19
योआबलाई भनियो, “हेर्नुहोस्, राजाले अब्शालोमको निम्ति रुँदै र विलाप गर्दै छन् ।2 त्यसैले त्यस दिनको विजय सारा फौजको निम्ति शोकमा परिणत भयो, किनकि फौजले सुने कि, “राजाले आफ्नो छोराको निम्ति विलाप गर्दै छन् ।3 जसरी युद्ध हारेर लाजमा परेका मानिसहरू युद्धबाट सुटुक्क भाग्छन्, त्यसरी नै त्यो दिन सिपाहीहरू चूपचाप सुटुक्क सहरभित्र पस्नुपरेको थियो ।4 राजाले आफ्नो शिर ढाके र ठूलो स्वरमा कराए, “मेरो छोरा अब्शालोम, ए अब्शालोम, मेरो छोरा, मेरो छोरा !5 तब योआब राजाको घरभित्र पसे र उनलाई भने, “आज तपाईंले आफ्नो सारा सिपाहीको मुहार लाजमा पार्नुभएको छ, जसले आज तपाईंको जीवन, तपाईंका छोराहरूका र तपाईंका छोरीहरूका र तपाईंका पत्नीहरूका जीवन र तपाईंका उपपत्नीहरूका जीवन बचाए,6 किनभने जसले तपाईंलाई घृणा गर्छ त्यसलाई तपाईंले प्रेम गर्नुहुन्छ र जसले तपाईंलाई प्रेम गर्छ त्यसलाई तपाईं घृणा गर्नुहुन्छ । किनकि कमाण्डरहरू र सिपाहीहरू तपाईंका निम्ति केही होइनन् भन्ने कुरा आज तपाईंको देखाउनुभएको छ । आज मलाई विश्वास भयो कि अब्शालोम बाँचेको भए र हामी सबै मरेको भए तपाईं खुसी हुनुहुन्थ्यो ।7 यसकारण अब उठ्नुहोस् र बाहिर जानुहोस् र आफ्नो सिपाहीहरूसँग दयापूर्वक कुरा गर्नुहोस्, किनकि म परमप्रभुको नाउँमा शपथ खान्छु, तपाईं जानुभएन भने, आज राती तपाईंसँग एक जना पुरुष पनि रहनेछैन । त्यो तपाईंको जवान अवस्थादेखि अहिलेसम्म घटेका सबै भन्दा खराब कुरा हुनेछ ।8 त्यसैले राजा उठे र सहरको ढोकामा बसे, र सबै मानिसलाई यसो भनियो, “हेर, राजा ढोकामा बसेका छन् ।” अनि सबै मानिस राजाको सामु आए । त्यसैले इस्राएलका सबै मानिस भागेर आ-आफ्ना घरमा गए ।9 इस्राएलका सारा कुलमा सबै मानिसले यसो भन्दै आपसमा बहस गर्दै थिए, “राजाले हामीलाई हाम्रा शत्रुहरूका हातबाट बचाए, र उनले हामीलाई पलिश्तीहरूका हातबाट पनि बचाए, तर उनी अहिले अब्शालोमको कारणले देशबाट भागेका छन् ।10 हामीले अभिषेक गरेको अब्शालोम युद्धमा मरेका छन् । त्यसैले राजालाई फिर्ता ल्याउने बारेमा किन तिमीहरू केही बोल्दैनौ ?11 राजाले सादोक र अबियाथार पूजाहारीहरूलाई यसो भन्ने खबर पठाए, “यहूदाका धर्म-गुरुहरूलाई सोध, ‘राजालाई उनको दरबारमा फिर्ता ल्याउन सबै इस्राएलको कुरा उनको पक्षमा भएको हुनाले राजालाई उनको दरबारमा ल्याउन तिमीहरू किन अन्तिम हुन्छौ ?12 तिमीहरू मेरो दाजुभाइ, मेरो मासु र हाड हौ । तब राजालाई फिर्ता ल्याउन तिमीहरू किन अन्तिम हुन्छौ ?’13 त्यसपछि अमासालाई भन, ‘के तिमी मेरो मासु र मेरो हाड होइनौ ? आज उप्रान्त तिमी योआबको सट्टामा मेरो फौजको कमाण्डर भएनौ भने परमेश्वरले मलाई यसै वा यो भन्दा बढी गरून्’ ।14 त्यसैले तिनले यहूदाका सबै मानिसका हृदयहरू एक जना मानिसको झैँ गरी जिते । तिनीहरूले राजाकहाँ यसो भन्ने खबर पठाए, “तपाईं र तपाईंका सबै मानिसहरू फर्कनुहोस् ।