7
मोशाले पवित्र वासस्थान पूरा गरेका दिन तिनले यसलाई यसका सबै सरसामानसँगै परमप्रभुको निम्ति अलग गरे । तिनले यसका भाँडाकुँडाहरूलाई पनि त्यसै गरे । तिनले तिनीहरूलाई पनि अभिषेक गरे र परमप्रभुको निम्ति अर्पण गरे ।2 त्यस दिन इस्राएलका अगुवाहरू, तिनीहरूका आ-आफ्ना पुर्खाहरूका परिवारका मुखियाहरूले बलिदानहरू चढाए । यी मानिसहरू कुलका प्रमुखहरू थिए । तिनीहरूले पुरुषहरूको जनगणनाको देखरेख गरेका थिए ।3 तिनीहरूले आफ्ना बलिदानहरू परमप्रभुको सामु ल्याए । तिनीहरूले छोपिएका छ वटा गाडा र बाह्र वटा गोरु ल्याए । तिनीहरूले दुई-दुई जना अगुवाको निम्ति एउटा गाडा र हरेक अगुवाले एउटा-एउटा गोरु ल्याए । तिनीहरूले यी थोकहरूलाई पवित्र वासस्थानको सामु चढाए ।4 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,5 “तिनीहरूले चढाएका बलिहरू स्वीकार गर् र तिनीहरूलाई भेट हुने पालको कामको निम्ति प्रयोग गर् ।6 मोशाले गाडाहरू र गोरुहरू लिएर तिनले ती लेवीहरूलाई दिए ।7 तिनले दुई वटा गाडा र चार वटा गोरु तिनीहरूका कामलाई आवश्यक पर्ने हुनाले गेर्शोनका सन्तानहरूलाई दिए ।8 तिनले चार वटा गाडा र आठ वटा गोरु पूजाहारी हारूनका छोरा ईतामारको देखरेखमा भएका मरारीहरूका सन्तानहरूलाई दिए । यो तिनीहरूका कामलाई आवश्यक पर्ने भएकोले तिनले यसो गरे ।9 तर तिनले कहातका सन्तानहरूलाई ती कुनै पनि कुरा दिएनन्, किनभने तिनीहरूका कामहरू परमप्रभुसँग सम्बन्धित थियो जसलाई तिनीहरूले आ-आफ्ना काँधहरूमाथि बोक्नुपर्थ्यो ।10 मोशाले वेदीलाई अभिषेक गरेका दिन अगुवाहरूले वेदीको अर्पणको निम्ति आ-आफ्ना सामानहरू चढाए । अगुवाहरूले वेदीको सामु भेटीहरू चढाए ।11 परमप्रभुले मोशालाई भन्नुभयो, “हरेक अगुवाले वेदीको समर्पणको निम्ति आ-आफ्नो दिनमा आ-आफ्नो भेटीहरू चढाउनुपर्छ ।12 पहिलो दिनमा, यहूदाको कुलका अम्मीनादाबका छोरा नहशोनले आफ्नो भेटी चढाए ।13 तिनको भेटी पवित्रस्थानको तौलको मापदण्डअनुसार एक सय तीस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पीठोले भरिएका थिए ।14 तिनले दश शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।15 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।16 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।17 तिनले दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बाख्रा र एक वर्षे पाँच वटा थुमा दिए । यो अम्मीनादाबका छोरा नहशोनको भेटी थियो ।18 दोस्रो दिनमा इस्साखारका अगुवा सूआरका छोरा नतनेलले आफ्नो भेटी चढाए ।19 तिनको भेटी पवित्रस्थानको तौलको मापदण्डअनुसार एक सय तीस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पीठोले भरिएका थिए ।20 तिनले दश शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।21 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।22 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।23 तिनले दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बाख्रा र एक वर्षे पाँच वटा थुमा दिए । यो सूआरका छोरा नतनेलको भेटी थियो ।24 तेस्रो दिनमा जबूलूनका सन्तानहरूका अगुवा हेलोनका छोरा एलीआबले आफ्नो भेटी चढाए ।25 तिनको भेटी पवित्रस्थानको तौलको मापदण्डअनुसार एक सय तीस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पीठोले भरिएका थिए ।26 तिनले दश शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।27 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।28 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।29 तिनले दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बाख्रा र एक वर्षे पाँच वटा थुमा दिए । यो हेलोनका छोरा एलीआबको भेटी थियो ।30 चौथो दिनमा, रूबेनका सन्तानहरूका अगुवा शदेऊरका छोरा एलीसूरले आफ्नो भेटी चढाए ।31 तिनको भेटी पवित्रस्थानको तौलको मापदण्डअनुसार एक सय तीस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पीठोले भरिएका थिए ।32 तिनले दश शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।33 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।34 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।35 तिनले दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बाख्रा र एक वर्षे पाँच वटा थुमा दिए । यो शदेऊरका छोरा एलीसूरको भेटी थियो ।36 पाँचौ दिनमा, शिमियोनका सन्तानहरूका अगुवा सूरीशद्दैका छोरा शलूमीएलले आफ्नो भेटी चढाए ।37 तिनको भेटी पवित्रस्थानको तौलको मापदण्डअनुसार एक सय तीस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पीठोले भरिएका थिए ।38 तिनले दश शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।39 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।40 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।41 तिनले दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बाख्रा र एक वर्षे पाँच वटा थुमा दिए । यो सूरीशद्दैका छोरा शलूमीएलको भेटी थियो ।42 छैठौँ दिनमा गादका सन्तानहरूका अगुवा दूएलका छोरा एल्यासापले आफ्नो भेटी चढाए ।43 तिनको भेटी पवित्रस्थानको तौलको मापदण्डअनुसार एक सय तीस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पीठोले भरिएका थिए ।44 तिनले दश शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।45 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।