76
परमेश्‍वरले आफैलाई यहूदामा प्रकट गर्नुभएको छ । इस्राएलमा उहाँको नाउँ महान् छ । 2 उहाँको पाल शालेममा छ । उहाँको वासस्थान सियोनमा छ । 3 त्‍यहाँ उहाँले धनुको काँड, तरवार, ढाल र युद्धका अन्‍य हतियारहरू नष्‍ट गर्नुभयो । सेला 4 पर्वतहरूमाथि तपाईंले आफ्ना शिकारहरू मारेर ओर्लनुहुँदा तपाईं चम्किनुहुन्‍छ र आफ्नो महिमा प्रकट गर्नुहुन्‍छ । 5 साहसी हृदय भएकाहरू लुटिएका थिए । तिनीहरू मस्त निद्रमा परे । सबै योद्धाहरू असहाय थिए । 6 हे याकूबको परमेश्‍वर, तपाईंले हप्काउनुहुँदा घोडाचढी र घोडा दुवै मस्त निद्रामा परे । 7 तपाईंको, हो तपाईंकै भय मानिन्‍छ । तपाईं रिसाउनुहुँदा तपाईंको सामु को खडा हुन सक्छ र ? 8 स्वर्गबाट तपाईंले आफ्नो न्‍याय सुनाउनुभयो । पृथ्वी भयभीत र चुपचाप थियो । 9 हे परमेश्‍वर, जति बेला तपाईं न्‍याय गर्न र पृथ्वीका सबै थिचोमिचोमा परेकाहरूलाई बचाउन उठ्नुभयो । सेला 10 निश्‍चय नै, मानवजातिको विरुद्धमा तपाईंको क्रोधपूर्ण न्‍यायले तपाईंलाई प्रशंसा ल्याउनेछ । तपाईंको क्रोधबाट बाँकी रहेकाहरूले तपाईंले आफूलाई घेर्नुहोस् । 11 परमप्रभु आफ्ना परमेश्‍वरसँग भाकल गर र ती पूरा गर । उहाँको वरिपरि भएका सबै जनाले उहाँलाई उपहारहरू ल्याऊन् जसको भय मान्‍नुपर्छ । 12 उहाँले शासकहरूका आत्मा नाश पार्नुहुन्‍छ । पृथ्वीका राजाहरूले उहाँको भय मान्‍छन् ।