10
त्‍यसपछि शमूएलले एक ढुङ्‌ग्रो तेल लिए, त्‍यो शाऊलको शिरमाथि खन्‍याए, तिनलाई चुम्‍बन गरे । तिनले भने, “के परमप्रभुले उहाँको उत्तराधिकारको शासक हुनलाई तपाईंलाई अभिषेक गर्नुभएको हैन र ?2 जब तपाईं आज जानुहुनेछ, बेन्‍यामीनको सेल्सहको इलाकामा राहेलको चिहान नजिक तपाईंले दुई जना मानिसहरू भेट्टाउनुहुनेछ । तिनीहरूले तपाईंलाई भन्‍नेछन्, ‘तपाईंले खोजिरहेका गधाहरू भेट्टाइएका छन् । अहिले तपाईंको बुबाले गधाहरू बारेमा चिन्‍ता गर्न छोडेर “मेरो छोराको बारेमा म के गरौँ” भन्‍दै तपाईंको बारेमा चिन्‍ता गर्दै हुनुहुन्‍छ ।’3 तब तपाईं त्‍यहाँबाट अगि जानुहुँदा, तपाईं तबोरको फलाँटको रूखमा आउनुहुनेछ । एक जनाले तीन वटा पाठा, अर्कोले तीन वटा रोटी र अर्कोले एक मशक दाखमद्य बोकेर बेथेलमा परमेश्‍वरकहाँ गइरहेका तीन जना मानिसहरूलाई तपाईंले भेट्टाउनुहुनेछ ।4 तिनीहरूले तपाईंलाई अभिवादन गर्नेछन् र तपाईंलाई दुई वटा रोटी दिनेछन्, जुन तपाईंले तिनीहरूका हातबाट लिनुहुनेछ ।5 त्‍यसपछि तपाईं परमप्रभुको पर्वतमा आउनुहुनेछ, जहाँ पलिश्‍तीहरूको चौकी छ । जब तपाईं सहरमा आइपुग्‍नुहुनेछ, तब तपाईंले वीणा, खैँजडी, बाँसुरी र सितार अगिअगि बजाउँदै तल आइरहेको भेट्टाउनुहुनेछ । तिनीहरूले अगमवाणी गरिरहेका हुनेछन् ।6 परमप्रभुको आत्मा तपाईंमाथि आउनुहुनेछ र तिनीहरूसँगै तपाईंले पनि अगमवाणी बोल्‍नुहुनेछ, र तपाईं एक जना अर्कै मानिस बद्लनुहुनेछ ।7 त्‍यति बेला जब यी चिन्हहरू तपाईंमा हुनेछन्, तब तपाईंको हातले जे भेट्टाउँछ सो गर्नुहोस्, किनकि परमेश्‍वर तपाईंसँग हुनुहुन्‍छ ।8 मेरो अगि तल गिलगालमा जानुहोस् । त्‍यसपछि म होमबलि र मेलबलि चढाउन म तपाईंकहाँ तल आउनेछु । म नआएसम्म र तपाईंले के गर्नुपर्छ भनी तपाईंलाई नदेखाएसम्‍म सात दिनसम्म पर्खनुहोस् ।9 शमूएलबाट बिदा हुनलाई जब शाऊलले पिठिउँ फर्काए, तब परमेश्‍वरले तिनलाई अर्कै हृदय दिनुभयो । तब ती सबै चिन्हहरू त्‍यसै दिन पूरा भयो ।10 जब तिनीहरू डाँडामा आए, अगमवक्ताको एक समूहले तिनलाई भेटे र परमेश्‍वरको आत्मा तिनीमाथि आउनुभयो ताकि ? तिनले उनीहरूसँगै भविष्यवाणी बोले ।11 जब तिनलाई पहिले चिनेकाहरूले हरेकले तिनलाई अगमवक्ताहरूका साथमा अगमवाणी बोलिरहेको देखे, तब मानिसहरूले एक-आपसमा भने, “कीशका छोरालाई के भएको छ ? के शाऊल अब अगमवक्ताहरूमध्‍ये एक जना भएछन् ?12 त्‍यही ठाउँका एक जना मानिसले जवाफ दिए, “तब तिनका बुबा को हुन ?” यही कारणले गर्दा “के शाऊल पनि अगमवक्ताहरूमध्‍ये एक जना भएछन् ?” भन्‍ने भनाइ चल्‍यो ।