26
विपत्तिपछि परमप्रभुले मोशा र पूजाहारी हारूनका छोरा एलाजारलाई भन्‍नुभयो,2 “इस्राएलका सारा समुदायलाई तिनीहरूका पुर्खाहरूका कुल-कुलअनुसार बीस वर्ष र त्‍यस भन्‍दा माथिका इस्राएलका निम्ति युद्धमा जान सक्‍ने सबैको गन्‍ती गर ।3 त्‍यसैले मोशा र पूजाहारी एलाजारले यर्दन नजिकैको मोआबको मैदान यरीहोमा तिनीहरूलाई भने,4 “परमप्रभुले मोशा र इस्राएलका मानिसहरूलाई आज्ञा गर्नुभएअनुसार बीस वर्ष र त्‍यस भन्‍दा माथिका मिश्रबाट आएका मानिसहरूको गन्‍ती गर ।5 रूबेन इस्राएलका जेठा छोरा थिए । तिनको छोरा हानोकबाट हानोकीहरूको वंश आयो । पल्लुबाट पल्लुईहरूको वंश आयो ।6 हेस्रोनबाट हेस्रोनीहरूको वंश आयो । कर्मीबाट कर्मीहरूको वंश आयो ।7 यिनीहरू रूबेनका कुलहरू थिए, जसको सङ्ख्या ४३,७३० थियो ।8 एलीआब पल्लुका छोरा थिए ।9 एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए । मोशा र हारूनलाई चुनौती दिँदा अनि परमप्रभुको विरुद्धमा विद्रोह गर्दा कोरहको पछि लाग्‍ने दातान र अबीराम यी नै थिए ।10 कोरहलाई पछ्याउने सबै मर्दा पृथ्वीले मुख बायो र तिनीहरूलाई निल्यो । त्‍यस बेला २५० जना आगोले भस्म भए, जो चेताउनीका सङ्‌केत भए ।11 तर कोरहका वंश मरेनन् ।12 शिमियोनका सन्‍तानहरू यी नै थिएः नमूएलबाट नमूएलीहरूको वंश, यामीनबाट यामिनीहरूको वंश, याकीनबाट याकीनीहरूको वंश,13 जेरहबाट जेरहातीहरूको वंश, शौलबाट शौलीहरूको वंश भए ।14 यिनीहरू शिमियोनका सन्‍तानहरूका कुलहरू थिए, जसको सङ्ख्या २२,२०० थियो ।15 यिनीहरू गादका सन्‍तानहरूका कुलहरू थिएः सेफोनबाट सेफोनीहरूका वंश, हाग्यीबाट हाग्यीहरूको वंश, शूनीबाट शूनीहरूको वंश भए ।16 ओजनीबाट ओजनीहरूको वंश, एरीबाट एरीहरूको वंश,17 अरोदबाट अरोदीहरूको वंश, अरेलीबाट अरेलीहरूको वंश भए ।18 यिनीहरू गादका सन्‍तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ४०,५०० थियो ।19 एर् र ओनान यहूदाका छोराहरू थिए, तर यिनीहरू कनानको भूमिमा नै मरे ।20 यहूदाका अन्‍य सन्‍तानहरूका कुलहरू यी नै थिएः शेलहबाट शेलानीहरूको वंश, फारेसबाट फारेसीहरूको वंश, जेरहबाट जेहातीहरूको वंश भए ।21 फारेसका सन्‍तानहरू यी नै थिएः हेस्रोनबाट हेस्रोनीहरूको वंश, हामूलबाट हामूलीहरूको वंश भए ।22 यिनीहरू यहूदाका सन्‍तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ७६,५०० थियो ।