27
यो इस्राएली परिवारका अगुवाहरू, हजार र सयका सेनापतिहरू, अनि विभिन्‍न किसिमले राजाको सेवा गर्ने सेनाका अधिकारीहरूको सूची हो । हरेक सेनाको दलले एक महिनापछि अर्को महिनामा गर्दै वर्षभरि सेवा गर्थे । हरेक दलमा चौबीस हजार जना मानिसहरू थिए ।2 पहिलो महिनाको भाग जब्दीएलका छोरा याशोबामको थियो । तिनको भागमा चौबीस हजार मानिसहरू थिए ।3 तिनी फारेसका सन्‍तान थिए, अनि पहिलो महिनाको लागि सेनाका अधिकारीहरूका निरीक्षक थिए ।4 अहोहाका कुलका दोदै दोस्रो महिनाको लागि त्‍यस भागका सेनापति भए । मिक्लोत दोस्रो दर्जामा थिए । तिनको भागमा चौबीस हजार मानिसहरू थिए ।5 अगुवा र पूजाहारी यहोयादाका छोरा बनायाह तेस्रो महिनाको लागि तेस्रा सेनापति थिए । तिनको भागमा चौबीस हजार मानिसहरू थिए ।6 यिनी ती नै बनायाह थिए, जो तीस जनाका अगुवा थिए र तीस जना माथि थिए । तिनका छोरा अम्मीजाबाद तिनको दलमा थिए ।7 चौथो महिनाको लागि योआबका भाइ असाहेल सेनापति भए । तिनीपछि तिनका छोरा जबदियाह सेनापति भए । तिनको भागमा चौबीस हजार मानिसहरू थिए ।8 पाँचौँ महिनाको लागि यिज्‍याहका सन्‍तान शम्हूत सेनापति भए । तिनको भागमा चौबीस हजार मानिसहरू थिए ।9 छैटौँ महिनाको लागि तकोका मानिस इक्केशका छोरा ईरा सेनापति भए । तिनको भागमा चौबीस हजार मानिसहरू थिए ।10 सातौँ महिनाको लागि एफ्राइमका पेलोनी हेलेस सेनापति भए । तिनको भागमा चौबीस हजार मानिसहरू थिए ।11 आठौँ महिनाको लागि जेरहको घरानाका हूशाती सिब्बकै सेनापति भए । तिनको भागमा चौबीस हजार मानिसहरू थिए ।12 नवौँ महिनाको लागि बेन्‍यामीन कुलका अनातोती अबीएजेर सेनापति भए । तिनको भागमा चौबीस हजार मानिसहरू थिए ।13 दशौँ महिनाको लागि जेरहको घरानाका नतोपा सहरका महरै सेनापति भए । तिनको भागमा चौबीस हजार मानिसहरू थिए ।14 एघारौँ महिनाको लागि एफ्राइमका पिरातोन सहरका बनायाह सेनापति भए । तिनको भागमा चौबीस हजार मानिसहरू थिए ।15 बाह्रौँ महिनाको लागि ओत्‍निएलको घरानाका नतोपात सहरका हेल्दै सेनापति भए । तिनको भागमा चौबीस हजार मानिसहरू थिए ।16 इस्राएलका कुलहरूका अगुवाहरू यी नै थिएः रूबेनको कुलका निम्ति जिक्रीका छोरा एलीएजर अगुवा थिए । शिमियोनका कुलका निम्ति माकाका छोरा शपत्‍याह अगुवा थिए ।17 लेवीका कुलका निम्ति कमूएलका छोरा हशब्याह अगुवा थिए, अनि हारूनका कुलका निम्ति सादोक अगुवा थिए ।18 यहूदाका कुलका निम्ति दाऊदका दाजु एलीहू अगुवा थिए । इस्साखारका कुलका निम्ति मिखाएलका छोरा ओम्री अगुवा थिए ।19 जबूलूनका कुलका निम्ति ओबदियाका छोरा यिश्मायाह अगुवा थिए । नप्‍तालीका कुलका निम्ति अज्रीएलका छोरा यरीमोत अगुवा थिए ।20 एफ्राइमका कुलका निम्ति अजज्‍याहका छोरा होशिया अगुवा थिए । मनश्शेको आधा कुलका निम्ति पदायाहका छोरा योएल अगुवा थिए ।21 गिलादमा भएका मनश्शेको आधा कुलका निम्ति जकरियाका छोरा इद्दो अगुवा थिए । बेन्‍यामीनका कुलका निम्ति अबनेरका छोरा यासीएल अगुवा थिए ।22 दानका कुलका निम्ति अबनेरका छोरा यहोराम अगुवा थिए । इस्राएलका कुलहरूका अगुवाहरू यी नै थिए ।23 दाऊदले बीस वर्षदेखि मुनिकाहरूको जनसङ्ख्‍या लिएनन्, किनभने परमप्रभुले इस्राएलको सङ्ख्‍या आकाशका ताराहरूझैँ बढाउने प्रतिज्ञा गर्नुभएको थियो ।24 सरूयाहका छोरा योआबले जनसङ्ख्‍या लिन सुरु गरे, तर तिनले त्‍यो काम सिध्‍याएनन् । यसले गर्दा इस्राएलमाथि क्रोध आइपर्‍यो । यो जनसङ्ख्‍या दाऊद राजाको इतिहासमा लेखिएन ।25 राजाका भण्डारहरूको जिम्मा अदीएलका छोरा अज्मावेतलाई दिइयो । देशका, सहरहरूका, गाउँहरूका र किल्ला भएका सहरहरूका भण्डारहरू उज्‍जियाहका छोरा जोनाथनको जिम्मामा दिइयो ।26 देशमा जमिन जोत्दै खेती-किसानी गर्नेहरू कलूबको छोरा एस्रीको जिम्मामा थिए ।27 दाखबारीहरू रामती शिमीको जिम्मामा थिए, अनि दाख र दाखमद्य व्यापारीको जिम्मा शेपेमी जब्दीको जिम्‍मामा दिइयो ।28 तराईमा भएका भद्राक्ष र अञ्‍जीरको हेरचाह गर्ने गेदेरी बाल-हानान थिए, र तेल राख्‍ने भण्डार योआशको जिम्मामा थियो ।29 शारोनमा चर्ने गाईवस्तु शारोनी शित्रैको जिम्मामा थिए, र बेँसीमा चर्ने गाईवस्तु अदलैका छोरा शाफातको जिम्मामा थिए ।30 ऊँटहरू इश्माएली ओबीलको जिम्मामा थिए, र गधाहरू मेरोनोती येहदयाहको जिम्मामा थिए । भेडाबाख्रा हग्री याजीजको जिम्मामा थिए ।31 हग्री याजीज भेडाबाख्राका निरीक्षक थिए । यी अधिकारीहरू दाऊद राजाका सम्पत्तिका निरीक्षक थिए ।32 दाऊदका काका जोनाथन सल्लाहकार थिए, किनकि तिनी बुद्धिमानी र शास्‍त्री थिए । हक्मोनीका छोरा यहीएलले राजाका छोराहरूको रेखदेख गरे ।33 अहीतोपेल राजाका सल्लाहकार थिए, र अरकी हूशै राजाका व्यक्तिगत सल्लाहकार थिए ।34 अहीतोपेलको पद बनायाहका छोरा यहोयादा र अबियाथारले लिए । योआब राजाका सेनाका सेनापति थिए ।