6
अगमवक्ताहरूका छोराहरूले एलीशालाई भने, “जुन ठाउँमा हामी तपाईंसँग बस्छौँ, त्यो हामी सबैका लागि ज्यादै साँघुरो छ ।2 कृपा गरी हामीलाई यर्दनमा जान र त्यहाँ हरेक मानिसले एउटा रूख काट्न अनि त्यहाँ एउटा ठाउँ बनाउने अनुमति हामीलाई दिनुहोस् जहाँ हामी बस्न सक्छौँ ।” एलीशाले भने, “यस काममा तिमीहरू अगि बढ ।3 तिनीहरूमध्ये एक जनाले भन्यो, “कृपा गरी आफ्ना दासहरूसँगै जानुहोस् ।” एलीशाले जवाफ दिए, “म जानेछु ।4 त्यसैले तिनीहरूसँगै तिनी गए र जब तिनीहरू यर्दनमा आइपुगे, तब तिनीहरूले रूखहरू काट्न सुरु गरे ।5 तर एक जनाले काटिरहँदा बञ्चरोको टाउको पानीमा खस्यो । त्यसले चिच्च्याएर भन्यो, “हे मेरा मालिक, यो त मागेर ल्याएको थियो !6 त्यसैले परमेश्वरका मानिसले भने, “त्यो कहाँ खस्यो ?” त्यस मानिसले एलीशालाई त्यो ठाउँ देखायो । तब तिनले एउटा लट्ठी काटे, त्यसलाई पानीमा फाले र फलाम पनि तैरियो ।7 एलीशाले भने, “त्यसलाई समात ।” त्यसैले त्यस मानिसले आफ्नो हात पसार्यो र बञ्चरो समात्यो ।8 अब अरामका राजाले इस्राएलको विरुद्धमा युद्ध गरिरिहेका थिए । तिनले आफ्ना सेवकहरूसित यसो भनेर सल्लाह लिए, “मेरो छाउनी यस्तो-यस्तो ठाउँमा हुनेछ ।9 त्यसैले परमेश्वरका मानिसले इस्राएलका राजाकहाँ यसो भनेर मानिसहरू पठाए, “त्यस ठाउँबाट नजानुहोस् किनकि अरामीहरू त्यहाँ तल झर्दैछन् ।10 इस्राएलका राजाले त्यस ठाउँमा एउटा समाचार पठाए जसको विषयमा परमेश्वरका मानिसले बोलेका र चेताउनी दिएका थिए । एक वा दुई पटक भन्दा बढी त्यहाँ राजा जाँदा, तिनी सावधान भए ।11 यी चेताउनीहरूका बारेमा अरामका राजा क्रोधित तुल्याइए, र तिनले आफ्ना सेवकहरूलाई बोलाए र तिनीहरूलाई भने, “हाम्रा माझमा भएकाहरूमध्ये कसले इस्राएका राजालाई समर्थन गर्छ, त्यो तिमीहरू मलाई भन्दैनौ ?12 त्यसैले तिनका एक जना सेवकले भने, “हे मेरा मालिक राजा, हामीले गर्दैनौँ किनकि इस्राएलमा भएका एलीशा अगमवक्ताले तपाईंले आफ्नो सुत्ने कोठामा बोल्नुभएका कुरासमेत इस्राएलका राजालाई भनिदिन्छन् ।13 राजाले जवाफ दिए, “जाओ र एलीशा कहाँ छ हेर, ताकि मानिसहरू पठाएर म त्यसलाई समात्न सकूँ ।” तिनलाई यसो भनियो, “तिनी दोतानमा छन् ।14 त्यसैले राजाले दोतानमा एउटा ठूलो सेनासँगै घोडाहरू र रथहरू पठाए । तिनीहरू रातमा आए र सहरलाई घेरा हाले ।15 जब परमेश्वरका मानिसको नोकर सबेरै उठ्यो र बाहिर गयो, हेर, एउटा ठूलो सेनाले घोडाहरू र रथहरू लिएर सहरलाई घेरेको थियो । तिनको सेवकले तिनलाई भन्यो, “ओहो ! मेरा मालिक, हामी के गरौँ ?16 एलीशाले जवाफ दिए, “नडरा, किनकि तिनीहरूसित भएकाहरू भन्दा हामीसित भएकाहरू धेरै छन् ।17 एलीशाले प्रार्थना गरे, “हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस् ताकि यसले देख्न सकोस् भनी म बिन्ती गर्छु ।” तब परमप्रभुले त्यस सेवकको आँखा खोल्नुभयो, र त्यसले देख्यो । हेर, एलीशाको वरिपरि डाँडा अग्निमय घोडाहरू र रथहरूले भरिएको थियो !18 जब अरामीहरू तल ओर्ली एलीशाकहाँ आए, तिनले परमप्रभुमा प्रार्थना गरे र भने, “यी मानिसहरूलाई अन्धा तुल्याउनुहोस् भनी म बिन्ती गर्छु ।” त्यसैले एलीशाले बिन्ती गरेझैँ परमप्रभुले तिनीहरूलाई अन्धा तुल्याउनुभयो ।