7
दारा राजाले चार वर्ष शासन गरिसकेपछि, किसलेवको (अर्थात् नवौँ महिना) चौथो दिनमा, परमप्रभुको वचन जकरियाकहाँ आयो ।2 बेथेलका मानिसहरूले शरेसेर र रेगेम-मेलक र तिनीहरूका मानिसहरूलाई परमप्रभुको सामु बिन्‍ती गर्न पठाए ।3 तिनीहरूले सेनाहरूका परमप्रभुका भवनमा भएका पूजाहारीहरू र अगमवक्ताहरूलाई यसो भने, “मैले बितेका वर्षहरूमा गरेकोझैँ, के म पाचौँ महिनामा उपवास बसेर विलाप गरूँ ?4 यसैकारण सेनाहरूका परमप्रभुको यस्तो वचन मकहाँ आयो,5 “भूमिका सबै मानिसहरू र पूजाहारीहरूलाई यसो भन्, ‘यी सत्तरी वर्षसम्म तिमीहरूले पाचौँ र सातौँ महिनामा उपवास बस्दा र विलाप गर्दा, के तिमीहरू साँच्‍चै मेरो निम्ति उपवास बसिरहेका थियौ ?6 तिमीहरूले खाँदा र पिउँदा, के तिमीहरूले आफ्नै निम्ति खाएनौ र आफ्नै निम्ति पिएनौ ?7 तिमीहरू यरूशलेम र आसपासका सहरहरूमा सम्पन्‍नतामा बसोबास गरिरहँदा र तिमीहरू नेगेव, र पश्‍चिमका पहाडहरूको फेदमा अवस्थित हुँदा, के अगिल्ला अगमवक्ताहरूका मुखबाट परमप्रभुले घोषणा गर्नुभएका वचन यी नै थिएनन् र’ ?8 परमप्रभुको यस्तो वचन जकरियाकहाँ आयो,9 “सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘साँचो न्‍याय, करारको विश्‍वसनीयता, र अनुग्रहद्वारा इन्साफ गर । हरेक मानिसले आफ्नो दाजुभाइको निम्ति यसो गरोस् ।10 विधवा र टुहुरा, परदेशी, र गरिब मानिसमाथि अत्‍याचार नगर, र कसैले पनि आफ्नो हृदयमा अर्काको विरुद्धमा खराबीको योजना नबनाओस् ।’11 तर तिनीहरूले ध्‍यान दिएनन् र हठी भएर आफ्नो पीठ फर्काए । तिनीहरूले आफ्ना कान थुने र केही पनि सुनेनन् ।12 व्यवस्था वा सेनाहरूका परमप्रभुको वचन नसुन्‍नको निम्ति तिनीहरूले आफ्ना हृदयलाई चट्टानझैँ कडा बनाए । पहिलेका समयमा, उहाँले यी सन्‍देशहरू आफ्ना मानिसहरूकहाँ आफ्नो आत्माद्वारा, अगमवक्ताहरूका ओठद्वारा पठाउनुभयो । तर ती मानिसहरूले सुन्‍न इन्कार गरे, यसैकारण सेनाहरूका परमप्रभु तिनीहरूसँग धेरै रिसाउनुभयो ।13 उहाँले बोलाउनुहुँदा, तिनीहरूले सुनेनन् । त्‍यसरी नै तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म त्‍यो सुन्‍नेछैनँ”, सेनाहरूका परमप्रभु भन्‍नुहुन्‍छ ।14 “किनकि म आँधीबेहरीद्वारा तिनीहरूलाई तिनीहरूले नदेखेका जातिहरूका बीचमा तितरबितर पार्नेछु, र तिनीहरूपछि त्‍यो भूमि निर्जन हुनेछ । किनकि कोही पनि त्‍यो देशबाट भएर जानेछैन न त कोही त्‍यहाँ फर्कनेछ किनभने मानिसहरूले आफ्नो सुन्‍दर भूमिलाई उजाड बनाएका छन् ।”