129
"मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई आक्रमण गरेका छन्", इस्राएलले भनोस् । 2 "मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई आक्रमण गरेका छन्, तापनि तिनीहरूले मलाई पराजित गरेका छैनन् । 3 हलो जोत्नेहरूले मेरो ढाडमा जोते । तिनीहरूले आफ्ना हलोको डोबलाई लामो बनाए । 4 परमप्रभु धर्मी हुनुहुन्छ । उहाँले दुष्टहरूका डोरीहरू काट्नुभएको छ ।" 5 सियोनलाई घृणा गर्नेहरू सबै जना लाजमा परून् र फर्केर जाऊन् । 6 तिनीहरू घरमाथिका घाँसहरू जस्ता होऊन् जुन बढ्नअघि नै ओइलाउँछ, 7 जसले कटनी गर्नेको हात भर्न सक्दैन वा अन्नको बिटा बाँध्नेको छाती ढाक्न सक्दैन । 8 त्यो बाटो हिँड्नेहरूले यसो नभनून्, "परमप्रभुको आशिष् तिमीमाथि रहोस् । तिमीलाई परमप्रभुको नाउँमा हामी आशिष् दिन्छौँ ।"