19 तब एलीशाले अरामीहरूलाई भने, “यो बाटो होइन, न त यो सहर नै हो । मेरो पछि लाग र तिमीहरूले खोजिरहेका मानिस भएको ठाउँमा म तिमीहरूलाई लानेछु ।” तब तिनीहरूलाई तिनले सामरिया लगे ।20 जब तिनीहरू सामरिया आइपुगे, तब एलीशाले भने, “हे परमप्रभु, यी मानिसहरूका आँखा खोल्नुहोस् ताकि तिनीहरूले देखून् ।” परमप्रभुले तिनीहरूका आँखा खोल्नुभयो, र तिनीहरूले देखे अनि हेर, तिनीहरू त सामरिया सहरको बीचमा पो रहेछन् ।21 जब इस्राएलका राजाले तिनीहरूलाई देखे, तब तिनले एलीशालाई भने, “हे मेरा पिता, के म तिनीहरूलाई मारौँ ? के म तिनीहरूलाई मारौँ ?22 एलीशाले जवाफ दिए, “तपाईंले तिनीहरूलाई मार्नुहुँदैन । के तपाईंले आफ्नै तरवार र धनुले कैद गरेका मानिहरूलाई मार्नुहुन्थ्यो र ? तिनीहरूका सामु भोजन र पानी दिनुहोस्, ताकि तिनीहरूले खाऊन् र पिऊन् अनि आफ्ना मालिककहाँ जाऊन् ।23 त्यसैले राजाले तिनीहरूका लागि प्रशस्त भोजन तयार गरे, अनि जब तिनीहरूले खाए र पिए तब तिनीहरूलाई तिनले पठाइदिए र यसरी तिनीहरू आफ्ना मालिककहाँ फर्केर गए । अरामी सिपाहीका ती दलहरू लामो समयसम्म इस्राएल देशमा फर्केनन् ।24 यो घटनापछि अरामका राजा बेन-हददले आफ्ना सारा सेना जम्मा गरे र सामरियालाई आक्रमण गरे र त्यसलाई घेरा हाले ।25 त्यसैले सामरियामा ठूलो अनिकाल पर्यो । तिनीहरूले यति लामो समयसम्म घेरा हाले, जसले गर्दा गधाको एउटा टाउकोलाई एक किलो चाँदी र एक मुट्ठी दाललाई पचपन्न ग्राम चाँदीमा बिक्री गरियो ।26 जब इस्राएलका राजा पर्खालमा हिँड्दै थिए, तब एउटी स्त्रीले रुँदै तिनलाई भनी, “हे मेरा मालिक राजा, मलाई मदत गर्नुहोस् ।27 तिनले भने, “परमप्रभुले नै तिमीलाई मदत गर्नुहुन्न भने म कसरी तिमीलाई मदत गर्न सक्छु र ? खला वा दाखको कोलबाट कुनै कुरो आउँदैछ र ?28 राजाले निरन्तर बोले, “तिमीलाई के कुराले कष्ट दिँदैछ ?” त्यसले जवाफ दिई, “यो स्त्रीले मलाई भनी, ‘तिम्रो छोरो देऊ ताकि त्यसलाई हामी आज खाऊँ र हामी भोलि मेरो छोरो खानेछौँ’ ।29 त्यसैले हामीले मेरो छोरोलाई उसिन्यौँ र त्यसलाई खायौँ, अनि अर्को दिन मैले त्यसलाई भनेँ, ‘तिम्रो छोरो देऊ ताकि त्यसलाई हामी खाऊँ’, तर त्यसले आफ्नो छोरो लुकाएकी छे ।30 जब राजाले त्यो स्त्रीको कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते (यति बेला तिनी पर्खालमा हिँडिरहेका थिए), र मानिसहरूले हेरे अनि तिनले कम्मरमा भाङ्ग्रा मात्र लगाएको देखे ।31 तब तिनले भने, “आज शाफातका छोरा एलीशाको शिर बाँकी रह्यो भने परमेश्वरले मलाई पनि यसै र अनि त्यो भन्दा बढी गरून् ।32 तर एलीशा आफ्नो घरमा बसिरहेका थिए र धर्म-गुरुहरू तिनीसँगै बसिरहेका थिए । राजाले आफ्नो अघि एक जना मानिसलाई पठाए, तर त्यो सन्देशवाहक एलीशाकहाँ आइपुग्नु अघि तिनले धर्म-गुरुहरूलाई भने, “हेर्नुहोस्, त्यो हत्याराको छोरोले मेरो शिर काट्नलाई कसैलाई पठाएको छ । जब सन्देशवाहक आइपुग्छ तब ढोका थुन्नुहोस् र त्यसले ठेल्दा थामिराख्नुहोस् । के त्यसको पछाडि त्यसको मालिकको पाइलाको आवाज आएको छैन र ?33 तिनीहरूसित तिनले बोल्दाबोल्दै सन्देशवाहक तिनीकहाँ आयो । राजाले भनेका थिए, “परमप्रभुबाट नै यो समस्या आउँछ । अब फेरि मैले किन परमप्रभुको प्रतीक्षा गरिरहने ?”