8
राजा अर्तासास्तको शासनकालमा बेबिलोनबाट मसितै आएका परिवारका अगुवाहरू यी नै हुन्ः2 पीनहासका परिवारका - गेर्शोम । ईतामारका परिवारका - दानिएल । दाऊदका परिवारका - शकन्‍याहका छोरा हत्तूश,3 परोशका परिवारका - जकरिया र तिनीसँग दर्ता भएका १५० जना पुरुषहरू जसको विवरण तिनको वंशावलीमा लेखिएको छ ।4 पहत-मोआबका परिवारका - जरयाहका छोरा एल्यहोएनै र तिनीसँग २०० जना पुरुषहरू थिए ।5 जत्तूका परिवारका - बेन यहासेल र तिनीसँग ३०० जना पुरुषहरू थिए ।6 आदीनका परिवारका - जोनाथनका छोरा एबेद र तिनीसँग ५० जना पुरुषहरू थिए ।7 एलामका परिवारका - अतल्याहका छोरा यशयाह र तिनीसँग ७० जना पुरुषहरू थिए ।8 शपत्‍याहका परिवारका - मिखाएलका छोरा जबदियाह र तिनीसँग ८० जना पुरुषहरू थिए ।9 योआबका परिवारका - यहीएलका छोरा ओबदिया र तिनीसँग २१८ जना पुरुषहरू थिए ।10 बानीका परिवारका - योसिपियाका छोरा शलोमीत र तिनीसँग १६० जना पुरुषहरू थिए ।11 बेबैका परिवारका - बेबैका छोरा जकरिया, र तिनीसँग २८ जना पुरुषहरू थिए ।12 अज्गादका परिवारका - हक्कातानका छोरा योहानान र तिनीसँग ११० जना पुरुषहरू थिए ।13 अदोनीकामका परिवारका - पछि आएका एलीपेलेत, यीएल र शमायाह, र तिनीहरूसँग ६० जना पुरुषहरू थिए ।14 बिग्वैको परिवारका - उत्तै र जक्कूर, र तिनीहरूसँग ७० जना पुरुषहरू थिए ।15 मैले यात्रुहरूलाई अहावातिर बग्‍ने नहरमा जम्मा गरेँ, र हामीले त्‍यहाँ तीन दिनसम्म छाउनी हाल्‍यौँ । मैले मानिसहरू र पूजाहारीहरूको जाँच गरेँ तर त्‍यहाँ लेवीका सन्‍तानहरू कोही पनि पाइनँ ।16 त्‍यसैले एलीएजर, अरीएल, शमायाह, एल्नातान, यारीब र एल्नातान र नातान, जकरिया र मशुल्लाम जो अगुवाहरू थिए, अनि योयारीब र एल्नातान जो शिक्षकहरू थिए, तिनीहरूलाई मैले बोलाएँ ।17 त्‍यसपछि मैले तिनीहरूलाई कासिपियाका अगुवा इद्दोकहाँ पठाएँ । इद्दो र तिनका आफन्‍तहरू, कासिपियामा बसिरहेका मन्‍दिरका सेवकहरूकहाँ गएर हामीकहाँ परमेश्‍वरको मन्‍दिरका लागि सेवकहरू पठाइदिनुहोस् भनी तिनीहरूलाई भन्‍न लगाएँ ।18 त्‍यसैले हाम्रा परमेश्‍वरको भलो गर्ने हातद्वारा तिनीहरूले बुद्धिमान् मानिस शरेबियाहलाई हामीकहाँ पठाइदिए । तिनी इस्राएलका छोरा लेवीका छोरा महलीका परिवारका थिए । तिनी अठार छोरा र दाजुभाइहरूसँगै आए ।19 तिनीसँगै हशब्याह पनि आए । त्‍यहाँ मरारीका छोराहरूमध्‍येका एक अर्थात् यशयाह र तिनका दाजुभाइ र तिनीहरूका छोराहरू गरी जम्मा बीस जना पुरुष थिए ।20 मन्‍दिरको सेवा गर्नेहरूमध्‍येमा, जसलाई दाऊद र तिनका अधिकारीहरूले लेवीहरूलाई सहायता गर्नलाई दिए, २२० जना त्‍यस्ता मानिसहरूको पनि नाउँ दर्ता गरिए ।21 त्‍यसपछि परमप्रभुको सामु आफैलाई विनम्र तुल्याउन, र हामी, हाम्रा बालबच्‍चा अनि हाम्रा सबै सम्पत्तिको लागि सोझो मार्गको खोजी गर्न मैले अहावा नहरमा उपवासको घोषणा गरेँ ।