46 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।47 तिनले दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बाख्रा र एक वर्षे पाँच वटा थुमा दिए । यो दूएलका छोरा एल्यासापको भेटी थियो ।48 सातौँ दिनमा एफ्राइमका सन्तानहरूका अगुवा अम्मीहूदका छोरा एलीशामाले आफ्नो भेटी चढाए ।49 तिनको भेटी पवित्रस्थानको तौलको मापदण्डअनुसार एक सय तीस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पीठोले भरिएका थिए ।50 तिनले दश शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।51 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।52 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।53 तिनले दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बाख्रा र एक वर्षे पाँच वटा थुमा दिए । यो अम्मीहूदका छोरा एलीशामाको भेटी थियो ।54 आठौँ दिनमा मनेश्शेका सन्तानहरूका अगुवा पदासूरका छोरा गमलिएलले आफ्नो भेटी चढाए ।55 तिनको भेटी पवित्रस्थानको तौलको मापदण्डअनुसार एक सय तीस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पीठोले भरिएका थिए ।56 तिनले दश शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।57 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।58 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।59 तिनले दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बाख्रा र एक वर्षे पाँच वटा थुमा दिए । यो पदासूरका छोरा गमलिएलको भेटी थियो ।60 नवौँ दिनमा बेन्यामीनका सन्तानहरूका अगुवा गिदेओनीका छोरा अबीदानले आफ्नो भेटी चढाए ।61 ? चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पीठोले भरिएका थिए तिनको भेटी पवित्रस्थानको तौलको मापदण्डअनुसार एक सय तीस शेकेल तौल भएको तिनले दश शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।62 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।63 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।64 तिनले दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बाख्रा र एक वर्षे पाँच वटा थुमा दिए ।65 यो गिदेओनीका छोरा अबीदानको भेटी थियो ।66 दशौँ दिनमा दानका सन्तानहरूको अगुवा अम्मीशद्दैका छोरा अहीएजेरले आफ्नो भेटी चढाए ।67 तिनको भेटी पवित्रस्थानको तौलको मापदण्डअनुसार एक सय तीस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पीठोले भरिएका थिए ।68 तिनले दश शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।69 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।70 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।71 तिनले दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बाख्रा र एक वर्षे पाँच वटा थुमा दिए । यो अम्मीशद्दैका छोरा अहीएजेरको भेटी थियो ।72 एघारौँ दिनमा आशेरका सन्तानहरूका अुगवा ओक्रानका छोरा पगीएलले आफ्नो भेटी चढाए ।73 तिनको भेटी पवित्रस्थानको तौलको मापदण्डअनुसार एक सय तीस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पीठोले भरिएका थिए74 । तिनले दश शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।75 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।76 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।77 तिनले दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बाख्रा र एक वर्षे पाँच वटा थुमा दिए । यो अम्मीनादाबका छोरा नहशोनको भेटी थियो ।78 बाह्रौँ दिनमा नप्तालीका सन्तानहरूका अगुवा एनानका छोरा अहीराले आफ्नो भेटी चढाए ।79 तिनको भेटी पवित्रस्थानको तौलको मापदण्डअनुसार एक सय तीस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पीठोले भरिएका थिए ।80 तिनले दश शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।81 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।82 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।83 तिनले दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बाख्रा र एक वर्षे पाँच वटा थुमा दिए । यो इनानका छोरा अहीराको भेटी थियो ।84 मोशाले वेदी अभिषेक गरेका दिन इस्राएलका अगुवाहरूले यी सबै थोक चढाए । तिनीहरूले बाह्र वटा चाँदीका थाल, बाह्र वटा बाटार बाह्र वटा सुनका धुपौरा चढाए ।85 हरेक चाँदीको थाल एक सय तीस शेकेल तौलको र हरेक बाटा सत्तरी शेकेल तौलको थियो । चाँदीका सबै भाँडाकुँडाको तौल पवित्रस्थानको शेकेलको तौलको मापदण्डअनुसार २,४०० शेकेल थियो ।86 धूपले भरिएका हरेक सुनका धुपौराहरूको तौल पवित्रस्थानको मापदण्डअनुसार दश शेकेलको थियो । सबै सुनका धुपौराहरूको तौल एक सय बीस शेकेल थियो । ती सबै जनावरहरू अर्थात् बाह्र वटा गोरु, बाह्र वटा भेडा, बाह्र वटा एक वर्षे थुमालाई होमबलिको निम्ति अलग गरियो ।87 तिनीहरूले आ-आफ्ना अन्नबलि चढाए । तिनीहरूले पापबलिको रूपमा बाह्र वटा बाख्रा दिए ।88 तिनीहरूका सबै गाईवस्तुबाट तिनीहरूले चौबीस वटा साँढे, साठी वटा भेडा, साठी वटा बाख्रा, साठी वटा एक वर्षे थुमालाई मेलबलिको निम्ति बलिदानको रूपमा दिए । यो वेदीलाई अभिषेक गरेपछि वेदीको समर्पणको निम्ति थियो ।89 जब मोशा परमप्रभुसँग कुरा गर्न भेट हुने पालभित्र गए, तिनले उहाँको बलिरहेको आवाज सुने । परमप्रभु दुई वटा करूबको बीचबाट गवाहीको सन्दूकमाथि रहेको कृपा-आसनमाथिबाट तिनीसित बोल्नुभयो ।