23 यिनीहरू इस्साखारका सन्‍तानहरूका कुलहरू थिएः तोलाबाट तोलाहीहरूको वंश, पुवाबाट पुवातीहरूको वंश,24 याशूबबाट याशूबीहरूको वंश, शिम्रोनबाट शिम्रोनीहरूको वंश भए ।25 यिनीहरू इस्साखारका कुलहरू थिए, जसको सङ्ख्या ६४,३०० थियो ।26 यिनीहरू जबूलूनका सन्‍तानहरूका कुलहरू थिएः सेरेदबाट सेरेदीहरूको वंश, एलोनबाट एलोनीहरूको वंश, यहलेलबाट यहेलेलीको वंश भए ।27 यिनीहरू जबूलूनका कुलहरू थिए, जसको सङ्ख्या ६०,५०० थियो ।28 योसेफका सन्‍तानहरूका कुलहरू मनश्‍शे र एफ्राइम थिए ।29 यिनीहरू मनश्‍शेका सन्‍तानहरू थिएः माकीरबाट माकीरीहरूको वंश (माकीर गिलादका बुबा थिए),30 गिलादबाट गिलादीहरूका वंश भए । यिनीहरू गिलादका सन्‍तानहरू थिएः ईएजेरबाट ऐएजेरीहरूका वंश, हेलेकबाट हेलेकीहरूका वंश,31 अस्रीएलबाट अस्रीएलीहरूका वंश, शकेमबाट शकेमीहरूका वंश,32 शमीदाबाट शमीदीहरूका वंश, हेपेरबाट हेपेरहरूका वंश भए ।33 हेपेरका छोरा सलोफादका छोराहरू थिएनन्, तर छोरीहरू मात्र थिए । तिनका छोरीहरूका नाउँ महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा थिए ।34 यिनीहरू मनश्‍शेका कुलहरू थिए, जसको सङ्ख्या ५२,७०० थियो ।35 यिनीहरू एफ्राइमका सन्‍तानहरूका कुलहरू थिएः शूतेलहबाट शूतेलहीहरूका वंश, बेकेरबाट बेकेरीहरूका वंश, तहनबाट तहनीहरूका वंश भए ।36 शूतेलहका सन्‍तानहरू, एरानबाट एरानीहरू थिए ।37 यिनीहरू एफ्राइमका सन्‍तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ३२,५०० थियो । यिनीहरू आ-आफ्ना कुलअनुसार गन्‍ती गरिएका योसेफका सन्‍तानहरू थिए ।38 यिनीहरू बेन्‍यामीनका सन्‍तानहरूका कुलहरू थिएः बेलाबाट बेलाहीहरूका वंश, अश्बेलबाट अश्बेलीहरूका वंश, अहीरामबाट अहीरामीहरूका वंश,39 शूपामबाट शूपामीहरूको वंश, हूपामबाट हूपामीहरूका वंश भए ।40 आर्द र नामान बेलाका छोराहरू थिए । आर्दबाट आर्दीहरूका वंश, नामानबाट नामानीहरूका वंश भए ।41 यिनीहरू बेन्‍यामीनका सन्‍तानहरूका कुलहरू थिए । तिनीहरूको सङ्ख्या ४५,६०० थियो ।42 शूहामबाट आएका शूहामीहरूका वंश नै दानका सन्‍तानहरूका कुलहरू थिए । यिनीहरू दानका सन्‍तानका कुलहरू थिए ।43 शूहामीहरूका सबै कुलको सङ्ख्या ६४,४०० थियो ।44 आशेरका सन्‍तानहरूका कुलहरू यी नै थिएः यिम्‍नाबाट यिम्‍नीहरूका वंश, यिश्‍वीबाट यिश्‍वीहरूका वंश, बरीआबाट बरीआतीहरूका वंश भए ।45 बरीआका सन्‍तानहरू यी नै थिएः हेबेरबाट हेबेरीहरूका वंश, मल्कीएलबाट मल्कीएलीहरूका वंश भए ।46 आशेरकी छोरीको नाउँ सेरह थियो ।