39
चट्टानहरूका घोरल कहिले बियाउँछ भनी तँ जान्‍दछस् ? हरिणीले बच्‍चा जन्माउँदै गर्दा के तैँले हेर्न सक्छस् ?2 तिनीहरूले पेटमा पाठा बोक्दा के तैँले तिनीहरूको महिना गन्‍न सक्छस् ? तिनीहरूले बच्‍चा जन्माउने समय तँलाई थाहा छ ?3 तिनीहरू निहुरिन्छन्, र आफ्ना पाठा पाउँछन्, अनि यसरी तिनीहरूको प्रसव-वेदना सकिन्छ ।4 तिनीहरूका पाठा बलिया हुन्छन्, र खुला खेतहरूमा हुर्कन्छन् । तिनीहरू बाहिर निस्कन्छन्, र फेरि फर्केर आउँदैनन् ।5 वन-गधालाई कसले छाडा छोडेको हो ? कुद्‌ने गधाको बन्धन कसले फुकालेको हो,6 जसको वासस्थान अराबामा, त्‍यसको घर खारको जग्गामा मैले बनाएको छु ।7 सहरको होहल्ला सुनेर त्‍यसले गिल्ला गर्दै हाँस्छ । लखेट्नेले कराएको त्‍यसले सुन्‍दैन ।8 डाँडाहरूमा भएका आफ्ना खर्कहरूतिर त्‍यो घुम्छ । खानलाई त्‍यहाँ त्‍यसले हरेक हरियो बिरुवा खोज्छ ।9 के वन-गोरु तेरो सेवा गर्न खुसी हुनेछ र ? तेरो डुँडनेर बस्‍न त्‍यो सन्‍तुष्‍ट हुनेछ र ?10 वन-गोरुलाई हलोको सियोमा हिँडाउन तँ डोरीको प्रयोग गर्न सक्छस् ? त्‍यसले तेरो कुरा मानेर उपत्‍यकाहरूलाई जोत्‍नेछ ?11 त्‍यसको बल अत्‍यधिक हुनाले त्‍यसमा तँ भर पर्छस् र ? त्‍यसले तेरो काम गरोस् भनेर के तैँले आफ्नो काम छाड्नेछस् ?12 तेरो अन्‍न घरमा ल्याउन, अन्‍नलाई तेरो खलामा जम्मा गर्न, के त्‍यसमाथि तँ भर पर्छस् र ?13 शुतुरमुर्गका पखेटा हर्षोल्लाससाथ चल्छन्, तर के ती प्रेमका पखेटाहरू र पुच्‍छर हुन् र ?14 किनकि त्‍यसले भुइँमा आफ्ना फुलहरू छोड्छ, र ती त्‍यसले धूलोमा नै तातो हुन दिन्छ ।15 पैतालाले तिनलाई कुल्चन सक्छ वा जङ्‌गली जनावरले कुल्चिन सक्छ भनी त्‍यसले बिर्सन्छ ।16 त्‍यसले आफ्ना बच्‍चाहरूलाई आफ्नो नभए जस्‍तै गरी निर्दयतापूर्वक व्यवहार गर्छ । त्‍यसको परिश्रम व्यर्थैमा खेर जान्छ कि भनी त्‍यो डराउँदैन,17 किनकि परमेश्‍वरले त्‍यसलाई बुद्धिहीन तुल्याउनुभएको छ, र त्‍यसलाई कुनै समझशक्ति दिनुभएको छैन ।18 जब त्‍यो तीव्र गतिमा दोडन्छ, त्‍यसले घोडा र त्‍यसमा सवार हुनेलाई गिल्ला गर्छ ।19 घोडालाई त्‍यसको शक्ति तैँले दिएको हो ? त्‍यसको गर्दनमा जगरले पहिराएको तैँले हो ?20 त्‍यसलाई तैँले कहिल्यै सलहले झैँ उफ्रन लगाएको छस् ? त्‍यसको चर्को हिनहिनाइ डरलाग्दो हुन्छ ।21 त्‍यसले शक्तिमा टाप बजाउँछ, र आफ्नो तागतमा आनन्‍द मनाउँछ । हतियारको सामना गर्न त्‍यो जाइलाग्छ ।22 त्‍यसले डरको खिल्ली उडाउँछ, र हतोत्साहित हुँदैन । तरवार देखेर त्‍यो फर्केर भाग्दैन ।23 काँडको ठोक्रो त्‍यसको छेउमा धर्ररर बज्छ, अनि त्‍यहाँ भाला र तरवार चम्कन्छ ।24 क्रोध र रीसले त्‍यसले जमिनलाई निलिदिन्छ । तुरहीको आवाजले गर्दा त्‍यो एक ठाउँमा खडा हुन सक्दैन ।25 जब तुरही बजेको सुनिन्छ, तब त्‍यसले भन्छ, 'आहा !' सेनापतिहरूका गर्जने आवाज र होहल्लालाई, त्‍यसले टाढैबाट युद्धको गन्ध थाहा पाउँछ ।26 के तेरो बुद्धिद्वारा बाज माथि-माथि उड्ने हो र दक्षिणतिर त्‍यसले आफ्नो पखेटा फिँजाउने हो ?27 के तेरो आज्ञामा गिद्ध माथि-माथि उड्ने हो र अग्ला ठाउँहरूमा आफ्ना गुँडहरू बनाउने हो ?28 त्‍यो पहरामा बस्छ र पहराकै टाकुरामा त्‍यसले आफ्नो घर बनाउँछ जुन किल्लाझैँ हुन्छ ।29 त्‍यहाँबाट त्‍यसले सिकारहरूको खोजी गर्छ । त्‍यसका आँखाले धेरै टाढाबाट तिनलाई देख्छन् ।30 त्‍यसका बचेराहरूले पनि रगत पिउँछन् । जहाँ लाश हुन्छ, त्‍यहाँ त्‍यो हुन्छ ।"