16
दाऊद डाँडाको चुचुरोबाट अलिकति पर पुग्दा, मपीबोशेतको नोकर सीबा केही गधाहरू जीन-काठी कसेर दाऊदलाई भेट्न आए । तिनमा दुई सय वटा रोटी, एक सय झुप्‍पा किसमिस, नेभारा एक सय झुप्‍पा र एक मशक दाखमद्य थिए ।2 राजाले सीबालाई भने, “तिमीले यी कुरा किन लिएर आयौ ?” सीबाले जवाफ दिए, “गधाहरू राजाका घरानालाई सवार हुन, रोटी र नेभाराका डल्लाहरू तपाईंका मानिसहरूले खान र दाखमद्यचाहिँ उजाडस्‍थानमा मुर्छित हुनेहरूका लागि पिउनलाई हुन् ।3 राजाले भने, “त्‍यसो भए, तिम्रो मालिकको नाति कहाँ छ ?” सीबाले राजालाई जवाफ दिए, “हेर्नुहोस्, उनी यरूशलेममा नै बसेका छन्, किनकि, उनले भने, ‘इस्राएलको घरानाले आज मेरो बुबाको राज्‍य मलाई पुनर्स्थापना गर्नेछन्’ ।4 तब राजाले सीबालाई भने, “हेर, मपीबोशेतको अधीनमा भएका सबै कुरा अब तिम्रो भयो ।” सीबाले जवाफ दिए, “हे मेरो मालिक महाराजा, म नम्रतासाथ हजूरको सामु निहुरिन्‍छु । मैले हजूरको दृष्‍टिमा निगाह पाउन सकूँ ।5 जब दाऊद राजा बहूरीमको नजिक पुगे, त्‍यहाँबाट एक जना मानिस शाऊलको कुलको गेराका छोरा शिमी आयो । ऊ हिँड्‍दै गर्दा उसले सराप्‍दै गयो ।6 राजाको दायाँ र बायाँतिर फौजहरू र अङ्‌गरक्षकहरू भए तापनि उसले दाऊदलाई र राजाका अधिकारीहरूलाई ढङ्‌गाले हान्‍यो ।7 शिमीले यसरी सरापे, “गइहाल, यहाँबाट निस्की जा, तँ दुष्‍ट, तँ रक्तपात गर्ने मानिस !8 तैँले शाऊलको घरानाभित्र बगाएको रगतका लागि तिमीहरू सबैलाई परमप्रभुले जवाफ दिनुभएको छ, जसको ठाउँमा तैँले राज्‍य गरेको छस् । परमप्रभुले तेरो छोरा अब्शालोमलाई राज्‍य दिनुभएको छ । तेरो सर्वनाश भएको छ किनभने तँ रक्तपातको मानिस होस् ।9 त्‍यसपछि सरूयाहका छोरा अबीशैले राजालाई भने, “यो मरेको कुकुरले मेरो मलिक महाराजालाई किन सराप्‍ने ? कृपया, पारि गएर त्‍यसको टाउको काट्ने अनुमति मलाई दिनुहोस् ।10 तर राजाले भने, “ए सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार ? शायद परमप्रभुले नै, ‘दाऊदलाई सराप’ भनेर त्‍यसलाई भन्‍नुभएको हुनाले त्‍यसले मलाई सराप्‍दैछ । अनि त्‍यसलाई ‘तिमीले राजालाई किन सराप्‍दै छौ ?’ भनेर कसले भन्‍न सक्छ ।11 त्‍यसैले दाऊदले अबीशै र आफ्‍ना सबै सेवकलाई भने, “हेर, मेरो छोरा, जो मेरो आफ्नै शरीरबाट जन्‍मेको हो, त्‍यसले नै मलाई मार्न खोज्‍छ । यो बेन्‍यामिनीले झन् मेरो विनाश भएको कति धेरै इच्‍छा गर्ला ? त्‍यसलाई छोडिदेऊ र त्‍यसले सरापोस्, किनकि परमप्रभुले नै त्‍यसो गर्ने आज्ञा त्‍यसलाई दिनुभएको छ ।12 शायद ममाथि आइपरेको यो कष्‍ट परमप्रभुले हेर्नुहुनेछ र आज त्‍यसले मलाई सरापेकोमा मलाई असल इनाम दिनुहुनेछ ।13 त्‍यसैले दाऊद र तिनका मानिसहरू बाटोमा हिँडे, जबकि शिमीले डाँडाको अर्कोपट्टि हिँड्दै, सराप्दै, धूलो छर्दै र ढुङ्‌गा हान्‍दै गए ।14 त्‍यसपछि राजा र तिनीसँग भएका सबै मानिस थकित भए र तिनीहरू राती रोकिँदा तिनले आराम गरे ।15 अब्शालोमको र तिनीसँग भएका इस्राएलका सबै मानिसहरूचाहिँ, तिनीहरू यरूशलेममा आए र अहीतोपेल तिनीसँगै थिए ।16 जब दाऊदका मित्र अरकी हूशै अब्शालोमकहाँ आए, तब हूशैले अब्शालोमलाई भने, “राजा अमर रहून् ! राजा अमर रहून्!17 अब्शालोमले हूशैलाई भने, “तिम्रो मित्रप्रतिको तिम्रो बफादारीता यही हो ? तिमी किन तिनीसित गएनौ ?18 हूशैले अब्शालोमलाई भने, “होइन, बरु, परमप्रभु र यी मानिसहरू र इस्राएलका सारा मानिसले जसलाई चुनेका छन्, म त्‍यही मानिसको हुनेछु र उसैसित म बस्‍नेछु ।19 साथै, मैले कुन मानिसको सेवा गर्नु ? के मैले तिनको छोराको उपस्थितिमा सेवा नगर्नु ? मैले जसरी तपाईंको बुबाको सामु सेवा गरेको छु त्‍यसरी नै म तपाईंको सामु सेवा गर्नेछु ।20 तब अब्शालोमले अहीतोपेललाई भने, “हामीले के गर्नुपर्छ भन्‍ने बारेमा हामीलाई तपाईंको सल्लाह दिनुहोस् ।21 अहीतोपेलले अब्शालोमलाई जवाफ दिए, “जानुहोस्, तपाईंको बुबाले दरबारको सुरक्षा गर्न छोड्नुभएका तपाईंको बुबाका उपपत्‍नीहरूसित सुत्‍नुहोस् र तपाईं आफ्नो बुबाप्रति दुर्गन्ध हुनुभएको छ भनी सारा इस्राएललाई थाहा हुनेछ । तब तपाईंसँग भएका सबैको हात बलियो हुनेछ ।22 त्‍यसैले तिनीहरूले दरबारको छतमा अब्शालोमको निम्ति पाल टाँगे र सारा इस्राएलले देख्‍ने गरी अब्शालोम आफ्नो बुबाका उपपत्‍नीहरूसित सुते ।23 अब ती दिनहरूमा अहीतोपेलले दिएको सल्लाह परमेश्‍वर स्वयम्‌को मुखबाट मानिसले सुनेको जस्‍तै हुन्‍थ्यो । दाऊद र अब्शालोम दुवैले अहीतोपेलको सल्लाहलाई त्‍यसरी नै लिन्‍थे ।