23
तिनीहरूले दाऊदलाई भने, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाह विरुद्ध लडिरहेका छन् र अन्नका खलाहरू लुटिरहेका छन् ।2 त्यसैले दाऊदले परमप्रभुसँग सहायताको निम्ति प्रार्थना गरे र उहाँलाई भने, “के म जाऊँ र पलिश्तीहरूलाई आक्रमण गरूँ ?” परमप्रभुले दाऊदलाई भन्नुभयो, “जा, पलिश्तीहरूलाई आक्रमण गर् र कीलाहलाई बचा ।3 दाऊदका मानिसहरूले तिनलाई भने, “हेर्नुहोस्, हामी यहाँ यहूदामा डराएका छौँ । हामी कीलाहमा पलिश्तीहरूका फौजको विरुद्धमा गयौँ भने झन् कति धेरै डराउनेछौँ ?4 तब दाऊदले परमप्रभुसँग सहायताको निम्ति फेरि प्रार्थना गरे । परमप्रभुले तिनलाई भन्नुभयो, “उठ्, तल कीलाहमा जा । किनकि म तँलाई पलिश्तीहरूमाथि विजय दिनेछु ।5 दाऊद र तिनका मानिसहरू कीलाहमा गए र पलिश्तीहरूसँग लडे । तिनले उनीहरूका गाईवस्तुहरू लगे र ठूलो संहारसहित तिनीहरूलाई प्रहार गरे । यसरी दाऊदले कीलाहका बासिन्दाहरूलाई बचाए ।6 जब अहीमेलेकका छोरा अबियाथार भागेर कीलाहमा दाऊदकहाँ जाँदा, तिनी एपोदसहित तल आएका थिए ।7 दाऊद कीलाहमा गएका थिए भनी शाऊललाई भनियो । शाऊलले भने, “परमेश्वरले उसलाई मेरो हातमा दिनुभएको छ । किनकि ऊ थुनिएको छ, किनभने ढोकाहरू र बारहरू भएको सहरमा ऊ पसेको छ ।8 युद्धको निम्ति तल कीलाहमा जान, दाऊद र तिनका मानिसहरूलाई घेरा हाल्न शाऊलले आफ्ना सबै फौजलाई बोलाए ।9 शाऊलले आफ्नो विरुद्धमा षड्यन्त्र गरिरहेका कुरा दाऊदलाई थाहा थियो । तिनले पूजाहारी अबियाथारलाई भने, “एपोद यहाँ ल्याऊ ।10 तब दाऊदले भने, “हे परमप्रभु, इस्राएलका परमेश्वर, शाऊल मेरो कारणले सहरलाई नाश पार्न कीलाहमा आउन खोज्छ भन्ने तपाईंको दासले सुनेको छ ।11 के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्पनेछन् ? के तपाईंको दासले सुने जस्तै शाऊल तल आउनेछन् ? हे परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंसँग बिन्ती गर्छु, कृपया आफ्नो दासलाई भन्नुहोस् ।” परमप्रभुले भन्नुभयो, “ऊ तल आउनेछ ।12 तब दाऊदले भने, “के कीलाहका मानिसहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलको हातमा सुम्पनेछन् ?” परमप्रभुले भन्नुभयो, “तिनीहरूले तिमीहरूलाई सुम्पनेछन् ।13 तब दाऊद र तिनीसँग भएका करिब छ सय जना मानिसहरू उठे र कीलाहबाट टाढा गए र तिनीहरू ठाउँ-ठाउँमा गए । दाऊद कीलाहबाट उम्के भनी शाऊललाई भनियो र तिनले पिछा गर्न छोडे ।