123
तपाईंतिर म आफ्ना आँखा उचाल्छु, तपाईं जो स्वर्गमा विराजमान हुनुहुन्‍छ । 2 हेर, जसरी कमाराहरूका आँखाले आफ्ना मालिकको हाततिर हेर्छन्, कमारीहरूका आँखाले आफ्ना मालिक्‍नीको हाततिर हेर्छन्, त्‍यसरी नै हाम्रा आँखाले परमप्रभु हाम्रा परमेश्‍वरतिर हेर्छन्, जबसम्म उहाँले हामीलाई कृपा गर्नुहुन्‍न । 3 हामीमाथि दया गर्नुहोस्, हे परमप्रभु, हामीमाथि दया गर्नुहोस्, किनकि हामी अपमानले भरिएका छौँ । 4 अभिमानीहरूका गिल्ला र घमण्डीहरूका घृणाले भरिएको भन्‍दा पनि धेरै हामी भएका छौँ ।