25
अब शमूएल मरे । सबै इस्राएल भेला भए र तिनको निम्ति विलाप गरे र तिनलाई आफ्नै घर रामामा दफन गरे । त्यसपछि दाऊद उठे र पारानको उजाड-स्थानमा तल झरे ।2 माओनमा एक जना मानिस थिए जसको सम्पत्ति कर्मेलमा थियो । त्यो मानिस धेरै धनी थियो । उसको तीन हजार भेडा र एक हजार बाख्राहरू थिए । उसले कर्मेलमा भेडाको ऊन कत्रँदै थियो ।3 त्यो मानिसको नाउँ नाबाल थियो । उसकी पत्नीको नाउँ अबीगेल थियो । ती स्त्री बुद्धिमती र देख्नमा सुन्दरी थिइन् । तर त्यो मानिस आफ्नो व्यवहारमा कठोर र खराब थियो । ऊ कालेबको घरानाको सन्तान थियो ।4 नाबालले उजाड-स्थानमा भेडाको ऊन कत्रँदैछन् भनी दाऊदले सुने ।5 त्यसैले दाऊदले दश जना जवान मानिसलाई पठाए । दाऊदले ती जवान मानिसहरूलाई भने, “कर्मेलमा माथि जाओ, नाबालकहाँ जाओ र मेरो नाउँमा तिनलाई अभिवादन गर ।6 तिमीहरूले तिनलाई भन्नु, ‘समृद्धिमा जिउनुहोस् । तपाईंलाई शान्ति मिलोस्, तपाईंका घरानामा शान्ति छाओस् र तपाईंसँग भएका सबैलाई शान्ति होस् ।7 तपाईंसँग ऊन कत्रनेहरू छन् भनी म सुन्छु । तपाईंका गोठालाहरू हामीसँग छन् र हामीले तिनीहरूलाई कुनै हानि गरेनौँ र तिनीहरू कर्मेलमा हुँदा तिनीहरूले कुनै पनि कुरा गुमाएनन् ।8 तपाईंका जवान मानिसहरूलाई सोध्नुहोस् र तिनीहरूले तपाईंलाई भन्नेछन् । अब मेरा जवानहरूले तपाईंको दृष्टिमा निगाह पाऊन्, किनकि हामी आज उत्सवको समयमा आएका छौँ । कृपया तपाईंको हातमा जे छ सो तपाईंका सेवकहरू र तपाईंका छोरा दाऊदलाई दिनुहोस् ।9 जब दाऊदका जवान मानिसहरू आइपुगे, तिनीहरूले यी सबै कुरा दाऊदको तर्फबाट नाबाललाई भने र प्रतिक्षा गरे ।10 नाबालले दाऊदका सेवकहरूलाई जवाफ दिए, “दाऊद को हुन् र यिशैका छोरा को हुन् ? आजभोलि आफ्ना मालिकहरूबाट भाग्ने धेरै जना सेवकहरू छन् ।11 के मैले आफ्ना ऊन कत्रनेहरूका निम्ति काटेका मासु, मेरो रोटी र मेरो पानी कहाँबाट आएका हुन् भनी मैले नचिनेको मानिसहरूलाई दिनुपर्छ ?12 त्यसैले दाऊदका मानिसहरू फर्केर आए र भनिएका हरेक कुरा तिनलाई बताए ।13 दाऊदले तिनका मानिसहरूलाई भने, “हरेक मानिसले आ-आफ्नो तरवार भिर ।” त्यसैले हरेक मानिसले आ-आफ्नो तरवार भिरे । दाऊदले पनि आफ्नो तरवार भिरे । झण्डै चार सय मानिसहरू दाऊदको पछि लागे र दुई सय जनाचाहिँ सरसामानसँगै बसे ।14 तर ती जवान मानिसहरूमध्ये एक जनाले नाबालकी पत्नी अबीगेललाई भने । तिनले भने, “दाऊदले उजाड-स्थानबाट हाम्रा मालिकसँग भेट गर्न दूतहरू पठाए र तिनले उनीहरूको अपमान गरे ।15 तापनि ती मानिसहरू हामीप्रति धेरै असल थिए । हामी बाहिर चरनमा हुँदा तिनीहरूसँग जाँदा र हामीलाई कुनै हानि भएन र कुनै कुरा पनि गुामएनौँ ।16 हामीले तिनीहरूसँगै भेडाहरू चराउँदा तिनीहरू हाम्रा निम्ति दिन र रात दुवै समयमा पर्खाल नै भएका थिए ।