16
रमल्याहका छोरा पेकहको सत्रौँ वर्षमा यहूदाका राजा योतामका छोरा आहाजले राज्‍य सुरु गरे ।2 आहाजले राज्‍य गर्न सुरु गर्दा तिनी बीस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे । तिनका पुर्खा दाऊदले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे ठीक थियो, तिनले त्‍यो गरेनन् ।3 बरु, तिनी इस्राएलका राजाहरूको चालमा हिँडे । वास्‍तवमा परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूका घृणित अभ्यासहरूको अनुसरण गरेर तिनले आफ्नो छोरोलाई आगोमा टेकेर हिँड्‍न लगाए ।4 तिनले उच्‍च थानहरू, डाँडाका टाकुराहरू र हरेक हरियो रूखमुनि बलिदानहरू चढाए र धूप बाले ।5 तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह आक्रमण गर्न यरूशलेममा आए । तिनीहरूले आहाजलाई घेरे तापनि तिनीहरूले तिनलाई पराजित गर्न सकेनन् ।6 त्‍यस बेला अरामका राजा रसीनले अरामको लागि एलात फेरि प्राप्‍त गरे र यहूदाका मानिसहरूलाई एलातबाट धपाए । तब अरामीहरू एलातमा आए , जहाँ तिनीहरू आजको दिनसम्‍म नै बसेका छन् ।7 त्‍यसैले आहाजले अश्शूरका राजा तिग्लत-पिलेसेरकहाँ यसो भनेर सन्‍देशवाहकहरू पठाए, “म तपाईंको सेवक र तपाईंको छोरो हुँ । माथि आउनुहोस् र अरामका राजा र इस्राएलका राजाको हातबाट मलाई बचाउनुहोस् जसले मलाई आक्रमण गरेका छन् ।8 त्‍यसैले आहाजले परमप्रभुको मन्‍दिरमा भेट्टाइएका चाँदी र सुन अनि राजदरबारका धन-सम्‍पति लिए र अश्शूरका राजाकहाँ उपहारको रूपमा ती पठाए ।9 तब अश्शूरका राजाले तिनको कुरा सुने, र अश्शूरका राजा दमस्कसको विरुद्धमा गए, त्‍यसमाथि विजय हासिल गरे र त्‍यहाँका मानिसहरूलाई बन्‍दी बनाएर कीरमा लगे । तिनले अरामका राजा रसीनलाई पनि मारे ।10 राजा आहाज अश्शूरका राजा तिग्लत-पिलेसेरलाई भेट्न दमस्कसमा गए । दमस्कसमा तिनले एउटा वेदी देखे । तिनले आवश्‍यक सबै कामको लागि वेदीको ढाँचा र तरिका उरियाह पूजाहारीलाई नमुनाको लागि पठाए ।11 त्‍यसैले राजा आहाजले दमस्कसबाट पठाएको योजनाहरू जस्‍तै ढाँचाको वेदी उरियाह पूजाहारीले बनाए । राजा आहाज दमस्कसबाट फर्कनु अगि तिनले यसलाई बनेर सिध्‍याए ।12 राजा दमस्कसबाट आएपछि, तिनले वेदी देखे । राजा वेदीमा गए र बलिदानहरू चढाए ।13 तिनले आफ्ना होमबलि र अन्‍नबलि चढाए, आफ्‍नो अर्घबलि खन्‍याए, अनि मेलबलिको रगतलाई वेदीमाथि छर्के ।14 परमप्रभुको सामु भएको काँसाको वेदी, तिनले परमप्रभुको मन्‍दिरको सामुबाट अर्थात् तिनको वेदी र परमप्रभुको मन्‍दिरको बीचबाट ल्‍याए र आफ्‍नो वेदीको उत्तरपट्टि राखे ।15 तब राजा आहाजले उरियाह पूजाहारीलाई यसो भनेर आदेश दिए, “ठूलो वेदीमा बिहानको होमबलि र साँझको अन्‍नबलि अनि राजाको होमबलि र तिनको अन्‍नबलिलाई देश भरिका सबै मानिसका होमबलि र तिनीहरूका अन्‍नबलि र तिनीहरूका अर्घबलिसँगै चढाऊ । यसमाथि होमबलिको सबै रगत र बलिदानका सबै रगत छर्क । तर काँसाको वेदीचाहिँ मार्गदर्शनको सल्लाह लिन मेरो निम्‍ति हुनेछ ।16 राजा आहाजले जसरी आज्ञा दिए, उरियाह पूजाहारीले त्‍यसरी नै गरे ।17 तब राजा आहाजले गुड्‍ने आधारहरूबाट पाटाहरू र बाटाहरू हटाए । तिनले विशाल खड्कुँलोलाई त्‍यसलाई थामिराख्‍ने काँसाका साँढेहरूबाट निकाले र ढुङ्‌गाको आधारमा राखे ।18 तिनले शबाथमा प्रयोग गरिने चँदुवालाई हटाए जसलाई तिनीहरूले मन्‍दिरमा निर्माण गरेका थिए । तिनले अश्शूरका राजाको कारणले मन्‍दिरबाहिर भएको राजकीय प्रवेशद्वारलाई पनि हटाइदिए ।19 आहाज र तिनले गरेका कामका बारेमा ती यहूदाका राजाहरूको इतिहासको पुस्‍तकमा लेखिएका छैनन् र ?20 आहाज आफ्ना पुर्खाहरूसित सुते र दाऊदको सहरमा तिनका पुर्खाहरूसँगै गाडिए । तिनको ठाउँमा तिनका छोरा हिजकिया राजा भए ।