133
हेर, दाजुभाइका निम्ति एकसाथ मिलेर बस्‍नु कति असल र सुखद कुरा हो । 2 यो शिरमा लगाएको असल तेल जस्‍तो हो जुन दाह्री तिर, हारूनकै दाह्रीतिर बगेर झर्छ र त्‍यसपछि यो तिनको वस्‍त्रको कठालोसम्म झर्छ । 3 यो हेर्मोन डाँडाको शीत जस्‍तो हो जुन सियोन पर्वतमाथि झर्छ । किनकि परमप्रभुले त्‍यहाँ आशिष् - सदासर्वदाको जीवनलाई आज्ञा दिनुभयो ।