114
जब इस्राएलले मिश्र देश छोड्‌यो, याकूबका घराना विदेशी भाषा बोल्ने मानिसहरूबाट आयो, 2 तब यहूदा उहाँको पवित्रस्थान र इस्राएल उहाँको राज्‍य बन्‍यो । 3 समुद्रले हेर्‍यो र भाग्यो । यर्दन पछि फर्कियो । 4 पहाडहरू पाठाहरूझैँ उफ्रे, डाँडाहरू थुमाहरूझैँ उफ्रे । 5 ए समुद्र, तँ किन भागिस् ? ए यर्दन, तँ किन पछि फर्किस् ? 6 ए पहाड, तँ किन पाठाहरूझैँ उफ्रिस् ? ए साना डाँडाहरू, तिमीहरू किन थुमाहरूझैँ उफ्रियौ ? 7 ए पृथ्वी, परमप्रभुको सामु, याकूबका परमेश्‍वरको उपस्थितिमा थरथर हो । 8 उहाँले चट्टानलाई पानीको तलाउमा र कडा चट्टानलाई पानीको मूलमा बदल्‍नुभयो ।