6
मानिसहरूको सङ्‌ख्‍या पृथ्वीमा वृद्धि हुँदैजाँदा र तिनीहरूका छोरीहरू जन्‍मे,2 परमेश्‍वरका छोराहरूले मानव-जातिका छोरीहरूलाई आकर्षक (राम्री) देखे । तिनीहरूले तिनीहरूमध्‍ये कसैलाई आफैले चुनेको पत्‍नी ल्याए ।3 परमप्रभुले भन्‍नुभयो, “मेरो आत्मा मानव-जातिमा सदासर्वदा रहनेछैन, किनभने तिनीहरू शरीर हुन् । तिनीहरू १२० वर्ष बाँच्‍नेछन् ।4 ती दिनहरूमा र पछि पनि पृथ्वीमा ठूला कदका मानिसहरू (राक्षस) थिए । जब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूसँग विवाह गरे, तिनीहरूका छोराछोरीहरू जन्‍मे । यिनीहरू उहिलेका शक्तिशाली अर्थात् प्रख्यात मानिसहरू थिए ।5 पृथ्वीका मानिसहरूको दुष्‍टता बढी भएको र तिनीहरूका हृदयका विचारको हरेक भावना निरन्‍तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो ।6 पृथ्वीमा मानव-जातिलाई बनाउनुभएकोमा परमप्रभुले पछुतो मान्‍नुभयो, र यसले उहाँलाई दुःखित तुल्यायो ।7 यसैले परमप्रभुले भन्‍नुभयो, “मैले सृष्‍टि गरेका मानव-जातिलाई पृथ्वीको सतहबाट नामेट पार्नेछु; मानव-जाति र ठूला-ठूला जनावरहरू, घस्रने जन्‍तुहरू र आकाशमा उड्ने पक्षीहरू सबैलाई नामेट पार्नेछु, किनकि तिनीहरूलाई बनाएकोमा म दुःखित छु ।8 तर नोआले परमप्रभुको निगाह पाए ।9 यिनीहरू नोआ बारेका घटनाहरू थिए । नोआ तिनका समयमा मानिसहरूमा धर्मी र दोषरहित मानिस थिए । नोआ परमेश्‍वरसँग हिँडे ।10 नोआ शेम, हाम र येपेत तिन छोराहरूका बुबा भए ।11 परमेश्‍वरको दृष्‍टिमा पृथ्वी भ्रष्‍ट भएको र हिंसाले भरिएको थियो ।12 परमेश्‍वरले पृथ्वीलाई देख्‍नुभयो; हेर, यो त भ्रष्‍ट थियो, किनकि पृथ्वीका सबै मानिसहरूका मार्ग भ्रष्‍ट भएका थिए ।13 परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “यो सबै प्राणीको अन्‍त गर्ने समय आएको म देख्‍न सक्छु, किनभने पृथ्वी तिनीहरूको हिंसाले भरिएको छ । वास्तवमा, मैले तिनीहरूलाई पृथ्वीसँगै नष्‍ट पार्नेछु ।14 तैँले आफ्नो निम्ति गोपेर काठको एउटा जहाज बनाउनू । जहाजभित्र कोठाहरू बनाउनू र त्‍यसलाई भित्र-बाहिर अलकत्र लगाउनू ।15 तैँले यसलाई यसरी बनाउनुः यसको लम्बाइ एक सय चालीस मिटर, चौडाइ तेईस मिटर र यसको उच्‍चाइ चौध मिटरको होस् ।16 जहाजको छानो बनाउनू र यसलाई टुप्‍पोमा एक पट्टी एक हात छोडेर सिध्‍याउनू । जहाजको एकपट्टी ढोका राख्‍नू र पहिलो, दोस्रो र तेस्रो तला बनाउनू ।17 सुन, जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई सर्वनाश पार्न मैले पृथ्वीमा जलप्रलय ल्याउन लागेको छु । पृथ्वीमा भएको सबै प्राणी मर्नेछन् ।18 तर तँसँग म मेरो करार स्थापित गर्नेछु । तँ, तेरा छोराहरू, तेरी पत्‍नी र तेरा छोराहरूका पत्‍नीहरू जहाजभित्र आउनेछौ ।19 हरेक जीवित प्राणीमध्‍ये ठूला जनावरहरू र पृथ्वीमाथि घस्रने जन्‍तुहरूलाई जीवित राख्‍न भाले र पोथी गरी दुइ-दुइ वटा जहाजभित्र ल्याउनू ।20 (content ?)21 खानलाई र भण्डारण गर्नलाई सबै किसिमका खानेकुराहरू जम्‍मा गर्नू, जुन तेरो र तिनीहरूका निम्‍ति आहारा हुनेछ ।22 यसैले नोआले यो गरे । तिनले परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम गरे ।