47 यिनीहरू आशेरका सन्‍तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ५३,४०० थियो ।48 यिनीहरू नप्‍तालीका सन्‍तानहरूका वंशहरू थिएः यहसीलबाट यहसीलीहरूका वंश, गुनीबाट गुनीहरूका वंश,49 येसेरबाट येसेरीहरूका वंश, शिल्लेमबाट शिल्लेमीहरूको वंश भए ।50 यिनीहरू नप्‍तालीका सन्‍तानहरूका वंशहरू थिए, जसको सङ्ख्या ४५,४०० थियो ।51 इस्राएलका मानिसहरूका गनिएका पुरुषहरूका पूरा सङ्ख्या ६,०१,७३० थियो ।52 परमप्रभु मोशासँग बोल्नुभयो,53 “यो भूमि तिनीहरूका आ-आफ्ना नाउँको सङ्ख्याअनुसार यी मानिसहरू माझ उत्तराधिकारको रूपमा बाँड्नुपर्छ ।54 ठूलो कुललाई ठूलो अंश दिनुपर्छ र सानो कुललाई सानो अंश दिनुपर्छ । हरेक कुललाई गनिएका पुरुषहरूको सङ्ख्याअनुसार एक‍-एक अंश दिनुपर्छ ।55 तथापि, भूमिलाई चिट्ठा हालेर बाँड्नुपर्छ ।56 आ-आफ्ना कुललाई बाँडिदिएअनुसार तिनीहरूले भूमि पाउनुपर्छ । तिनीहरूलाई चिट्ठाद्वारा बाँडिदिएअनुसार ठूला र साना कुलहरूलाई आ-आफ्ना अंश भाग लगाउनुपर्छ ।57 वंश-वंशअनुसार गन्‍ती गरिएका लेवीका वंश यी नै थिएः गेर्शोनबाट गेर्शोनीहरूका वंश, कहातबाट कहातीहरूका वंश, मरारीबाट मरारीहरूका वंश भए ।58 यिनीहरू लेवीका वंशहरू थिएः लिब्‍नीहरूका वंश, हेब्रोनीहरूका वंश, महलीहरूका वंश, मूशीहरूका वंश, कोरहीहरूका वंश । कहात अम्रामका पूर्खा थिए ।59 लेवी कुलका सन्‍तान अम्रामकी पत्‍नीको नाउँ योकेबेद थियो, जो मिश्रमा लेवी कुलमा जन्‍मेकी थिइन् । तिनीबाट अम्रामका छोराछोरीहरू हारून, मोशा र तिनीहरूका दिदी मिरियम जन्‍मे ।60 हारूनबाट नादाब र अबीहू, एलाजार र ईतामार जन्‍मे ।61 नदाब र अबीहूले परमप्रभुको सामु अस्वीकार्य आगो चढाउँदा तिनीहरू मरे ।62 तिनीहरू माझ एक महिना र त्‍यस भन्‍दा माथिका गन्‍ती गरिएका पुरुषहरूको सङ्ख्या तेइस हजार थियो । तर तिनीहरूलाई इस्राएलका सन्‍तानहरूमाझ गन्‍ती गरिएन, किनभने तिनीहरूलाई इस्राएलका मानिसहरूमाझ कुनै अंश दिइएको थिएन ।63 मोशा र पूजाहारी एलाजारले गन्‍ती गरेकाहरू यिनीहरू नै थिए । तिनीहरूले इस्राएलका मानिसहरूलाई यरीहोपारि यर्दन नजिकै मोआबको मैदानमा गन्‍ती गरे ।64 तर यिनीहरूमा मोशा र पूजाहारी हारूनले सीनैको मरुभूमिमा गन्‍ती गरेका इस्राएलका सन्‍तानहरू कुनै पनि थिएनन् ।65 किनभने ती मानिसहरू सबै मरूभूमिमा नै मर्ने थिए भनी परमप्रभुले भन्‍नुभएको थियो । तिनीहरूमा यपुन्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक कोही पनि बाँकी रहेनन् ।