8
जब शमूएल वृद्ध भए, तिनले आफ्ना दुई छोरालाई इस्राएलका न्यायकर्ताहरू बनाए ।2 तिनको जेठा छोराको नाउँ योएल थियो र महिलोको नाउँ अबिया थियो । तिनीहरू बेर्शेबामा न्यायकर्ताहरू थिए ।3 तिनका छोराहरू तिनका मार्गहरूमा हिँडेनन्, तर बेइमानपूर्ण लाभको पछि लागे । तिनीहरूले घूस लिए र न्यायलाई भ्रष्ट बनाए ।4 त्यसपछि इस्राएलका सारा धर्म-गुरुहरू भेला भए र रामामा शमूएलकहाँ आए ।5 उनीहरूले तिनलाई भने, “हेर्नुहोस्, तपाईं वृद्ध हुनुभयो, र तपाईंका छोराहरू तपाईंका मार्गहरूमा हिँड्दैनन् । सबै जातिझैँ हाम्रो न्याय गर्न हाम्रा निम्ति एक जना राजा नियुक्त गर्नुहोस् ।6 तर त्यसले शमूएललाई दुःख लाग्यो, जब तिनीहरूले भने, “हाम्रो न्याय गर्न हामीलाई एक जना राजा दिनुहोस् ।” त्यसैले शमूएलले परमप्रभुसँग प्रार्थना गरे ।7 परमप्रभुले शमूएललाई भन्नुभयो, “मानिसहरूले तँलाई भनेका तिनीहरूका सबै कुरा पालन गर् । किनकि तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूमाथि राजा हुनबाट तिनीहरूले मलाई इन्कार गरेका छन् ।8 तिनीहरूले मलाई त्यागेका र अरू देवताहरूको सेवा गरेर मैले तिनीहरूलाई मिश्रबाट ल्याएदेखि गरे जस्तै तिनीहरूले गरिरहेका छन्, र त्यसैले तिनीहरूले तँलाई पनि त्यसै गर्दै छन् ।9 अब तिनीहरूको कुरा सुन । तर तिनीहरूलाई गम्भीरपूर्वक चेतावनी दे र राजाले कसरी तिनीहरूमाथि राज्य गर्नेछन्, त्यो तिनीहरूले राम्ररी जानून् ।10 त्यसैले शमूएलले राजाको माग गरिरहेका मानिसहरूलाई परमप्रभुका सबै वचन सुनाए ।11 तिनले भने, “तिमीहरूमाथि राज्य गर्ने राजाको प्रचलन यस्तो हुनेछ । उनले तिमीहरूका छोराहरूलाई लानेछन् र आफ्ना रथहरूका निम्ति र घोडचढी हुनलाई र आफ्ना रथहरूको अगि-अगि दौडनलाई उनले तिनीहरूलाई नियुक्त गर्नेछन् ।12 उनले आफ्नो निम्ति हजारका कप्तानहरू र पचासका कप्तानहरू नियुक्त गर्नेछन् । कसैलाई आफ्नो जमिन जोत्न, कसैलाई आफ्नो अन्न कटनी गर्न र कसैलाई आफ्नो युद्धको हतियारहरू अनि आफ्ना रथहरूको सरसामान बनाउन लगाउनेछन् ।13 उनले तिमीहरूका छोरीहरूलाई अत्तर बनाउने, खाना बनाउने र रोटी बनाउने हुनलाई लिनेछन् ।14 उनले तिमीहरूका उत्तम खेतहरू, दाखबारीहरू र जैतूनका बगैँचाहरू लिनेछन् र ती आफ्ना सेवकहरूलाई दिनेछन् ।15 उनले तिमीहरूका अन्नको र दाखबारीहरूको दशौँ भाग लिनेछन् र आफ्ना अधिकारीहरू र आफ्ना सेवकहरूलाई दिनेछन् ।16 उनले तिमीहरूका सेवक-सेविकाहरू, र तिमीहरूका उत्तम जवान पुरुषहरू तथा तिमीहरूका गधाहरू लिनेछन् । तिनीहरू सबैलाई उनले आफ्नो काममा लगाउनेछन् ।17 उनले तिमीहरूका बगालहरूको दशौँ भाग लिनेछन्, र तिमीहरू उनका दासहरू हुनेछौ ।18 त्यसपछि त्यो दिन आफ्नो निम्ति छानेका तिमीहरूका राजाको कारणले तिमीहरूले पुकारा गर्नेछौ । तर परमप्रभुले त्यो दिनमा तिमीहरूलाई जवाफ दिनुहुनेछैन ।19 तर मानिसहरूले शमूएलको कुरा सुन्न इन्कार गरे । तिनीहरूले भने, “होइन, हामीमाथि एक जना राजा हुनैपर्छ ।20 ताकि हामी अरू जातिहरू जस्तै हुन सक्नेछौँ, अनि यसरी हाम्रा राजाले हाम्रो न्याय गर्नेछन् र हाम्रो निम्ति युद्ध गर्न हाम्रो अगि-अगि जानेछन् ।21 जब शमूएलले मानिसहरूको सबै कुरा सुने, तब तिनले ती परमप्रभुले सुन्ने गरी दोहोर्याए ।22 परमप्रभुले शमूएललाई भन्नुभयो, “तिनीहरूका कुरा पालन गर् र कसैलाई तिनीहरूका राजा बना ।” त्यसैले शमूएलले इस्राएलका मानिसहरूलाई भने, “हरेक मानिस आ-आफ्नो सहर जानुपर्छ ।”