10
परमप्रभुले मोशालाई भन्‍नुभयो,2 “चाँदीका दुई वटा तुरहीहरू बना । चाँदीलाई पिटेर तिनीहरूलाई बना । तैँले तुरहीलाई समुदायलाई भेला हुन बोलाउन र तिनीहरूका छाउनी सार्न समुदायलाई बोलाउन प्रयोग गर्नुपर्छ ।3 भेट हुने पालको प्रवेश-द्वारमा तेरो अघि भेला हुन समुदायलाई बोलाउन पूजाहारीले तुरहीहरू फुक्‍नुपर्छ ।4 यदि पूजाहारीले एउटा मात्र तुरही फुक्यो भने, अगुवाहरू अर्थात् इस्राएलका कुलका प्रमुखहरू तँकहाँ आउनुपर्छ ।5 तैँले ठूलो आवाजमा सङ्‌केत दिँदा पूर्वतिरका छाउनीहरूले आफ्नो यात्रा सुरु गर्नुपर्छ ।6 दोस्रो पटक ठूलो आवाजमा सङ्‌केत गर्दा दक्षिणतिरका छाउनीहरूले तिनीहरूको यात्रा सुरु गर्नुपर्छ । तिनीहरूका यात्राको निम्ति तिनीहरूले ठूलो आवाजमा सङ्‌केत दिनुपर्छ ।7 समुदाय सँगै भेला हुँदा तुरही फुक, तर ठूलो आवाजमा होइन ।8 हारूनका छोराहरू अर्थात् पूजाहारीहरूले तुरही फुक्‍नुपर्छ । यो तिमीहरूलाई मानिसहरूका पुस्तौँ-पुस्तासम्म सदैवको निम्ति नियम हुनेछ ।9 तिमीहरूलाई अत्‍याचार गर्ने शत्रुको विरुद्ध आफ्नो मुलुकमा तिमीहरू युद्ध गर्न जाँदा, तिमीहरूले तुरहीसँगै जनाउँ-ध्वनि दिनुपर्छ । म परमप्रभु तिमीहरूका परमेश्‍वरले सम्झनेछु र तिनीहरूलाई तिमीहरूका शत्रुहरूबाट बचाउनेछु ।10 साथै नियमित चाड र महिनाको सुरुवात दुवै किसिमको उत्सवको समयमा, तिमीहरूले आफ्नो होमबलि र मेलबलि चढाउँदा तुरही बजाउनुपर्छ । यिनीहरूले म परमप्रभु तिमीहरूका परमेश्‍वरलाई याद दिलाउनेछन् । म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ ।11 दोस्रो वर्षको दोस्रो महिनाको बीसौँ दिनमा करारका आदेशहरूका पवित्र वासस्थानबाट हट्‌यो ।12 त्‍यसपछि इस्राएलका मानिसहरू सीनैको मरुभूमिबाट आफ्नो यात्रामा लागे ।13 बादल पारानको मरुभूमिमा रोकियो । मोशाद्वारा दिइएको परमप्रभुको आज्ञापालन गरेर तिनीहरूले पहिलो यात्रा गरे । यहूदाका सन्‍तानहरूका झन्डामुनिका छाउनीले आ-आफ्ना फौज लिएर पहिलो लश्करमा हिँडे ।14 यहूदाको फौजको नेतृत्व अम्मीनादाबका छोरा नहशोनले गरे ।15 इस्साखारका सन्‍तानहरूका फौजको नेतृत्व सूआरका छोरा नतनेलले गरे ।16 जबूलूनका सन्‍तानहरूका फौजको नेतृत्व हेलोनका छोरा एलीआबले गरे ।17 पवित्र वासस्थानको देखरेख गर्ने गेर्शोन र मरारीका सन्‍तानहरूले पवित्र वासस्थान उठाए र आफ्नो यात्रामा हिँडे ।18 फेरि, रूबेनको छाउनीको झन्डामुनिका फौजले यात्रा सुरु गरे । रूबेनको फौजको नेतृत्व शदेऊरका छोरा एलीसूरले गरे ।