87
उहाँले स्थापित गर्नुभएको सहर पवित्र पर्वतमा खडा छ । 2 याकूबका सबै पालहरू भन्‍दा बढी परमप्रभुले सियोनको ढोकाहरूलाई नै मन पराउनुहुन्‍छ । 3 हे परमेश्‍वरको सहर, तेरो बारेमा महिमित कुराहरू भनिएको छ । सेला 4 "मेरा अनुसरण गर्नेहरूलाई म राहाब र बेबिलोन उल्लेख गर्छु । हेर, कूशसँगै पलिश्ती र टुरोस छन्, र भन्‍नेछन्, 'यो त्‍यहाँ जन्‍मियो' ।" 5 सियोनको बारेमा यसो भनिनेछ, "यीमध्‍ये हरेक त्‍यहाँ जन्‍मेको थियो । अनि सर्वोच्‍चले नै त्‍यसलाई स्थापित गर्नुहुनेछ । 6 परमप्रभुले जातिहरूका जनगणनाका पुस्तकमा लेख्‍नुहुन्‍छ, "यो त्‍यहाँ जन्‍मेको थियो ।" सेला 7 त्‍यसैले पनि गायकहरू र नाच्‍नेहरूले पनि मिलेर भन्‍छन्, "मेरा सबै मूलहरू तँमा छन् ।"