131
हे परमप्रभु, मेरो हृदय घमण्डी छैन न त मेरा आँखा हठी छन् । आफ्नै निम्ति मसँग ठूला आशाहरू छैनन् न त मैले गर्न नसक्ने कुराहरूको वास्ता म गर्छु । 2 वास्तवमा मैले आफ्नो प्राणलाई स्थिर र शान्त बनाएको छु । दूध छोडाएको बालक आमासँग भएझैँ, मभित्र मेरो प्राण दूध छोडेको बालकझैँ छ । 3 ए इस्राएल, अहिले र सदासर्वदा परमप्रभुमा नै आशा गर् ।