19 शिमोयोनका सन्‍तानहरूका फौजको नेतृत्व सूरीशद्दैका छोरा शलूमीएलले गरे ।20 गादका सन्‍तानहरूका फौजको नेतृत्व दूएलका छोरा एल्यासापले गरे ।21 कहातीहरू हिँडे । तिनीहरूले पवित्रस्थानका पवित्र सामानहरू बोके । अरूहरूले कहातीहरू अर्को छाउनीमा नआइपुग्दै पवित्र वासस्थान खडा गर्थे । त्‍यसपछि एफ्राइमका सन्‍तानहरूका झन्डामुनिका फौज हिँडे ।22 एफ्राइमको फौजको नेतृत्व अम्मीहूदका छोरा एलीशामा गरे ।23 मनश्‍शेका सन्‍तानहरूका फौजको नेतृत्व पदासूरका छोरा गमलिएलले गरे ।24 बेन्‍यामीनका सन्‍तानहरूका कुलको फौजको नेतृत्व गिदेओनीका छोरा अबीदानले गरे ।25 दानको सन्‍तानहरूका झन्डामुनि छाउनी लगाएका फौज अन्‍तिममा हिँडे । दानको फौजको नेतृत्व अम्मीशद्दैका छोरा अहीएजेरले गरे ।26 आशेरका सन्‍तानहरूका कुलको फौजको नेतृत्व ओक्रानका छोरा पगीएलले गरे ।27 नप्‍तालीका सन्‍तानहरूका कुलको फौजको नेतृत्व एनानका छोरा अहीराले गरे ।28 इस्राएलका मानिसहरूका फौजले यसरी आफ्नो यात्रा सुरु गर्‍यो । मोशाले मिद्यानी रूएलका छोरा होबाबसँग कुरा गरे ।29 रूएल मोशाका ससुरा थिए । मोशाले होबाबसँग कुरा गरे र भने, “हामी परमप्रभुले भन्‍नुभएको ठाउँतिर यात्रा गरिरहेका छौँ । परमप्रभुले भन्‍नुभयो, ‘म यो तिमीहरूलाई दिनेछु’ । हामीसँगै आउनुहोस् र हामीले तपाईंलाई असल गर्नेछौँ । परमप्रभुले इस्राएलको निम्ति असल गर्ने प्रतिज्ञा गर्नुभएको छ ।30 तर होबाबले मोशालाई भने, “म तिमीहरूसँग जाँदिनँ । म मेरो आफ्नै मुलुकतिर र मेरा आफ्नै मानिसहरूकहाँ जानेछु ।31 त्‍यसपछि मोशाले जवाफ दिए, “कृपया, हामीलाई नछोड्नुहोस् । मरुभूमिमा कसरी छाउनी लगाउने भनी तपाईंलाई थाहा छ । तपाईंले हाम्रो हेरचाह गर्नुपर्छ ।32 यदि तपाईं हामीसँग जानुभयो भने परमप्रभुले हामीलाई असल गर्नुभएझैँ हामी तपाईंको निम्ति असल नै गर्नेछौँ ।” तिनीहरूले परमप्रभुको पर्वतबाट तीन दिनसम्म यात्रा गरे ।33 तिनीहरूको निम्ति विश्राम गर्ने ठाउँ पत्ता लगाउन परमप्रभुको करारको सन्‍दूक तीन दिनसम्म तिनीहरूको अघि-अघि लगियो ।34 तिनीहरूले यात्रा गर्दा परमप्रभुको बादल दिनमा तिनीहरूसँग थियो ।35 जब-जब सन्‍दूक उठाइन्‍थ्यो मोशाले यसो भन्‍थे, “हे परमप्रभु, उठ्नुहोस् । तपाईंका शत्रुहरूलाई तितरबितर पार्नुहोस् । तपाईंलाई घृणा गर्नेहरूलाई तपाईंदेखि भाग्‍न लगाउनुहोस् ।36 जब-जब सन्‍दूक रोकिन्‍थ्यो, मोशाले यसो भन्‍थे, “हे परमप्रभु, हजारौँ हजार इस्राएलतिर फर्कनुहोस् ।”