20
त्यही ठाउँमा बेन्यामिनी बिक्रीको छोरो शेबा नाउँको एक जना समस्या उत्पन्न गराउने मानिस थियो । त्यसले तुरही फुक्यो र भन्यो, “दाऊदसँग हाम्रो कुनै हिस्सा छैन, न त यिशैको छोरासँग हाम्रो कुनै उत्तराधिकार नै छ । ए इस्राएल, हरेक मानिस आ-आफ्ना घर जाओ !2 त्यसैले इस्राएलका सबै मानिसले दाऊदलाई छोडे र बिक्रीको छोरा शेबाको पछि लागे । तर यहूदाका मानिसहरू यर्दन देखि यरूशलेमसम्म नै आफ्ना राजाको पछिपछि गए ।3 जब दाऊद यरूशलेममा आफ्नो दरबारमा आए, तब उनले दरबारको हेरचाह गर्न छोडेका दश जना उपपत्नीहरूलाई लिए र तिनले उनीहरूलाई पालेको अधीनमा एउटा घरमा राखे । उनले उनीहरूलाई चाहिने सबै कुरा जुटाइदिए, तर तिनी फेरि उनीहरूसँग सुतेनन् । त्यसैले उनीहरूको मृत्युको दिनसम्म नै तिनीहरूलाई नजरबन्द गरियो, यसरी उनीहरू विधवाहरू भएझैँ बसे ।4 त्यसपछि राजाले अमासालाई भने, “तीन दिनभित्र यहूदाका मानिसहरूलाई एकसाथ भेला गर । तिमी पनि यहाँ हुनुपर्छ ।5 त्यसैले अमासा यहूदालाई बोलाउन गए तर तिनलाई राजाले तोकेको समय भन्दा तिनी ढिला भए ।6 त्यसैले दाऊदले अबीशैलाई भने, “अब बिक्रीका छोरा शेबाले हामीलाई अब्शालोमले भन्दा धेरै हानि गर्नेछ । तिम्रो मालिकका सेवकहरू, अर्थात् मेरा सिपाहीरूलाई लिएर जाऊ र त्यसलाई खेद नत्र त्यसले किल्लाबन्दी गरेको सहर भेट्टाउनेछ र हाम्रा नजरबाट उम्किनेछ ।7 त्यसपछि योआबका मानिसहरू, करेतीहरू, पलेथीहरू र सबै वीर योद्धासँगै त्यसको पछिपछि गए । तिनीहरूले बिक्रीको छोरो शेबालाई खेद्न यरूशलेमबाट बिदा भए ।8 जब तिनीहरू गिबोनको ठूलो ढुङ्गामा थिए, तब अमासा तिनीहरूलाई भेट्न आए । योआबले हतियार सहितको जङ्गी पोशाक लगाएका थिए जसको कम्मरमा पेटी र त्यसको दापमा छुरा हुन्थ्यो । जसै तिनी अगि बढे, छुरा खस्यो ।9 त्यसैले योआबले अमासालाई भने, “हे मेरो भाइ, तिमीलाई ठीकै छ ?” योआबले अमासालाई चुम्बन गर्न दाह्रीमा समाते ।10 अमासाले योआबको देब्रे हातमा भएको छुरालाई ख्यालै गरेनन् । योआबले अमासाको पेटमा रोपिदिए र तिनको आन्द्राभुँडी जमिनमा झर्यो । योआबले तिनलाई अर्को पटक प्रहार गरेनन् र अमासा मरे । यसरी योआब र तिनको भाइ अबीशैले बिक्रीका छोरो शेबालाई पछ्याउँदै गए ।11 योआबका मानिसमध्ये एक जना अमासाको छेउमा खडा भयो र त्यो मानिसले भन्यो, “त्यो जसले योआबको पक्ष लिन्छ र त्यो जो दाऊदको पक्षमा छ, त्यसले योआबलाई पछ्याओस् ।