22 बाटोमा शत्रुहरूबाट हाम्रो रक्षा गर्नका लागि राजासँग सेना वा घोडचढीहरू माग्‍न म लजाएँ किनकि हामीले राजालाई भनेका थियौँ, ‘हाम्रा परमेश्‍वरको खोजी गर्ने सबैमाथि सदाको लागि उहाँको हात रहेको हुन्‍छ, तर उहाँलाई त्‍याग्‍नेहरू सबैमाथि उहाँको शक्ति र क्रोध पर्छ ।’23 त्‍यसैले यस विषयमा हामीले उपवास बस्‍यौँ, र परमेश्‍वरको खोजी गर्‍यौँ, अनि हामीले उहाँलाई बिन्‍ती चढायौँ ।24 त्‍यसपछि मैले पूजाहारीय अधिकारीहरूबाट बाह्र जना मानिसहरू छानेँः शरेबियाह र जशब्याह अनि तिनीहरूका दश जना दाजुभाइहरू थिए ।25 राजा, तिनका सल्लाहकारहरू र अधिकारीहरू अनि सारा इस्राएलीले परमेश्‍वरको मन्‍दिरको लागि सित्तैमा दिएका चाँदी, सुन, चीजहरू र भेटीहरू मैले तिनीहरूका निम्ति तौलेँ ।26 मैले तिनीहरूका हातमा बाइस हजार किलो चाँदी, चौतीस सय किलो चाँदीका वस्तुहरू, चौतीस सय किलोग्राम सुन,27 आठ किलो सुनका बाटाहरू र सुन जस्‍तै बहुमूल्य काँसाका दुई वटा भाँडा दिएँ ।28 तब मैले तिनीहरूलाई भनेँ, “तिमीहरू र यी वस्तुहरू परमप्रभुका निम्ति समर्पण गरिएका छन् । चाँदी र सुन तिमीहरूका पुर्खाहरूका परमप्रभु परमेश्‍वरको निम्ति स्वेच्‍छिक भेटी हुन् ।29 यरूशलेममा परमेश्‍वरको मन्‍दिरका कोठाहरूमा भएका पूजाहारीका अधिकारीहरू, लेवीहरू र परिवारका अगुवाहरूको सामु यी जोखेर नदिएसम्म तिमीहरूले यिनको रेखदेख गरी सुरक्षित राख्‍नू ।30 यरूशलेममा हाम्रा परमेश्‍वरको मन्‍दिरमा लैजानलाई तौलिएका ती चाँदी, सुन र वस्तुहरू पूजाहारीहरू र लेवीहरूले जिम्मा लिएर राखे ।31 पहिलो महिनाको बाह्रौँ दिनमा हामी अहावा नहरबाट यरूशलेम प्रस्थान गर्‍यौँ । हामीमाथि हाम्रा परमेश्‍वरको हात थियो । उहाँले हामीलाई शत्रु र बाटोमा लुकेर बसेका लुटेराहरूको हातबाट सुरक्षा दिनुभयो ।32 यसरी हामी यरूशलेम प्रवेश गर्‍यौँ, र त्‍यहाँ तीन दिन बस्‍यौँ ।33 तब चौथो दिनमा चाँदी, सुन र वस्तुहरू तौलेर हाम्रा परमेश्‍वरको घरमा उरियाह पूजाहारीका छोरा मरेमोत र तिनको साथमा भएका पीनहासका छोरा एलाजार, यशूअका छोरा योजाबाद, लेवी बिन्‍नूईका छोरा नोअदिया हातमा जिम्मा लगाइयो ।34 हरेक कुराको सङ्ख्या र तौल जाँच गरियो । त्‍यस बेला सबै कुराको तौल लेखेर राखियो ।35 निर्वासन अर्थात् कैदबाट फर्केर आएकाहरूले इस्राएलका परमेश्‍वरको निम्ति होमबलिहरू चढाए । तिनीहरूले सारा इस्राएलीका निम्ति बाह्र वटा साँढे, पापबलिको रूपमा छयानब्बे वटा भेडा, सतहत्तर वटा थुमा र बाह्र वटा बोका चढाए । यी सबै परमप्रभुका निम्ति होमबलि थिए ।36 तब तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्‍तमा बस्‍ने राजाका उच्‍च अधिकारीहरू र राज्‍यापलहरूलाई राजाको आदेश दिए, अनि तिनीहरूले मानिसहरू र परमेश्‍वरको मन्‍दिरलाई मदत गरे ।