14 दाऊद उजाड-स्थान भएका किल्लाहरूमा, जीपको उजाड-स्थानको पडाडी देशमा बसे । शाऊलले तिनलाई हरेक दिन खोजे, तर परमेश्वरले तिनलाई उनको हातमा दिनुभएन ।15 शाऊलले तिनको ज्यान खोज्दै आएका कुरा दाऊदले देखे । यति बेला दाऊद जीपमा भएको होरेशको उजाड-स्थान थिए ।16 तब शाऊलका छोरा जोनाथन उठे र होरेशमा दाऊदकहाँ गए र परमेश्वरमा तिनको हातलाई बलियो बनाए ।17 उनले तिनलाई भने, “नडराउनुहोस् । किनकि मेरा बुबा शाऊलका हातले तपाईंलाई भेट्टाउनेछैन । तपाईं इस्राएलको राजा हुनुहुनेछ र म तपाईंको दोस्रो हुनेछु । मेरा बुबा शाऊललाई पनि यो कुरा थाहा छ ।18 तिनीहरूले परमप्रभुको सामु करार गरे । दाऊद होरेशमा नै रहे र जोनाथन घर गए ।19 त्यसपछि जीपीहरू गिबामा शाऊलकहाँ आए र भने, “के दाऊद यशीमोनको दक्षिणतिरका हकीला पहाडको होरेशका किल्लाहरू लुकिरहेका छैन र ?20 अब हे राजा तल आउनुहोस्, तपाईंको इच्छाअनुसार तल आउनुहोस् । हाम्रो काम भनेको तिनलाई राजाको हातमा सुम्पने हुनेछ ।21 शाऊलले भने, “तिमीहरूलाई परमप्रभुले आशिष् देऊन् । किनकि तिमीहरूले ममाथि दया गरेका छौ ।22 जाओ, अझै पक्का गर । तिनको लुक्ने ठाउँ कहाँ छ अनि त्यहाँ उसलाई कसले देखेको हो थाहा पाओ र पत्ता लगाओ । ऊ धेरै चतुर छ भनी मलाई भनिएको छ ।23 त्यसैले हेर र उसले आफूलाई कहाँ लुकाउँछ सबै ठाउँ पत्ता लगाओ । पक्का सूचना लिएर मकहाँ फर्की आओ, अनि त्यसपछि तिमीहरूसँगै म फर्केर जानेछु । ऊ त्यस ठाउँमा छ भने, म उसलाई हजारौँ यहूदाका माझमा सबैतिर खोज्नेछु ।24 तब तिनीहरू उठे र शाऊल भन्दा अगि जीपमा गए । दाऊद र तिनीसँग भएका मानिसहरू यशीमोनको दक्षिणतिरको अराबाको माओनको उजाड-स्थानमा थिए ।25 शाऊल र उनका मानिसहरू तिनलाई खोज्न गए । तर दाऊदलाई यो कुरा भनिएको थियो, त्यसैले तिनी तल चट्टानको पहाडतिर गए र माओनको उजाड-स्थानमा बसे । जब शाऊलले त्यो कुरा सुने, तब तिनले दाऊदलाई माओनको उजाड-स्थानमा लखेटे ।26 शाऊल पहाडको एकपट्टि हिँडे र दाऊद र तिनका मानिसहरू पहाडको अर्कोपट्टि हिँडिरहेका थिए । शाऊलबाट टाढा जानलाई दाऊद हतारिए । जसै शाऊल र तिनका मानिसहरूले दाऊद र तिनका मानिसहरूलाई समात्न घेरा लगाउँदै थिए,27 एक जना दूत शाऊलकहाँ आयो र भन्यो, “छिटो गर्नुहोस् र आउनुहोस्, किनकि पलिश्तीहरूले देश लुटेका छन् ।28 त्यसैले शाऊल दाउदलाई खेद्न छोडेर फर्के र पलिश्तीहरूका विरुद्ध लड्न गए । यसकारण त्यस ठाउँलाई बाँचेको चट्टान भनियो ।29 त्यहाँबाट दाऊद माथि गए र एन-गदीका किल्लाहरूमा बसे ।