110
परमप्रभुले मेरो प्रभुलाई भन्‍नुहुन्‍छ, "मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टाको पाउदान नबनाएसम्म मेरो दाहिने हातपट्टि बस ।" 2 परमप्रभुले सियोनबाट तपाईंको शक्तिको राजदण्ड पसार्नुहुनेछ । तपाईंका शत्रुहरूमाथि राज्‍य गर्नुहोस् । 3 तपाईंका मानिसहरूले तपाईंको शक्तिको दिनमा आफ्नै स्वइच्‍छाले पवित्र वस्‍त्रमा तपाईंको पछि लाग्‍नेछन् । प्रभातको गर्भदेखि नै तपाईंको जवानी तपाईंको निम्ति शीतझैँ हुनेछ । 4 परमप्रभुले शपथ खानुभएको छ र बदलिनुहुन्‍नः "सदासर्वदाको निम्ति तिमी मल्कीसेदेक जस्‍तै पूजाहारी हौ । 5 परमप्रभु तिम्रो दाहिने हातपट्टि हुनुहुन्‍छ । उहाँले आफ्नो क्रोधको दिनमा राजाहरूलाई मार्नुहुनेछ । 6 उहाँले जातिहरूको न्‍याय गर्नुहुनेछ । उहाँल युद्ध मैदानलाई मृत शरीरहरूले भर्नुहुनेछ । उहाँले धेरै देशहरूका अगुवाहरूलाई मार्नुहुनेछ । 7 उहाँले बाटो नजिकैको खोलाबाट पिउनुहुनेछ र तब विजयपछि उहाँले आफ्नो शिर उच्‍च पार्नुहुनेछ ।