23
परमप्रभु मेरो गोठाला हुनुहुन्‍छ । मलाई कुनै कुरा खाँचो पर्नेछैन । 2 उहाँले मलाई हरियो खर्कहरूमा सुताउनुहुन्‍छ । उहाँले मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्‍छ । 3 उहाँले मेरो जीवनलाई पुनर्जीवित पार्नुहुन्‍छ । उहाँले आफ्नो नाउँको खातिर मलाई ठीक बाटो देखाउनुहुन्‍छ । 4 मैले निस्पट्ट अँध्‍यारो छायाको बेँसीमा हिँड्नुपर्दा पनि, हानिसँग म डराउनेछैन किनभने तपाईं मसँग हुनुहुन्‍छ । तपाईंको लट्ठी र तपाईंको लौरोले मलाई सान्‍त्वना दिन्‍छन् । 5 मेरा शत्रुहरूका सामु तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्‍छ । तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नुभएको छ । मेरो कचौरा भरिएर पोखिन्‍छ । 6 निश्‍चय नै, मेरो जीवनका सारा दिन भलाइ र करारको विश्‍वस्तता मेरो पछि आउनेछ । र परमप्रभुको मन्‍दिरमा म सधैँभरि वास गर्नेछु ।