15 त्यसैले राजा फर्के र यर्दनमा आए । अब यहूदाका मानिसहरू गिलगालमा आए अनि राजालाई यर्दन वारि ल्याए ।16 बेन्यामिनी गेराका छोरा शिमी पनि बहूरीमबाट यहूदाका मानिसहरूसँगै हतार-हतार राजालाई भेट्न आए ।17 तिनीसित त्यहाँ बेन्यामीन कुलका मानिसहरू एक हजार जना थिए, र शाऊलका सेवक सीबा, तिनका पन्ध्र जना छोरा र तिनीसँगै बीस जना सेवक थिए ।18 तिनीहरू राजालाई ल्याउन र उनलाई जे असल लाग्छ सो गर्न पारि गए । गेराका छोरा शिमीले यर्दन तर्न सुरु गर्नअगि राजालाई साष्टाङ्ग दण्डवत् गरे ।19 शिमीले राजालाई भने, “मेरो मालिक महाराजाले यरूशलेम छोडेको दिन हजूरका दासले गरेको कुरा मनमा नलिनुहोला वा दोषी नठहराउनुहोला । कृपया, यसलाई राजाले हृदयमा नराख्नुहोला ।20 किनकि हजूरको दासले पाप गरेको छ भनी जानेको छ । हेर्नुहोस्, म आज योसेफको सबै कुलबाट मेरो मालिक महाराजालाई भेट्न आउनेमा म पहिलो भएको छु ।21 तर सरूयाहका छोरा अबीशैले जवाफ दिएर भने, “के शिमीलाई यसको निम्ति मर्नु पर्दैन किनभने त्यसले परमप्रभुका अभिषिक्तलाई सरापेको छ ?22 तब दाऊदले भने, “ए सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार, कि तिमीहरू आज मेरो विरोधीहरू हुन्छौ ? के आजको दिन इस्राएलमा कुनै मानिसलाई मारिनेछ र ? किनकि आज म इस्राएलका राजा हुँ भन्ने कुरा मलाई थाहा छैन र ?23 त्यसैले राजाले शिमीलाई भने, “तिमी मर्नेछैनौ ।” त्यसैले राजाले शपथसहित तिनलाई प्रतिज्ञा गरे ।24 त्यसपछि शाऊलका नाति मपीबोशेत राजालाई भेट्न तल आए । तिनले राजा गएको दिनदेखि उनी शान्तिसँग घर नफर्केसम्म उनले आफ्नो खुट्टाको नङ्ग काटेका थिएनन्, न दाह्री नै काटे न लुगा नै धोएका थिए ।25 त्यसैले जब तिनी यरूशलेमबाट राजालाई भेट्न आए, राजाले तिनलाई भने, “ए मपीबोशेत, तिमी किन मसँग गएनौ ?26 तिनले जवाफ दिए, “ए मेरो मालिक महाराजा, मेरो सेवकले मलाई धोका दियो, किनकि मैले भनेँ, ‘म गधामा जीन-लगाम लगाउने छु, ताकि म यसमा चढ्न र राजासँग जान सकूँ, किनभने हजूरको सेवक लङ्गडो छ ।’27 म हजूरको सेवकको बारेमा मेरो सेवक सीबाले हजूरसँग निन्दा गरेको छ । तर मेरो मालिक महाराजा स्वर्दूत जस्तो हुनुहुन्छ । यसकारण, तपाईंको दृष्टिमा जे असल छ त्यही गर्नुहोस् ।28 किनकि मेरो मालिक राजाको सामु मेरो बुबाको सबै घराना मृत मानिसहरू थिए, तर हजूरले आफ्नो सेवकलाई आफ्नै टेबलमा खानेमध्येको बनाउनुभयो । यसकारण म अझै राजासँग पुकारा गर्नुपर्ने मेरो के अधिकार छ र ?29 तब राजाले तिनलाई भने, “अझ अरू बेलीबिस्तार किन गर्नु ? तिमी र सीबाले जमिन बाँड्नुपर्छ भनी मैले निर्णय गरेको छु ।30 मपीबोशेतले राजालाई जवाफ दिए, “होस्, त्यसैले सबै लैजाओस्, किनभने मेरो मालिक महाराजा आफ्नो घरमा सुरक्षित आउनुभएको छ ।