12
कीशका छोरा शाऊलको उपस्थितिबाट दाऊद निकाला भएकै अवस्थामा सिक्लगमा यी मानिसहरू तिनीकहाँ आए । यिनीहरू युद्धमा तिनलाई सहयोग गर्ने सिपाहीहरू थिए ।2 यिनीहरू धनुहरू बोक्थे, अनि घुयेँत्रोले ढुङ्‌गा हान्‍न र धनुबाट काँड हान्‍न दाहिने र देब्रे दुवै हात चलाउन सक्थे । यिनीहरू शाऊलका कुल बेन्‍यामीनका थिए ।3 तिनीहरूका प्रधान अहीएजेर त्‍यसपछि योआश, दुवै जना गिबियाती शेमाहका छोराहरू थिए । अज्मावेतका छोराहरू यजीएल र पलेत थिए । बराकाह, अनातोती येहू,4 गिबोनी यिश्मायाह, जो तीस जनामध्‍येका एक सिपाही थिए (र तीस जनाका प्रधान थिए), यर्मिया, यहासेल, योहानान र गदेराती योजाबाद,5 एलूजै, यरीमोत, बाल्याह, शमरयाह, हारूपी शपत्‍याह,6 कोरहवंशी एल्काना, यिश्याह, अज्रेल, योएजेर र याशोबाम,7 गदोरका यरोहामका छोराहरू योएलह र जबदियाह थिए ।8 कोही गादीहरू पनि उजाड-स्थानको किल्लामा दाऊदसँग सहभागी भए । तिनीहरू युद्धका निम्ति तालिम प्राप्‍त योद्धाहरू थिए, जसले ढाल र भाला चलाउन सक्थे, जसका अनुहारहरू सिंहका अनुहारहरू जस्‍तै डरलाग्दा थिए । तिनीहरू पहाडहरूमा हरिणझैँ तेजिला थिए ।9 एसेर तिनीहरूका अगुवा थिए, दोस्रा ओबदिया, तेस्रा एलिआब,10 चौथा मिश्मन्‍ना, पाँचौँ यर्मिया,11 छैटौँ अत्तै, सातौँ एलीएल,12 आठौँ योहानान, नवौँ एल्जाबाद,13 दशौँ यर्मिया र एघारौँ मकबन्‍ने थिए ।14 गादका यी छोराहरू सेनाका अगुवाहरू थिए । तल्लो दर्जाले सय जना र माथिल्लो दर्जाले हजार जनाको नेतृत्व गरे ।15 पहिलो महिनामा बाढीले किनारै ढाकेको बेलामा यिनीहरूले यर्दन तरे, अनि उपत्‍यकाको पूर्व र पश्‍चिम दुवैतर्फ बस्‍ने सबैलाई लखेटे ।16 बेन्‍यामीन र यहूदाका केही मानिसहरू दाऊदकहाँ किल्लामा आए ।17 तिनीहरूलाई भेट्न दाऊद बाहिर निस्केर गए र यसो भनेर सम्बोधन गरे, “तिमीहरू मकहाँ शान्‍तिमा मलाई सहायता गर्न आएका हौ भने, तिमीहरू मसित सहभागी हुन सक्छौ । तर धोकाबाजी गरेर मेरा शत्रुहरूका हातमा मलाई सुम्पिदिन तिमीहरू आएका हौ भने, हाम्रा पुर्खाहरूका परमेश्‍वरले हेर्नुभएको होस् र तिमीहरूलाई हप्काउनुभएकोहोस्, किनकि मैले कुनै खराबी गरेको छैन ।”18 तब अमासैमा आत्मा आउनुभयो, जो ती तीस जनामध्‍येका अगुवा थिए । अमासैले भने, “ए दाऊद, हामी तपाईंका हौँ । ए यिशैका छोरा, हामी तपाईंको पक्षमा छौँ । तपाईंलाई सहायता गर्ने जोसुकैमा शान्‍ति होस् । तपाईंका सहयोगीहरूमा शान्‍ति होस्, किनकि तपाईंका परमेश्‍वरले तपाईंलाई सहायता गरिरहनुभएको छ ।” तब दाऊदले तिनीहरूलाई ग्रहण गरे र आफ्ना मानिसहरूका प्रधानहरू तुल्याए ।19 पलिश्तीहरूसँग मिलेर दाऊदले शाऊलको विरुद्धमा लड्न जाँदा, मनश्शेका केही मानिसहरूसमेत दाऊदतर्फ लागे । तापनि तिनीहरूले पलिश्तीहरूलाई मदत गरेनन्, किनभने पलिश्तीहरूका शासकहरूले एकआपसमा सल्लाह गरे र दाऊदलाई फर्काइदिए । तिनीहरूले भने, “हाम्रो जीवन जोखिमपूर्ण हुँदा तिनले आफ्ना मालिक शाऊलको साथ दिएर हामीलाई त्याग्‍नेछन् ।”