17 यसकारण यो कुरा जान्नुहोस् र तपाईंले के गर्नुपर्ने हो सो विचार गर्नुहोस्, किनकि हाम्रा मालिक र उहाँका सारा घरानाका विरुद्ध खराब षड्यन्त्र रचिएको छ । उहाँ यस्तो बेकामको मानिस हुनुहुन्छ, उहासँग कसैले बहस गर्न सक्दैन ।18 अनि अबीगेलले हतार गरिन् र दुई सय रोटी, दुई मशक दाखमद्य, पहिले नै तयार पाँच वटा भेडा, आठ पाथी सुकेको अन्न, एक सय झुप्पा किशमिश, दुई सय डल्ला सुकेको नेभारा लिए र तिनलाई गधामाथि राखिन् ।19 तिनले आफ्ना जवान मानिसहरूलाई भनिन्, “मेरो अगिअगि जाओ र म तिमीहरूको पछिपछि आउनेछु ।” तर तिनले आफ्नो पति नाबाललाई यो कुरा भनिनन् ।20 जसै तिनी आफ्नो गधामा चढिन् र पहाडको बीचतिर आइपुगिन्, दाऊद र तिनका मानिसहरू तिनीकहाँ तल आए र तिनले तिनीहरूलाई भेटिन् ।21 दाऊदले भनेका थिए, “निश्चय नै यो मानिससँग उजाड-स्थानमा भएका सबै थोकलाई मैले व्यर्थमा सुरक्षा दिएको रहेछु, ताकि उससँग भएका कुनै पनि कुरा हराएनन् र उसले मलाई असलको सट्टामा खराब फिर्ता दिएको छ ।22 भोलि बिहानसम्म यससँग भएका सबै पुरुषहरूमध्ये एक जनालाई पनि मैले छोडेँ भने म दाऊदलाई यस्तै र यो भन्दा बढ्ता होस् ।23 जब अबीगेलले दाऊदलाई देखिन्, तिनी हतार गरिन् र आफ्नो गधाबाट ओर्लिन् र दाऊदको सामु तिनले शिर तल गरिन् र जमिनमा घोप्टो परिन् ।24 तिनी दाऊदको पाउमा परिन् र भनिन्, “हे मेरो मालिक, सारा दोष ममाथि नै परोस् । कृपया आफ्नो दासीलाई तपाईंसँग बोल्न दिनुहोस् र आफ्नो दासीको कुरा सुन्नुहोस् ।25 मेरो मालिकले यो बेकामको मानिस नाबालको ख्याल नगर्नुहोस्, किनकि जस्तो उसको नाम छ ऊ त्यस्तै छ । उसको नाम नाबाल हो र उससँग मूर्खता छ । तर मेरो मालिकले पठाउनुभएका हजूरका जवान मानिसहरूलाई म तपाईंकी दासीले देखिन ।26 अब, हे मेरा मालिक, जस्तो परमप्रभु जीवित हुनुहुन्छ र हजूर जीवित हुनुहुन्छ, किनकि परमप्रभुले तपाईंलाई रक्तपात गर्न र आफ्नो शत्रुमाथि आफ्नै हातले बदला लिनबाट रोक्नुभएको छ, अब हे मेरा मालिक, तपाईंका शत्रुहरू र तपाईंको खराबी गर्न खोज्ने सबै नाबाल जस्तै होऊन् ।27 अब तपाईंकी दासीले ल्याएकी यो उपहार मेरो मालिकका पछि हिँड्ने जवान मानिसहरूलाई दिइयोस् ।28 कृपया आफ्नो दासीको अपराध क्षमा गर्नुहोस्, किनकि परमप्रभुले निश्चय नै मेरो मालिकको निम्ति अटल घराना बनाउनुहुनेछ, किनकि मेरो मालिकले परमप्रभुको युद्ध लडिरहनुभएको छ । र तपाईं जीवित भएसम्म तपाईंमा कुनै खराबी भेट्टाइनेछैन ।29 तपाईंको ज्यान लिनलाई मानिसहरूले तपाईंलाई लखेटे तापनि मेरो मालिकको जीवनलाई परमप्रभु तपाईंका परमेश्वरले जीवितहरूको मुट्ठामा बाँध्नुहुनेछ । अनि उहाँले तपाईंका शत्रुहरूको जीवनलाई घुँयेँत्रोको पाकेटबाट फालेझैँ फाल्नुहुनेछ ।