13 जब तिनले अगमवाणी बोलेर सके, तब तिनी उच्‍च स्थानमा आए ।14 त्‍यसपछि शाऊलका काकाले तिनी र तिनको सेवकलाई सोधे, “तिमीहरू कहाँ गयौ ?” तिनले जवाफ दिए, “गधाहरू खोज्‍नलाई । जब ती भेट्टाउन नसक्‍ने हामीले देख्यौँ, तब हामी शमूएलकहाँ गयौँ ।15 शाऊलका काकाले भने, “शमूएलले तिमीलाई के भने कृपया मलाई भन ।16 शाऊलले आफ्नो काकालाई जवाफ दिए, “गधाहरू भेट्टाइएका छन् भनी तिनले हामीलाई प्रष्‍ट रूपमा भने ।” तर शमूएलले भनेका राज्‍यको विषयमा भने तिनले उनलाई भनेनन् ।17 शमूएलले मानिसहरूलाई मिस्‍पामा परमप्रभुको सामु एकसाथ भेला गरे ।18 तिनले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छः ‘मैले इस्राएललाई मिश्र देशबाट ल्याएँ र मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूको विरोध गर्ने सबै राज्‍यहरूको शक्तिबाट/हातबाट ? छुटकारा दिएँ ।’19 तर तिमीहरूका सबै विपत्तिहरू र तिमीहरूका कष्‍टबाट बचाउनुहुने तिमीहरूका परमेश्‍वरलाई आज तिमीहरूले इन्कार गरेका छौ । अनि तिमीहरूले उहाँलाई भनेका छौ, ‘हामीमाथि एक जना राजा खडा गर्नुहोस् ।’ अब आ-आफ्ना वंशअनुसार र कुलअनुसार आफैलाई परमप्रभुको सामु प्रस्तुत गर ।20 त्‍यसैले शमूएलले इस्राएलका सबै कुललाई नजिक ल्याए र बेन्‍यामीनको कुल चुनियो ।21 अनि तिनले बेन्‍यामीनको कुललाई आफ्‍ना वंशअनुसार ल्याए । अनि मत्रीको वंश चुनियो, र कीशका छोरा शाऊललाई चुनियो । तर जब तिनीहरू उनलाई खोज्‍न गए तब उनी भेट्टाइएनन् ।22 तब मानिसहरूले परमेश्‍वरलाई अझै प्रश्‍न सोध्‍ने इच्‍छा गरे, “के अझै अर्को मानिस आउनै छ ?” परमप्रभुले जवाफ दिनुभयो, “तिनले आफैलाई सर-सामानाका बीचमा लुकाएका छन् ।23 तब तिनीहरू दौडे र शाऊललाई त्‍यहाँबाट निकाले । जब तिनी मानिसहरू माझमा खडा भए, तब तिनी अरू कुनै पनि मानिस भन्‍दा तिनको कुम भन्‍दामाथि अग्ला थिए ।24 शमूएलले मानिसहरूलाई भने, “के परमप्रभुले चुन्‍नुभएको मानिसलाई तिमीहरूले देख्‍दैछौ ? सबै मानिसहरूका माझमा तिनीजस्ता अरू कोही छैन ।” सबै मानिसहरू यसो भन्‍दै कराए, “राजा अमर रहून ।25 तब शमूएलले राजाको शासनको चलन र नियमहरूका बारेमा मानिसहरूलाई भने, तिनलाई एउटा पुस्तकमा लेखे र त्‍यो परमप्रभुको सामु राखिदिए । अनि शमूएलले सबै मानिसलाई आ-आफ्नै घरमा पठाइदिए ।26 शाऊल पनि गिबामा आफ्नो घरमा गए र तिनको साथमा केही बलिया मानिसहरू गए, जसका हृदयहरूमा परमेश्‍वरले छुनुभएको थियो ।27 तर केही बदमाशहरूले भने, “यो मानिसले हामीलाई कसरी बचाउन सक्छ ?” यी मानिसहरूले शाऊललाई घृणा गरे र तिनलाई कुनै उपहारहरू दिएनन् । तर शाऊल शान्‍त बसे ।