124
अब इस्राएलले भनोस्, "परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए, 2 मानिसहरू हाम्रा विरुद्धमा खडा हुँदा परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए, 3 तब हाम्रा विरुद्धमा तिनीहरूका रीस दन्किँदा तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए । 4 पानीले हामीलाई बगाएर लाने थियो । पानीको भलले हामीलाई बगाउने थियो । 5 तब उर्लंदो पानीले हामीलाई डुबाउने थियो ।" 6 परमप्रभुको प्रशंसा होस्, जसले हामीलाई तिनीहरूको दाँतले धुजाधुजा हुन दिनुभएको छैन । 7 शिकारीको पासोबाट चरा फुत्केझैँ हामी भएका छौँ । पासो चुँडिएको छ र हामी उम्केका छौँ । 8 परमप्रभु हाम्रो सहायता हुनुहुन्छ, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।