82
परमेश्वर ईश्वरीय सभामा खडा हुनुहुन्छ । देवताहरूका माझमा उहाँले न्यायको फैसला गर्नुहुन्छ । 2 कहिलेसम्म तिमीहरू अन्यायपूर्वक फैसला गर्छौ र दुष्टको पक्षलाई कृपा गर्छौ ? सेला 3 गरीब र अनाथहरूको बचाऊ गर । कष्टमा परेकाहरू र दरिद्रहरूको अधिकार कायम गर । 4 गरीब र खाँचोमा परेकाहरूलाई बचाओ । तिनीहरूलाई दुष्टहरूका हातबाट छुटाओ । 5 तिनीहरूले न जान्दछन् न बुझ्छन् । तिनीहरू अन्धकारमा भौँतारिन्छन् । पृथ्वीका सबै जगहरू टुक्रिन्छन् । 6 मैले भनेँ, "तिमीहरू देवताहरू हौ र तिमीहरू सबै जना सर्वोच्चका छोराहरू हौ । 7 तापनि तिमीहरू मानिसहरूझैँ मर्नेछौ र शासकहरूमध्ये एक जनाझैँ ढल्नेछौ ।" 8 हे परमेश्वर, पृथ्वीको न्याय गर्न उठ्नुहोस्, किनकि सबै जातिहरूमा तपाईंको उत्तराधिकार छ ।