21
त्यसपछि लेवी कुलका कुलनायकहरू पूजाहारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूभित्रका तिनीहरूका पुर्खाहरूको परिवारहरूका अगुवाहरूकहाँ आए ।2 तिनीहरूले कनानको भूमिमा शीलोमा तिनीहरूलाई भने, “परमप्रभुले मोशाद्वारा हाम्रा गाईवस्तुहरूका निम्ति खर्कसहितका बसोबास गर्न हामीलाई सहरहरू दिन आज्ञा गर्नुभएको थियो ।3 त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुको आज्ञाद्वारा लेवीहरूलाई तिनीहरूका खर्कहरूसहित तिनीहरूको उत्तराधिकारबाट निम्न सहरहरू दिए ।4 कहातीहरूका निम्ति हालेको चिट्ठाको परिणाम यस्तो आयोः लेवीबाट जन्मेका हारूनका सन्तानहरू, पूजाहारीहरूले यहूदाको कुलबाट, शिमियोनका कुलबाट र बेन्यामीनको कुलबाट दिइएका तेह्र वटा सहर पाए ।5 बाँकी कहातीहरूलाई एफ्राइम, दान र मनश्शेको आधा कुलबाट दश सहर दिइयो ।6 त्यसपछि गेर्शोनबाट जन्मेका मानिसहरूलाई चिट्ठाद्वारा इस्साखार, आशेर, नप्ताली र बाशानमा मनश्शेको आधा कुलबाट तेह्र वटा सहर दिइयो ।7 मरारीका सन्तानहरूका कुल-कुलअनुसार रूबेन, गाद र जबूलूनको कुलबाट बाह्र वटा सहर पाए ।8 त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुले मोशाद्वारा आज्ञा दिनुभएमुताबिक लेवीहरूलाई यी सहरहरू (तिनीहरूका खर्कहरूसहित) चिट्ठा हालेर दिए ।9 यहूदा र शिमियोनका कुलहरूबाट तिनीहरूले यहाँ नाउँद्वारा सूची बनाएअनुसार दिए ।10 यी सहरहरू हारूनका सन्तानहरूलाई दिइयो, जो कहाती कुलका थिए र लेवी वंशबाटका थिए । किनभने पहिले हालेको चिट्ठा तिनीहरूलाई पर्यो ।11 इस्राएलीहरूलाई किर्यत-अर्बा (अर्बा अनाका पिता थिए) अर्थात् जुन हेब्रोन हो यहूदाको पहाडी देशमा यसका खर्कहरूसहित तिनीहरूलाई दिए ।12 तर तिनीहरूका गाउँहरूसहित सहरका खेतहरू यपुन्नेका छोरा कालेबलाई पहिले नै तिनको अधिकारको रूपमा दिइएको थियो ।13 तिनीहरूले पूजाहारी हारूनका सन्तानहरूलाई यसका खर्कहरूसहित हेब्रोन, जुन अरूलाई अनजानमा मार्ने मानिसको निम्ति शरण-नगर थियो, र यसको खर्कसहित लिब्ना,14 यसको खर्कसहित यत्तीर, र यसको खर्कसहित एश्तमो दिए ।15 तिनीहरूले यसको खर्कसहित होलोन, यसको खर्कसहित दबीर,16 यसको खर्कसहित ऐन, यसको खर्कसहित युत्ता र यसको खर्कसहित बेथ-शेमेश दिए । यी दुई कुलबाट दिइएका नौ वटा सहर थिए ।17 बेन्यामीनको कुलबाट यसको खर्कसहित गिबोन, यसको खर्कसहित गेबा,18 यसको खर्कसहित अनातोत, र यसको खर्कसहित चार वटा सहर दिइयो ।19 हारूनका सन्तानहरू, पूजाहारीहरूलाई दिइएका सहरहरू तिनीहरूका खर्कहरूसहित तेह्र वटा थिए ।20 बाँकी कहातीहरू जो लेवी कुलको कहाती थिए, तिनीहरूले चिट्ठा हालेर एफ्राइमको कुलबाट तिनीहरूलाई दिएका थिए ।21 तिनीहरू कसैलाई अनजानमा मानिस मार्ने व्यक्तिको निम्ति शरण-नगरको निम्ति एफ्राइमको पहाडी देशमा यसको खर्कसहित शकेम, गेजेर,22 यसको खर्कसहित किब्सैम र यसको खर्कसहित बेथ-होरोन गरी चाट वटा सहर दिइयो ।