150
परमप्रभुको प्रशंसा गर । परमेश्‍वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर । शक्तिशाली आकाशहरूमा उहाँको प्रशंसा गर । 2 उहाँका शक्तिशाली कामहरूका निम्ति उहाँको प्रशंसा गर । उहाँको आश्‍चर्यको महान्‌ताको निम्ति उहाँको प्रशंसा गर । 3 सीङ बजाएर उहाँको प्रशंसा गर । वीणा र सारङ्‌गी बजाएर उहाँको प्रशंसा गर । 4 खैँजडी बजाउँदै र नाच्दै उहाँको प्रशंसा गर । तार-बाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर । 5 ठूलो स्‍वरका झ्यालीहरूले उहाँको प्रशंसा गर । चर्को स्‍वरका झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर । 6 सास हुने हरेक कुराले परमप्रभुको प्रशंसा गरोस् । परमप्रभुको प्रशंसा गर ।