30 परमप्रभुले तपाईंलाई प्रतिज्ञा गर्नुभएको हरेक कुरा उहाँले मेरो मालिकको निम्ति पूरा गर्नुहुनेछ, र तपाईंलाई इस्राएलमाथि अगुवा नियुक्त गर्नुभएको छ ।31 तपाईंले निर्दोष रगत बगाउनुभएको वा मेरो मालिकले आफ्नो उद्धार आफैले गरेकोले यो तपाईंको निम्ति पछुताउनुपर्ने बोझ हुनेछैन । किनकि परमप्रभुले मेरो मालिकको निम्ति असल गर्नुहुँदा आफ्नो दासीलाई पनि सम्झनुहोस् ।32 दाऊदले अबीगेललाई भने, “इस्राएलका परमप्रभु परमेश्वरले तिमीलाई आशिष् देऊन्, जसले आज मलाई भेट्न तिमीलाई पठाउनुभयो ।33 तिम्रो बुद्धि धन्यको होस् र तिमी धन्यकी हौ, किनभने तिमीले आज मलाई रक्तपात र आफ्नो निम्ति आफ्नै हातले बदला लिनबाट बचाएकी छ्यौ !34 किनकि साँचो भन्दा, जस्तो परमप्रभु इस्राएलका परमेश्वर जीवित हुनुहुन्छ, जसले मलाई तिमीलाई चोट पुर्याउनबाट बचाउनुभयो, तिमी मलाई भेट्न नआएको भए भोलि बिहानसम्ममा नाबालसँग एउटा पुरुष बालक पनि बाँकी रहने थिएन ।35 त्यसैले तिनले जे ल्याएकी थिइन् सो तिनको हातबाट दाऊदले ग्रहण गरे । तिनले उनलाई भने, “आफ्नो घरमा शान्तिसँग जाऊ । हेर, मैले तिम्रो कुरा सुनेको छु र तिमीलाई स्वीकार गरेको छु ।36 अबीगेल नाबालकहाँ फर्केर गइन् । हेर, उसले आफ्नो घरमा राजाको भोज जस्तै भोज दिइरहेको थियो । नाबालको हृदय आफैमा हर्षित थियो, किनकि उसले धेरै पिएको थियो । त्यसैले तिनले भोलिपल्ट बिहान नभएसम्म उसलाई केही पनि भनिनन् ।37 बिहान यसो भयो, जब नाबाललाई मद्यले छोडेको थियो, तब उसकी पत्नीले उसलाई यी कुराहरू भनिन् । उसको हृदय आफैभित्र मर्यो र ऊ ढुङ्गा जस्तो भयो ।38 दश दिनपछि परमप्रभुले नाबाललाई प्रहार गर्नुभयो ताकि ऊ मर्यो ।39 जब नाबाल मर्यो भन्ने दाऊदले सुने, तिनले भने, “परमप्रभु धन्यको होऊन्, जसले नाबालको हातबाट आएको मेरो अपमानको मामला लिनुभएको छ र आफ्नो दासलाई खराबी गर्नबाट बचाउनुभएको छ । उहाँले नाबालको दुष्ट कामलाई उसैको आफ्नै शिरमा खन्याउनुभएको छ ।” तब दाऊदले अबीगेललाई आफ्नी पत्नीको रूपमा लिन कुरा गर्न मानिसहरू पठाए ।40 जब दाऊदका सेवकहरू कर्मेलमा अबीगेलकहाँ आए, तब तिनीहरूले उनीसँग कुरा गरे र भने, “दाऊदले तपाईंलाई आफ्नो पत्नीको रूपमा लिन हामीलाई पठाउनुभएको छ ।41 उनी उठिन्, आफ्नो अनुहार जमिनमा घोप्टो पारिन् र भनिन्, “हेर्नुहोस्, तपाईंकी दासी मेरो मालिकको सेवकहरूका खुट्टा धुने दासी हुँ ।42 अबीगेलले हतार गरिन् र उठिन् र आफूसँगै लान आफ्ना पाँच जना दासीहरूसँगै गधामा बसिन्, अनि उनी दाऊदको दूतहरूको पछि लागिन् र तिनकी पत्नी भइन् ।43 यति बेला दाऊदले यिजरेलकी अहीनोमलाई पनि पत्नीको रूपमा लिएका थिए । ती दुवै जना तिनकी पत्नीहरू भए ।44 साथै शाऊलले आफ्नी छोरी, दाऊदकी पत्नी मीकललाई गलीमका लेशका छोरा पल्तिएललाई दिएका थिए ।