3
हे परमप्रभु, मेरा शत्रुहरू कति धैरै छन् ! मेरो विरुद्धमा धेरै जना खडा छन् । 2 धेरै जनाले मेरो बारेमा भन्‍छन्, "त्‍यसको निम्ति परमेश्‍वरबाट कुनै सहायता छैन ।" सेला 3 तर हे परमप्रभु, तपाईं मेरो वरिपरिको ढाल, मेरो महिमा हुनुहुन्‍छ, र जसले मेरो शिर उच्‍च पार्नुहुन्‍छ । 4 परमप्रभुमा म आफ्नो स्‍वर उचाल्छु र आफ्नो पवित्र पहाडबाट उहाँले मलाई जवाफ दिनुहुन्‍छ । सेला 5 म ढल्किन्‍छु र सुत्छु । म ब्युँझिन्‍छु, किनकि परमप्रभुले मलाई सुरक्षा दिनुभयो । 6 मानिसहरूका भीडसँग म डराउनेछैन जो चारैतिर मेरो विरुद्धमा खडा भएका छन् । 7 हे परमप्रभु, उठ्नुहोस् ! हे परमेश्‍वर, मलाई बचाउनुहोस् ! किनकि तपाईंले मेरा सबै शत्रुहरूलाई बङ्‌गारामा हान्‍नुहुनेछ । तपाईंले दुष्‍टहरूका दाँतहरू भाँच्‍नुहुनेछ । 8 उद्धार परमप्रभुबाट आउँछ । तपाईंका आशिष्‌हरू तपाईंका मानिसहरूमा रहोस् । सेला