<<
<
भजन संहिता
134
>
>>
134
हे परमप्रभुका सबै सेवकहरू हो, आओ, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको मन्दिरमा राति सेवा गर्छौ ।
2
पवित्र स्थानतिर आफ्ना हात उचाल र परमप्रभुको प्रशंसा गर ।
3
परमप्रभुले तिमीलाई सियोनबाट आशिष् देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।