31 त्यसपछि रोगलीमबाट गिलादी बर्जिल्लै तल आए राजासँगै यर्दन तरे र तिनी राजासँगै यर्दन पारि गए ।32 यति बेला बर्जिल्लै धेरै वृद्ध, असी वर्षका भएका थिए । राजा महनोममा बस्दा तिनले राजालाई सबै खाद्यान्नहरू दिएर उपलब्ध गराएका थिए, किनभने तिनी धेरै धनी मानिस थिए ।33 राजाले बर्जिल्लैलाई भने, “मसँगै आउनुहोस् र मसँग यरूशलेम बस्नलाई म तपाईंलाई प्रबन्ध मिलाउनेछु ।34 बर्जिल्लैले राजालाई जवाफ दिए, “मेरो जीवनका वर्षहरूमा कति दिन बाँकी छन् र, कि म महाराजासँग यरूशलेममा जाऊँ ?35 म असी वर्ष भएँ । के म असल र खराब बीच भिन्नता छुट्टाउन सक्छु र ? के हजूरको सेवकले के खायो र के पियो भनी स्वाद लिन सक्छ र ? कै मैले गायक पुरुष र गायक महिलाको सोर अझै सुन्न सक्छु र ? अनि हजूरको सेवक मेरो मालिक महाराजाको निम्ति किन बोझ बन्नु र ?36 हजूरको सेवक महाराजासँग यर्दन पारिसम्म मात्र जान चाहन्छ । महाराजाले मलाई किन यस्तो इनाम दिनुहुन्छ ?37 कृपया आफ्नो सेवकलाई घर फर्कन दिनुहोस्, ताकि मेरो आफ्नै सहरमा मेरो बुबा र आमाको चिहानको छेउमा म मर्न पाऊँ । तर हेर्नुहोस्, हजूरको सेवक किमहाम छ । मेरो मालिकसँग त्यही नै जाओस् र हजूरलाई जे असल लाग्छ सो त्यसको निम्ति गरिदिनुहोस् ।38 राजाले जवाफ दिए, “किमहाम मसँगै जानेछ, र म त्यसको निम्ति तपाईंलाई जे असल लाग्छ सो म गर्नेछु र तपाईंले मबाट जे इच्छा गर्नुहुन्छ सो म तपाईंको निम्ति गर्नेछु ।39 त्यसपछि सबै मानिसहरूले यर्दन तरे र राजाले पनि यर्दन तरे, अनि राजाले बर्जिल्लैलाई चुम्बन गरेर तिनलाई आशिष् दिए । तब बर्जिल्लै तिनको आफ्नै घरमा फर्के ।40 यसरी राजा पारि गिलगालमा आए र किमहाम उनीसँगै पारि आए । यहूदाका सबै फौज र इस्राएलका आधा फौजले राजालाई लिएर आए ।41 चाँडै इस्राएलका सबै मानिस राजाकहाँ आउन लागे र राजालाई यसो भन्न लागे, “हाम्रा दाजुभाइ अर्थात् यहूदाका मानिसहरूले हजूरलाई किन चोरेर लगेका छन्, र महाराजा र उहाँका परिवारलाई र दाऊदका सबै मानिसहरूलाई उहाँसँगै यर्दन वारि पुर्याएका छन् ?42 त्यसैले यहूदाका मानिसहरूले इस्राएलका मानिसहरूलाई जवाफ दिए, “किनभने राजा हामीसँग अझ धेरै नजिकबाट सम्बन्धित हुनुहुन्छ । तब तिमीहरू यसबारे किन रिसाउँछौ ? के महाराजाले तिर्नुपर्ने गरी हामीले कुनै कुरा खाएका छौँ र ? के उहाँले हामीलाई कुनै उपहार दिनुभएको छ र ?43 इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए, “हामीसँग महाराजासँग सम्बन्धित दश कुल छन्, त्यसैले दाऊदसँग तिमीहरूको भन्दा धेरै अधिकार हामीसित छ । तब तिमीहरूले हामीलाई किन तुच्छ ठान्यौ ? के हाम्रो राजालाई फिर्ता ल्याउने हाम्रो प्रस्ताव पहिले सुनुवाइ हुनुपर्दैनथ्यो ?” तर यहूदाका मानिसहरूका वचनहरू इस्राएलका मानिसहरूका वचन भन्दा धेरै रुखो थियो ।