22
तब एलीपज तेमानीले जवाफ दिए र यसो भने,2 "के मानिस परमेश्‍वरको लागि उपयोगी हुन सक्छ र ? के बुद्धिमान् मानिस उहाँको लागि उपयोगी हुन सक्छ र ?3 तपाईं धर्मी हुनुहुन्छ भने, सर्वशक्तिमान्‌लाई के आनन्‍द मिल्छ र ? तपाईंले आफ्ना मार्गहरू दोषरहित बनाउनुहुन्छ भने, त्‍यो उहाँको लाभ हो र ?4 तपाईंले उहाँको आदर गरेको हुनाले, उहाँले तपाईंलाई हप्काउनुहुन्छ अनि तपाईंलाई इन्साफमा लानुहुन्छ र ?5 के तपाईंको दुष्‍टता विशाल छैन र ? के तपाईंको अधर्म असीमित छैन र ?6 किनकि विनाकारण तपाईंले आफ्नो भाइबाट ऋणको जमानत माग्‍नुभएको छ, अनि तपाईंले दरिद्रहरूको सबै लुगा खोसेर तिनीहरूलाई नाङ्‌गो पार्नुभएको छ ।7 थाकेका मानिसहरूलाई तपाईंले पानी पिउन दिनुभएको छैन । भोकाएका मानिसहरूले रोटी पाउन तपाईंले रोक्‍नुभएको छ ।8 तपाईं, शक्तिशाली मानिससित जग्गाजमिन भए पनि, तपाईं, इज्‍जतदार मानिस त्‍यसमा बसोबास गर्नुभए पनि,9 तपाईंले विधवाहरूलाई रित्तो हात पठाउनुभएको छ । अनाथहरूका पाखुरा भाँचिएका छन् ।10 त्‍यसकारण पासोहरू तपाईंको चारैतिर छन्, र एक्कासि आउने डरले तपाईंलाई कष्‍ट दिन्छ ।11 अन्धकार हुन्छ जसले गर्दा तपाईंले देख्‍न सक्‍नुहुन्‍न । पानीको भलले तपाईंलाई डुबाउँछ ।12 के परमेश्‍वर स्वर्गको उचाइमा हुनुहुन्‍न र ? आकाशका ताराहरूको उच्‍चता हेर्नुहोस्, ती कति उच्‍चमा छन् !13 तपाईं भन्‍नुहुन्छ, 'परमेश्‍वरलाई के थाहा छ ? के उहाँले निस्पट्ट अन्धकारमा न्‍याय गर्न सक्‍नहुन्छ र ?14 उहाँले हामीलाई देख्‍न नसकून् भनेर बाक्ला बादलहरूले उहाँलाई घेरेका छन् । उहाँ आकाशको चक्रमा हिँड्नुहुन्छ ।'15 दुष्‍ट मानिसहरू हिँडेका पुरानै मार्गमा, तपाईं पनि हिँड्नुहुन्छ र -16 तिनीहरूको समय हुनुअघि नै तिनीहरूको जीवन लिइयो, तिनीहरूका जगहरू नदीले झैँ बगाएर लगेको छ,17 जसले परमेश्‍वरलाई यसो भने, 'हामीबाट जानुहोस्', जसले यसो भने, 'सर्वशक्तिमान्‌ले हामीलाई के गर्न सक्‍नुहुन्छ र ?'18 तापनि उहाँले तिनीहरूका घरहरू असल कुराहरूले भर्नुभयो । दुष्‍ट मानिसहरूका योजनाहरू मबाटै धेरै टाढा छन् ।19 धर्मी मानिसहरूले तिनीहरूको सुदिन देख्छन्, र खुसी हुन्छन् । निर्दोष मानिसहरूले हाँसेर तिनीहरूको उपहास गर्छन् ।20 तिनीहरू भन्छन्, 'निश्‍चय नै हाम्रो विरुद्धमा उठ्नेहरू त्‍यागिएका छन् । आगोले तिनीहरूको धन-सम्पत्ति भस्म पारेको छ ।'21 अब परमेश्‍वरसित सहमत हुनुहोस् र मिलाप गर्नुहोस् । त्‍यसरी तपाईंकहाँ भलाइ आउनेछ ।22 म तपाईंलाई बिन्‍ती गर्छु, उहाँको निर्देशनको वचन ग्रहण गर्नुहोस् । उहाँका वचनहरू आफ्नो हृदयमा जम्मा गर्नुहोस् ।23 तपाईं सर्वशक्तिमान्‌कहाँ फर्कनुहुन्छ भने, अधार्मिकतालाई तपाईंले आफ्ना पालहरूबाट धेरै टाढा राख्‍नुहुन्छ भने, तपाईंको निर्माण हुनेछ ।24 आफ्नो खजाना भुइँको धूलोमा, ओपीरको सुनलाई खोलाका ढुङ्‌गाहरूका बीचमा फाल्नुहोस्,25 अनि सर्वशक्तिमान् तपाईंको खजाना, तपाईंको बहुमूल्य चाँदी बन्‍नुहुनेछ ।26 किनकि त्‍यसपछि तपाईं सर्वशक्तिमान्‌मा रमाउनुहुनेछ । तपाईंले आफ्नो अनुहार परमेश्‍वरमा उचाल्नुहुनेछ ।27 तपाईंले आफ्नो प्रार्थना उहाँमा नै चढाउनुहुनेछ, अनि उहाँले तपाईंको बिन्‍ती सुन्‍नुहुनेछ । तपाईंले उहाँमा आफ्नो भाकल पूरा गर्नुहुनेछ ।28 तपाईंले कुनै पनि आदेश दिनुहुनेछ, र तपाईंको निम्ति त्‍यो कुरो पूरा हुनेछ । तपाईंका मार्गहरूमा ज्‍योति चम्कनेछ ।29 परमेश्‍वरले घमण्डी मानिसलाई निम्‍न स्तरमा झार्नुहुन्छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ ।30 जो निर्दोष छैन त्‍यो मानिसलाई पनि उहाँले छुटकारा दिनुहुन्छ । तपाईंको हातको शुद्धताले गर्दा तिनीहरूले छुटकारा पाउनेछन् ।"