5
प्रेमी प्रेमिकासित बोल्दैः हे मेरी बहिनी, मेरी दुलही, म मेरो बगैँचामा आएको छु । आफ्नो सुगन्धित मसालासँगै मैले मेरो मूर्र जम्मा गरेको छु । मैले आफ्नो महसँगै महको चाका खाएको छु । मैले आफ्नो दूधसँगै मेरो दाखमद्य पिएको छु । मित्रहरू प्रेमी र प्रेमिकासित बोल्दैः हे मित्रहरू हो, खाओ । पिओ र प्रेमले मात । प्रेमिका आफैसित बोल्दैः2 म सुतेँ, तर मेरो हृदय जागै थियो । मेरा प्रेमीले ढकढक्याइरहेको आवाज आउँदै छ, "हे मेरी बहिनी, मेरी प्रिय, मेरी शुद्ध ढुकुर्नी, ढोका खोल, किनकि मेरो शिर शीतले र मेरो कपाल रातको चिसोले भिजेको छ ।"3 मैले मेरो लुगा फुकालेको छु । के मैले यसलाई फेरि लगाउने ? मैले मेरो खुट्टा धोएको छु । के मैले यसलाई फेरि फोहोर बनाउने ?4 मेरा प्रेमीले छेस्किनी खोल्न हात हाल्नुभयो, र मेरो हृदय उहाँको लागि उत्तेजित भयो ।5 मेरा प्रेमीको लागि ढोका खोल्न म उठेँ । मेरा हातहरूबाट मूर्र चुहुँदै थियो, र मेरा औँलाहरूबाट ढोकाको ताल्चामा गिलो मूर्र चुहुँदै थियो ।6 मैले मेरा प्रेमीको लागि ढोका खोलेँ, तर मेरा प्रेमी फर्केर गइसक्‍नुभएको रहेछ । उहाँ बोल्नुहुँदा मेरो हृदय शोकित भयो । मैले उहाँको खोजी गरेँ, तर मैले उहाँलाई भेट्टाइनँ । मैले उहाँलाई डाकेँ, तर उहाँले मलाई जवाफ दिनुभएन ।7 पहरेदारहरू सहरमा घुम्दा तिनीहरूले मलाई भेट्टाए । तिनीहरूले मलाई प्रहार गरी चोटैचोट पारे । पर्खालमाथि भएका पहरेदारहरूले मेरो खास्टो पनि खोसेर लगे । प्रेमिका सहरका स्‍त्रीहरूसित बोल्दैः8 हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूसित बाचा बाँध्छु कि तिमीहरूले मेरा प्रेमीलाई भेट्टायौ भने तिमीहरूले उहाँलाई के भन्‍नेछौ ? म प्रेमले बिरामी परेकी छु भनी बताइदिनू । सहरका स्‍त्रीहरू प्रेमिकासित बोल्दैः9 हे स्‍त्रीहरूमध्‍ये असाध्‍यै सुन्‍दरी, अर्को प्रिय पुरुष भन्‍दा तपाईंका प्रेमी कसरी उत्तम छन् ? अर्को प्रिय पुरुष भन्‍दा तपाईंको प्रेमी किन उत्तम छन् कि तिमी हामीलाई यस्तो शपथ खान लगाउँछ्यौ ? प्रेमिका सहरका स्‍त्रीहरूसित बोल्दैः10 मेरा प्रेमी उज्‍ज्वल र स्वस्थ, दश हजारका बीचमा श्रेष्‍ठ हुनुहुन्‍छ ।11 उहाँको शिर निखुर सुनको छ । उहाँको कपाल घुम्रिएको र काग जस्‍तै कालो छ ।12 उहाँका आँखा पानीको खोलाको छेउमा बस्‍ने ढुकुरहरू जस्ता छन्, दूधले नुहाएको, गरगहना जडिएका जस्ता छन् ।13 उहाँका गालाहरू सुगन्धित मसालाहरूको ड्‌याङ जस्ता छन्, जसले बास्‍ना फिँजाउँछन् ।14 उहाँका ओठ मूर्रको रस चुहाउने लिली फुलहरू जस्ता छन् ।15 उहाँका पाखुरा गरगहना जडिएका गोलो सुन जस्ता छन् । उहाँको पेट नीरले ढाकिएको हस्ती-हाड जस्‍तो छ ।16 उहाँका गोडाहरू निखुर सुनका अड्‌याइएका सिङ्‌गमरमरका खम्बाहरू जस्ता छन् । उहाँको आकार लेबनान जस्‍तै, उत्तम देवदारु जस्‍तै छ । उहाँको मुख ज्‍यादै मीठो छ । उहाँ पूर्ण रूपमा मायालु हुनुहुन्‍छ । हे यरूशलेमका छोरीहरू हो, उहाँ नै मेरा प्रेमी हुनुहुन्‍छ, र मेरा मित्र हुनुहुन्‍छ ।