर्न सक्‍नेछ ।3 किनकि व्यभिचारी स्‍त्रीको ओठबाट मह चुहुन्‍छ, र त्‍यसको मुख तेल भन्‍दा पनि चिल्लो हुन्‍छ ।4 तर अन्‍त्‍यमा त्‍यो ऐरेलु जत्तिकै तीतो हुन्‍छ, र दुईधारे तरवार जस्‍तै धारिलो हुन्‍छ ।5 त्‍यसको खुट्टा मृत्‍युतिर ओह्रालो लाग्छ । त्‍यसका कदमहरू पातालको मार्गमा जान्‍छन् ।6 त्‍यसले जीवनको मार्गको बारेमा सोच्दैन । त्‍यसका चालहरू भौँतारिन्‍छन् । कहाँ जाँदै छे भनी त्‍यसलाई थाहै हुँदैन ।7 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरो मुखका वचनहरू सुन्‍नदेखि नतर्क ।8 तिमीहरूको मार्ग त्‍यसबाट परै राख, र त्‍यसको घरको ढोका नजिक नआओ ।9 यसरी तिमीहरूले आफ्नो इज्‍जत अरूलाई दिनेछैनौ वा तिमीहरूको उमेर क्रूर व्यक्तिलाई दिने सुम्पनेछैनौ ।10 परदेशीहरूले तिमीहरूको धन-सम्पत्तिमा भोज लगाउनेछैनन् । तिमीहरूले जेको लागि काम गरेका छौ, त्‍यो परदेशीहरूको घरमा जानेछैन ।11 तिमीहरूका मासु र छाला गलिसक्दा तिमीहरूको जीवनको अन्‍त्‍यमा तिमीहरूले विलाप गर्नेछौ ।12 तिमीहरूले भन्‍नेछौ, "हाय, मैले निर्देशनलाई कसरी घृणा गरेँ, र मेरो हृदयले सुधारलाई तुच्‍छ ठान्‍यो !13 मैले मेरा शिक्षकहरूको आज्ञा मानिनँ वा मेरा प्रशिक्षकहरूका कुरा सुन्‍न कान थापिनँ ।14 सभाको बीचमा, मानिसहरूको जमघटमा म झण्डै पूर्ण रूपमा विनाश भएँ ।15 आफ्नै कुण्डको पानी पिउनू, र आफ्नै कुवाबाट बगेको पानी पिउनू ।16 के तेरो कुवाको पानी जताततै र तेरो खोलाको पानी सार्वजनिक चोकहरूमा बग्‍न दिने ?17 ती तेरा लागि मात्र होऊन्, र तँसित भएका परदेशीहरूका लागि नहोऊन् ।18 तेरो फुहाराले आशिष् पाओस्, र तेरो युवावस्थाकी पत्‍नीसित तँ आनन्‍दित भएको होस् ।19 किनकि त्‍यो मायालु मृग र अनुग्रहमय हरिणीझैँ छे । त्‍यसका स्तनहरूले तँलाई सधैँभरि सन्‍तुष्‍ट पारून् । त्‍यसको प्रेमद्वारा तँ निरन्‍तर रूपमा मोहित तुल्याइएको होस् ।20 हे मेरो छोरो, तँ किन व्यभिचारी स्‍त्रीद्वारा फसाइने ? तैँले किन अनैतिक स्‍त्रीलाई अङ्‌गालो हाल्ने ?21 मानिसले गर्ने हरेक कुरो परमप्रभुले देख्‍नुहुन्‍छ, र त्‍यसका सबै मार्गलाई उहाँले निगरानी गर्नुहुन्‍छ ।22 दुष्‍ट व्यक्ति आफ्नै अधर्मद्वारा पासोमा पर्नेछ । त्‍यसको पापका डोरीहरूले त्‍यसलाई कसेर बाँध्‍नेछ ।23 निर्देशनको कमीले त्‍यो मर्नेछ । त्‍यसको असीम मूर्खताद्वारा त्‍यसले बाटो बिराउँछ ।