113
परमप्रभुको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर । 2 परमप्रभुको नाउँ अहिले र सदासर्वदा धन्‍यको होस् । 3 सूर्य उदायदेखि त्‍यो नअस्ताएसम्म नै, परमप्रभुको नाउँको प्रशंसा हुनुपर्छ । 4 परमप्रभु सबै जाति भन्‍दा उच्‍च हुनुहुन्‍छ र उहाँको महिमा आकाशसम्म पुग्छ । 5 परमप्रभु हाम्रा परमेश्‍वरझैँ को छ र, जसको आफ्नो आसन उच्‍चमा छ, 6 जसले तल आकाश र पृथ्वीमा हेर्नुहुन्‍छ ? 7 उहाँले गरीबलाई फोहोरबाट उठाउनुहुन्‍छ र दरिद्रलाई खरानीको थुप्रोबाट उचाल्नुहुन्‍छ, 8 ताकि उहाँले त्‍यसलाई शासकहरूसित, त्‍यसका मानिसहरूका शासकहरूसित बसाल्नुहुन्‍छ । 9 उहाँले घरकी बाँझी स्‍त्रीलाई घर दिनुहुन्‍छ । उहाँले त्‍यसलाई छोराछोरीहरूकी आनन्‍दित आमा बनाउनुहुन्‍छ । परमप्रभुको प्रशंसा गर ।