127
परमप्रभुले नै घर बनाउनुभएन भने, त्‍यसलाई बनाउनेहरूले व्यर्थमा काम गर्छन् । परमप्रभुले नै सहरको रक्षा गर्नुभएन भने, रक्षकले व्यर्थमा रक्षा गर्छ । 2 बिहान सबेरै उठ्नु, घर ढिला आउनु वा कडा परिश्रमको रोटी खानु तिम्रो निम्ति व्यर्थ हुन्‍छ, किनकि परमप्रभुका प्रिय जन सुत्दा, उहाँले तिनीहरूलाई जुटाउनुहुन्‍छ । 3 हेर, छोराछोरीहरू परमप्रभुबाट प्राप्त उत्तराधिकार हुन् र गर्भको फल उहाँको इनाम हो । 4 योद्धाको हातका काँडहरूझैँ जवानी अवस्थाका छोराछोरीहरू हुन्‍छन् । 5 त्‍यो मानिस धन्‍यको हो, जसको ठोक्रो काँडहरूले भरिएको छ । त्‍यसले ढोकामा त्‍यसका शत्रुहरूको सामना गर्दा त्‍यो लज्‍जित हुनेछैन ।