20 तिनी सिक्लगमा जाँदा तिनीतर्फ लागेर आउने मनश्शेका मानिसहरू अदनाह, योजाबाद, येदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्लतै थिए । यी मनश्शेका हजार-हजार जनाका सेनानीहरू थिए ।21 यिनीहरूले नै लूटपीट गर्नेहरूका विरुद्धमा वीरतासँग दाऊदको साथ दिए, किनकि तिनीहरू योद्धाहरू थिए । पछि तिनीहरू सेनाका सेनापतिहरू भए ।22 परमेश्‍वरको सेना जस्‍तै ठूलो दाऊदको सेना नहोउञ्‍जेल दिनदिनै तिनलाई सहायता गर्न मानिसहरू तिनीकहाँ आए ।23 शाऊलको राज्‍याधिकार दाऊदलाई दिएर परमप्रभुको वचन पूरा गर्नलाई हतियारले सुसज्‍जित भएर हेब्रोनमा दाऊदसँग मिल्न आएका सिपाहीहरूका सूचीको लेख यही हो ।24 ढाल बोक्‍ने र भाला चलाउने यहूदाबाट ६,८०० जना हतियारले सुसज्‍जितहरू थिए ।25 शिमियोनबाट लडाइँ गर्न सक्‍ने ७,१०० योद्धाहरू थिए ।26 लेवीहरूबाट लडाइँ गर्न सक्‍ने ४,६०० योद्धाहरू थिए ।27 तीबाहेक हारूनको घरानाका मुखिया यहोयादाको साथमा ३,७०० मानिसहरू थिए ।28 अनि एक जना जवान, बलियो र साहसी मानिस सादोकको साथमा उसका आफ्नै बाबुका परिवारका बाईस जना अगुवाहरू थिए ।29 शाऊलका कुल बेन्‍यामीनबाट तीन हजार जना थिए । तीमध्‍येका धेरैजसो त्‍यस बेलासम्म शाऊलप्रति निष्‍‍ठावान् थिए ।30 एफ्राइमका मानिसहरूबाट २०,८०० योद्धाहरू, जो आफ्ना पिताका परिवारमा प्रसिद्ध थिए ।31 मनश्शेको आधा कुलबाट १८,००० प्रख्यात मानिसहरू दाऊदलाई राजा बनाउनलाई आए ।32 इस्साखारबाट २०० जना अगुवाहरू जो समयलाई बुझ्दथे र इस्राएलले के गर्नुपर्छ सो जान्‍दथे । तिनीहरूका सबै आफन्‍तहरू तिनीहरूका अधीनमा थिए ।33 जबूलूनबाट सबै किसिमका हतियारसहित लडाइँको निम्ति तयार भएका र एकचित्त किसिमले निष्‍‍ठावान् हुन तयार ५०,००० योद्धाहरू थिए ।34 नप्‍तालीबाट १,००० अधिकारीहरू, र तिनीहरूका साथमा ढाल र भाला बोक्‍ने ३७,००० मानिसहरू थिए ।35 दानबाट लडाइँको निम्ति तयार भएका २८,६०० मानिसहरू थिए ।36 आशेरबाट लडाइँको निम्ति तयार भएका ४०,००० योद्धाहरू थिए ।37 यर्दन अर्को पट्टिका रूबेन, गाद र मनश्शेको आधा कुलबाट युद्धको निम्ति सबै किसिमका हतियारले सुसज्‍जित भएका १,२०,००० मानिसहरू थिए ।38 युद्धको निम्ति सुसज्‍जित यी सबै योद्धाहरू दाऊदलाई सारा इस्राएलमाथि राजा बनाउने दृढ़ सङ्‌कल्प गरेर हेब्रोनमा आए । इस्राएलका बाँकी सबै पनि दाऊदलाई राजा बनाउनलाई सहमत भए ।39 तिनीहरूले त्‍यहाँ खाँदै र पिउँदै तीन दिनसम्म दाऊदसँग बिताए, किनकि तिनीहरूका आफन्‍तहरूले तिनीहरूका निम्ति खानपानको बन्‍दोबस्त गरेर पठाएका थिए ।40 यसबाहेक, तिनीहरूका नजिक हुनेहरू, इस्साखार, जबूलून र नप्‍तालीसम्मले गधा, ऊँट, खच्‍चर र गोरुहरूमा खानेकुरा र नेभाराका डल्ला, किसमिसका झुप्‍पा, दाखमद्य, तेल, गाई-गोरुहरू, भेडाहरू ल्याए, किनकि इस्राएलले उत्सव मनाउँदै थियो ।