23 दानको कुलबाट कहातको कुललाई यसको खर्कसहित एल्तके, यसको खर्कसहित गिब्बतोन,24 यसको खर्कसहित अय्यालोन र यसको खर्कसहित गात-रिम्मोन गरी चार वटा सहर दिइयो ।25 मनश्शेको कुलबाट कहातको कुललाई यसको खर्कसहित तानाक र यसको खर्कसहित गात-रिम्मोन गरी दुई वटा सहर दिइयो ।26 तिनीहरूका खर्कसहित बाँकी कहाती कुलका निम्ति दश वटा सहर थिए ।27 मनश्शेको आधा कुलबाट अन्य लेवी कुल अर्थात् गेर्शोनको कुललाई तिनीहरूले यसको खर्कसहित गोलान अनजानमा मानिसलाई मार्ने व्यक्तिको निम्ति शरण-नगर हुनलाई साथै यसको खर्कसहित बे-एश्तरा गरी दुई वटा दिए ।28 गेर्सोनका कुललाई तिनीहरूले इस्साखारको कुलबाट यसको खर्कसहित किश्योन, यसको खर्कसहित दाबरत,29 यसको खर्कसहित यर्मूत र यसको खर्कसहित एन-गन्नीम गरी चार वटा सहर दिए ।30 आशेरको कुलबाट तिनीहरूले यसको खर्कसहित मिशाल, यसको खर्कसहित अब्दोन,31 यसको खर्कसहित हल्केत र यसको खर्कसहित रहोब गरी चाट वटा सहर दिए ।32 नप्तालीको कुलबाट, तिनीहरूले गेर्शोनको कुललाई यसको खर्कसहित गालीलमा केदेश, कसैलाई अनजानमा मार्ने व्यक्तिको निम्ति शरण-नगरको रूपमा; यसको खर्कसहित हम्मोत-डोर र यसको खर्कसहित कर्तान गरी जम्मा तीन वटा सहर दिए ।33 गेर्शोनको कुलबाट तिनीहरूका खर्कसहित जम्मा तेह्र वटा सहर थिए ।34 बाँकी लेवीहरू माकीरको कुललाई जबूलूनको कुलबाट यी सहरहरू दिइयोः यसको खर्कसहित योक्नाम, यसको खर्कसहित कर्तह,35 यसको खर्कसहित दिम्ना र यसको खर्कसहित नहलल गरी जम्मा चार वटा सहर दिइयो ।36 मरारीको कुललाई यी सहरहरू दिइयोः यसको खर्कसहित बेसेर,37 यसको खर्कसहित यहसा, यसको खर्कसहित कदेमोत, र यसको खर्कसहित मेपात गरी चार वटा सहर ।38 गादको कुलबाट तिनीहरूले यसको खर्कसहित गिलादमा रामोतलाई अरूलाई अनजानमा मार्ने व्यक्तिको निम्ति शरण-नगरको रूपमा, र यसको खर्कसहित महनोम दिए ।39 मरारीका कुललाई यसको खर्कसहित हेश्बोन र यसको खर्कसहित याजेर पनि दिइयो । यी चार वटा सहर थिए ।40 यी सबै सहर मरारी कुलका थिए जो लेवी कुलबाटका थिए, तिनीहरूलाई चिट्ठा हालेर बाह्र वटा सहर दिइयो ।41 लेवीका सहरहरू इस्राएलका मानिसहरूको अधीनमा रहेको भू-भागको बीचबाट लिइएका सहरहरू तिनीहरूका खर्कसहित अठचालीस वटा थिए ।42 यी हरेक सहरको आ-आफ्नै खर्कहरू थिए । सबै सहरको यस्तै नै थियो ।43 यसरी परमप्रभुले इस्राएलका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको सबै भू-भाग दिनुभयो । इस्राएलीहरूले यो कब्जा गरे र त्यहाँ बसोबास गरे ।44 त्यसपछि परमप्रभु तिनीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएबमोजिम नै तिनीहरूलाई चारैतिर विश्राम दिनुभयो । तिनीहरूका एक जना शत्रुले पनि तिनीहरूलाई पराजित गर्न सकेन । परमप्रभुले तिनीहरूका सबै शत्रुलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।45 परमप्रभुले इस्राएलको घरानालाई भन्नुभएका सबै असल प्रतिज्ञाहरूमध्ये एउटा पनि सत्य हुन आउनबाट चुकेन । ती सबै नै पूरा हुन आए ।