63
हे परमेश्‍वर, तपाईं मेरो परमेश्‍वर हुनुहुन्‍छ । उत्सुकतासाथ म तपाईंको खोजी गर्छु । पानी नभएको सुक्‍खा र बाँझो जमिनमा, मेरो प्राणले तपाईंको तृष्‍णा गर्छ र मेरो शरीरले तपाईंलाई खोज्छ । 2 त्‍यसैले तपाईंको शक्ति र महिमा देख्‍नलाई तपाईंलाई मैले पवित्रस्थानमा हेरेको छु । 3 किनभने तपाईंको करारको विश्‍वस्तता जीवन भन्‍दा उत्तम छ । मेरा ओठहरूले तपाईंको प्रशंसा गर्नेछ । 4 त्‍यसैले म जीवित रहँदा म तपाईंलाई धन्‍यको भन्‍नेछु । तपाईंकै नाउँमा म आफ्ना हातहरू उचाल्नेछु । 5 हाडको गुदी र चिल्लो खाना मैले खाएको जस्‍तै हुनेछ । आनन्‍दित ओठहरूले मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ । 6 जब आफ्नो ओछ्यानमा तपाईंको बारेमा म विचार गर्छु र रातको समयमा तपाईंमा ध्‍यान गर्छु । 7 किनकि तपाईं मेरो सहायता हुनुभएको छ र म तपाईंको पखेटाहरूको छायामा आनन्‍दित हुनेछु । 8 तपाईंसँग म टाँसिन्‍छु । तपाईंको दाहिने हातले मलाई सहारा दिन्‍छ । 9 तर मलाई नष्‍ट गर्न खोज्‍नेहरू पृथ्वीको सबै भन्‍दा तल्लो भागहरूमा जानेछन्, 10 तरवार चलाउनेहरूका हातहरूमा तिनीहरूलाई दिइनेछ, र तिनीहरू स्यालहरूका आहारा हुनेछन् । 11 तर राजाचाहिँ परमेश्‍वरमा आनन्‍दित हुनेछन् । उहाँद्वारा शपथ खाने हरेकले उहाँमा गौरव गर्नेछन्, तर झूट बोल्नेहरूका मुख बन्‍द गरिनेछ ।