130
हे परमप्रभु, गहिराइबाट तपाईंमा म पुकारा गर्छु । 2 हे परमप्रभु, मेरो स्‍वर सुन्‍नुहोस् । दयाको निम्ति मेरो बिन्‍ती सुन्‍नलाई तपाईंका कानहरू सचेत होऊन् । 3 हे परमप्रभु, तपाईंले अधर्महरू उल्लेख गर्नुभयो भने, हे परमप्रभु, को खडा हुन सक्थ्यो र ? 4 तर तपाईंमा क्षमा छ, जसले गर्दा तपाईंको आदर गरिन्‍छ । 5 म परमप्रभुमा पर्खिन्‍छु, मेरो प्राणले पर्खिन्‍छु र उहाँको वचनमा म आशा गर्छु । 6 रक्षकले बिहानको प्रतीक्षा गर्ने भन्‍दा धेरै मेरो प्राणले परमप्रभुको प्रतीक्षा गर्छ । 7 ए इस्राएल, परमप्रभुमा आशा गर् । परमप्रभु कृपालु हुनुहुन्‍छ र उहाँ क्षमा दिन तत्पर हुनुहुन्‍छ । 8 इस्राएललाई त्‍यसका सबै पापहरूबाट उद्धार गर्नुहुने उहाँ नै हुनुहुन्‍छ ।