5
आदमका सन्तानहरूका विवरण यही हो । परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो ।2 उहाँले तिनीहरूलाई नर र नारी सृष्टि गर्नुभयो । उहाँले तिनीहरूलाई सृष्टि गर्नु हुँदा, तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई मानवजाति नाउँ दिनुभयो ।3 आदम १३० वर्षको हुँदा तिनी आफ्नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे ।4 आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।5 आदम ९३०वर्ष बाँचे अनि तिनी मरे ।6 शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए ।7 तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।8 शेत ९१२ वर्ष बाँचे र तिनी मरे ।9 एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए ।10 तिनी केनानको बुबा भएपछि, एनोश ८१५वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।11 एनोश ९०५ वर्ष बाँचे र तिनी मरे ।12 केनान ७० वर्षको हुँदा, तिनी महलालेलको बुबा भए ।13 तिनी महलालेलका बुबा भएपछि, केनान ८४०वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।14 केनान ९१० वर्ष बाँचे र तिनी मरे ।15 महलालेल ६५ वर्षको हुँदा,तिनी येरेदको बुबा भए ।16 तिनी येरेदका बुबा भएपछि, तिनी ८३०वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।17 महलालेल ८९५वर्ष बाँचे र तिनी मरे ।18 येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए ।19 तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।20 येरेद ९६२बाँचे र तिनी मरे ।21 हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए ।22 हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्वरसँगै हिँडे ।23 तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।24 हनोक परमेश्वरसँगै हिँडे, र तिनी गए, किनकि परमेश्वरले तिनलाई लानुभयो ।25 मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए ।26 तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।27 मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे ।28 लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए ।29 तिनले उनलाई यसो भन्दै नोआ नाउँ राखे, “यसले हामीलाई हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट विश्राम दिनेछ, जुन परमप्रभुले जमिनलाई सराप दिनुभएको कारण हामीले गर्नैपर्छ ।30 लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।31 लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे ।32 नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए ।