126
परमप्रभुले सियोनको सुदिन फर्काउनुहुँदा, हामीलाई सपना देखे जस्‍तो भयो । 2 तब हाम्रा मुखहरू हाँसोले र हाम्रा जिब्राहरू गीतले भरिएका थिए । तब जातिहरूका माझमा तिनीहरूले भने, "परमप्रभुले तिनीहरूको निम्ति महान् कुराहरू गर्नुभएको छ । 3 परमप्रभुले हाम्रो निम्ति महान् कुरा गर्नुभयो । हामी कति खुसी थियौँ । 4 हे परमप्रभु, नेगेवका नदीहरूझैँ हाम्रा सुदिनहरू फर्काउनुहोस् । 5 आँसु झार्दै बीउ छर्नेहरूले आनन्‍दको गीत गाउँदै कटनी गर्नेछन् । 6 बीउ बोकेर छर्नलाई रुँदै जानेले अन्‍नका बिटाहरू लिएर आनन्‍दको गीत गाउँदै फेरि फर्किनेछ ।