12 अमासा बीच बाटोमा आफ्नै रगतमा लटपटिएर रहेका थिए । सबै मानिस चूपचाप खडा भएको त्यो मानिसले देखेपछि त्यसले अमासालाई घिसारेर बाटोदेखि बाहिर खेतमा लग्यो । त्यसले लाशलाई कपडाले छोपिदियो किनभने उसको छेउमा आउने हरेक मानिस खडा भएको त्यसले देख्यो ।13 अमासालाई बाटोदेखि बाहिर लगेपछि बिक्रीको छोरो शेबालाई खेद्न सबै मानिसले योआबलाई पछ्याए ।14 शेबा इस्राएलका सबै कुल हुँदै गएर बेथ-माकाको हाबिलमा पुग्यो र बरीहरूका सारा देशबाट भएर गयो जो एकसाथ भेला भए र शेबाको पछि लागे ।15 तिनीहरूले त्यसलाई बेथ-माकाको हाबिलमा भेट्टाए र घेराबन्दी गरे । तिनीहरूले सहरको विरुद्ध एउटा घेरा-मचान बनाए । योआबसँग भएका सबै फौजले पर्खाललाई ढाल्नलाई त्यसमा हिर्काउन लागे ।16 त्यसपछि एक जना बुद्धिमान स्त्रीले सहरबाट कराएर भनिन्, “ए योआब, सुन्नुहोस्, कृपया सुन्नुहोस् ! मेरो नजिक आउनुहोस् र म तपाईंसँग कुरा गर्न सक्छु ।17 त्यसैले योआब तिनको नजिक गए र ती स्त्रीले भनिन्, “के तपाईं योआब हुनुहुन्छ ?” तिनले जवाफ दिए, “म हुँ ।” तब तिनलाई उनले भनिन्, “तपाईंकी दासीको कुरा सुन्नुहोस् ।” तिनले जवाफ दिए, “म सुन्दै छु ।18 तब उनले भनिन्, “प्राचीन समयमा तिनीहरू भन्ने गर्थे, ‘निश्चय हाबिलमा सल्लाह लिन जाऊ’, र त्यो सल्लाहले कुरा मिल्थ्यो ।19 इस्राएलको सब भन्दा शान्तिपूर्ण र विश्वासयोग्य हाम्रै सहर हो । तपाईंले इस्राएलको आमा सहरलाई नाश गर्न खोज्दै हुनुहुन्छ । तपाईंले परमप्रभुको उत्तराधिकारलाई किन निल्न चाहनुहुन्छ ?20 त्यसैले योआबले जवाफ दिए र भने, “मैले सहर निल्ने वा नाश गर्ने कुरा मबाट दूर रहोस् ।21 त्यो सत्य होइन । तर बिक्रीको छोरा शेबा नाउँ गरेका एफ्राइमको पहाडी देशको एक जना मानिसले दाऊद राजाको विरुद्धमा आफ्नो हात उठाएको छ । त्यसलाई मकहाँ सुम्पिदिनुहोस् र म सहरबाट पछि हट्नेछु ।” ती स्त्रीले योआबलाई भनिन्, “त्यसको टाउको पर्खालबाट बाहिर तपाईंकहाँ फालिनेछ ।22 त्यसपछि ती स्त्री आफ्नो बुद्धिमा सबै मानिसकहाँ गइन् । तिनीहरूले बिक्रीका छोरा शेबाको टाउको काटे र त्यो बाहिर योआबकहाँ फालिदिए । तब योआबले तुरही फुके र तिनका मानिसहरूले सहर छोडे र हरेक मानिस आ-आफ्नो घर गए । अनि योआबचाहिँ यरूशलेममा राजाकहाँ फर्के ।23 अब योआबचाहिँ इस्राएलका सबै फौजका कमाण्डर थिए, र यहोयादाका छोरा बनायाह करेतीहरू र पलेथीहरूका अधिकृत थिए ।24 अदोनीरामचाहिँ ज्यालाबिना काम गर्नेहरूका अधिकृत थिए र अहीलूदका छोरा यहोशापात लेखापाल थिए ।25 शेभा शास्त्री र सादोक तथा अबियाथार पूजाहारीहरू थिए ।26 याईरी ईराचाहिँ दाऊदका मुख्य सेवक थिए ।