120
मेरो सङ्‌कष्‍टमा मैले परमप्रभुमा पुकारा गरेँ र उहाँले मलाई जवाफ दिनुभयो । 2 हे परमप्रभु, आफ्ना ओठहरूले झूटा बोल्नेहरू र आफ्ना जिब्राहरूले छल गर्नेहरूबाट मेरो जीवनलाई बचाउनुहोस् । 3 ए झूट बोल्ने जिब्रो, उहाँले तँलाई कस्तो दण्ड दिनुहुनेछ र तँलाई अझ धेरै के गर्नुहुनेछ ? 4 झाडीको भुङ्‌ग्रोमा तताएर धारिलो बनाइएको योद्धाका काँडहरूले उहाँले तँलाई दण्ड दिनुहुनेछ । 5 मलाई धिक्कार होस्, किनभने म मेशेकमा अस्थायी रूपमा मात्र बस्छु । पहिले केदारका पालहरूका माझमा म बस्थेंँ । 6 किनकि शान्‍तिलाई घृणा गर्नेहरूसँग म धेरै लामो समय बसेको छु । 7 म शान्‍तिको पक्षमा छु, तर जब म बोल्छु, तिनीहरू युद्धको निम्ति हुन्‍छन् ।