1
अगमवक्ता हबकूकले पाएका सन्‍देश,2 “परमप्रभु, म कति समय अझै सहायताको निम्ति पुकारूँ, तर तपाईंले सुन्‍नुहुन्‍न ? म ‘हिंसा !’ भनेर तपाईंलाई पुकार्दछु, तर तपाईंले बचाउनुहुन्‍न ।3 मलाई किन अपराध र दुष्कर्म देखाउनुहुन्‍छ ? सर्वनाश र हिंसा मेरो सामुन्‍ने छन् । त्‍यहाँ झै-झगडा छ, र विवाद चर्किंदै छ ।4 यसैकारण व्यवस्था कमजोर भएको छ, र न्‍याय अब छैन । किनकि दुष्‍टले धर्मीलाई घेर्दछ । यसैकारण इन्साफ झूटो भएको छ ।” परमप्रभु हबकूकलाई जवाफ दिनुहुन्‍छ ।5 “जाति-जातिहरूलाई हेर् र तिनीहरूको जाँच गर्, अचम्मित, र आश्‍चर्यचकित हो ! किनभने निश्‍चय नै तेरै समयमा म यस्तो काम गर्दै छु जसको विषयमा तँलाई बताइँदा तँलाई विश्‍वास लाग्‍नेछैन ।6 किनभने हेर्, म बेबिलोनीहरूलाई उठाउँदै छु, त्‍यो भयानक र उग्र जाति । तिनीहरू सारा भूमिमा अर्काको वासस्थान खोस्‍नको निम्ति अगि बढिरहेका छन् ।7 तिनीहरू डरलाग्दा र भयानक छन् । न्‍याय र वैभव तिनीहरूबाटै अगाडि बढ्छ ।8 तिनीहरूका घोडाहरू चितुवा भन्‍दा तेज, र साँझका ब्वाँसाहरू भन्‍दा द्रूत छन् । यसैकारण तिनीहरूका घोडाहरूले जमिनमा कुल्चन्‍छन्, र तिनीहरूका घोडचढीहरू टाढा-टाढाबाट आउँछन्, र तिनीहरू शिकारलाई खानको निम्ति आतुर भएको गरुडझैँ उड्छन् ।9 तिनीहरू सबै हिंसाको निम्ति आउँछन् । तिनीहरूको समूहहरू मरुभूमिको हुरीझैँ जान्‍छन्, र बालुवासरह कैदीहरू ल्याउँछन् ।10 यसैकारण तिनीहरूले राजाहरूलाई जिस्काउँछन्, र शासकहरू तिनीहरूका निम्ति हाँसोका पात्र मात्र हुन् । हरेक किल्लाहरू देखेर तिनीहरू हाँस्छन्, किनभने तिनीहरूले माटोको ढिस्को बनाएर ती लैजान्‍छन् ।11 अनि बतास आउनेछ र दोषी मानिसहरूबाट त्‍यो जानेछ, ती मानिसहरू जसको सामर्थ्य तिनीहरूको देवता हो ।” हबकूकले परमप्रभुलाई अर्को प्रश्‍न गर्छन्,12 “परमप्रभु मेरा परमेश्‍वर, मेरा एक मात्र पवित्र परमेश्‍वर, के तपाईं प्राचीन समयदेखि नै हुनुहुन्‍न र ? हामी मर्नेछैनौँ । परमप्रभुले तिनीहरूलाई न्‍यायको निम्ति नियुक्त गर्नुभएको छ, र हे चट्टान, तपाईंले तिनीहरूलाई सुधारको निम्ति स्थापित गर्नुभएको छ ।13 तपाईंका आँखा यति शुद्ध छन् कि तपाईं दुष्‍टलाई हेर्नुहुन्‍न, र तपाईंले गलत काम गर्नेलाई कृपाले हेर्न सक्‍नुहुन्‍न । त्‍यसोभए किन तपाईंले धोका दिनेलाई कृपाले हेर्नुभएको छ ? दुष्‍टहरूले तिनीहरूको आफ्नो सङ्ख्या भन्‍दा धेरै धर्मीहरूलाई निल्दा तपाईं किन चुप बस्‍नुभएको छ ?14 तपाईंले मानिसलाई समुद्रका माछाझैँ बनाउनुहुन्‍छ, घस्रने जीवहरूझैँ जसको कुनै शासक छैन ।15 त्‍यसले सबैलाई बल्छीले ल्याउँछ । त्‍यसले मानिसहरूलाई माछी-जालमा पारेर पर लैजान्‍छ । त्‍यसले महाजालमा सबैलाई थुपार्छ, अनि त्‍यो खुशी हुन्‍छ र रमाहट गर्छ ।16 त्‍यसैकारण त्‍यसले आफ्नो माछी-जालमा बलि चढाउँछ र महाजालमा धूप बाल्छ, किनभने आफ्नो जालद्धारा त्‍यो विलासितामा जिउँछ, र त्‍यसको भोजन उत्तम हुन्‍छ ।17 त्‍यसैले के त्‍यसले आफ्नो जाल रित्‍याउँदै जानेछ, र जाति-जातिहरूलाई निर्दयतापूर्वक काटिरहनेछ ?”