121
पर्वतहरूतिर म आफ्ना आँखाहरू उचाल्नेछु । मेरो सहायता कहाँबाट आउनेछ ? 2 मेरो सहायता परमप्रभुबाट आउँछ, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो । 3 उहाँले तिम्रो खुट्टा चिप्लन दिनुहुनेछैन । तिमीलाई सुरक्षा दिनुहुने, उहाँ उँघ्नुहुनेछैन । 4 हेर, इस्राएलको रक्षक न त उँघ्नुहुन्‍छ न त सुत्‍नुहुन्‍छ । 5 परमप्रभु तिम्रो रक्षक हुनुहुन्‍छ । परमप्रभु तिम्रो दाहिने हातपट्टिको छहारी हुनुहुन्‍छ । 6 दिनमा तिमीलाई सूर्यले हानि गर्नेछैन, न त रातमा चन्‍द्रमाले कुनै हानि गर्नेछ । 7 पमरप्रभुले तिमीलाई सबै हानिबाट सुरक्षा दिनुहुनेछ र उहाँले तिम्रो जीवनलाई सुरक्षा दिनुहुनेछ । 8 तिमीले गर्ने सबै कुरामा परमप्रभुले तिमीलाई अहिले र सदासर्वदा रक्षा गर्नुहुनेछ ।