10
तब राजा अहासूरसले आफ्नो साम्राज्य र समुद्री छेउका देशहरूमा कर लगाए ।2 तिनको शक्ति र तागतका सबै प्राप्ति, राजाले उच्च दर्जा दिएका मोर्दकैको महान्ताको पूर्ण विवरणसहित मादी र फारसका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।3 यहूदी मोर्दकै राजा अहासूरसको दोस्रो दर्जामा थिए । तिनी यहूदीहरूका बीचमा महान् थिए, र तिनका धेरै जना यहूदी दाजुभाइहरूका माझमा लोकप्रिय थिए, किनकि तिनले आफ्नो जातिको भलाइ गरे र आफ्ना सबै मानिसहरूको शान्तिको पक्षमा बोले ।