3
यहोशू बिहान सबेरै उठे र तिनीहरू शित्तीमबाट हिँडे । तिनीहरू यर्दनमा आए अनि, तिनी र इस्राएलका सबै मानिसले पारि जानअघि त्यहीँ नै छाउनी हाले ।2 तीन दिनपछि अधिकृतहरू छाउनीको बीच-बीचतिर गए;3 तिनीहरूले मानिसहरूलाई आज्ञा गरे, “जब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दूक र लेवी कुलका पूजाहारीहरूले यसलाई बोकिरहेका देख्छौ, तिमीहरूले यो ठाउँलाई छोड्नुपर्छ र यसको पछि-पछि जानुपर्छ ।4 तिमीहरू र यसको बीचमा एक हजार मिटर फरक हुनुपर्छ । यसको नजिक नआओ, ताकि कुन बाटो जानुपर्ने हो, सो तिमीहरूले देख्न सक्नेछौ, किनभने तिमीहरू यो बाटोमा यसअगि हिँडेका छैनौ ।5 यहोशूले मानिसहरूलाई भने, “भोलिको निम्ति आ-आफूलाई शुद्ध पार, किनभने परमप्रभुले तिमीहरूमाझ अचम्मका कामहरू गर्नुहुनेछ ।6 यहोशूले पूजाहारीहरूलाई भने, “करारको सन्दूक लेओ र मानिसहरूको अगिअगि जाओ ।” त्यसैले तिनीहरूले करारको सन्दूक उठाए र मानिसहरूको अगिअगि गए ।7 परमप्रभुले यहोशूलाई भन्नुभयो, “आज म तँलाई इस्राएलका मानिसहरूको नजरमा महान् व्यक्ति बनाउनेछु । म जसरी मोशासँग थिएँ, त्यसै गरी म तँसँग पनि छु भनी तिनीहरूले जान्नेछन् ।8 तैँले करारको सन्दूक बोक्ने पूजाहारीहरूलाई आज्ञा दिनेछस्, ‘जब तिमीहरू यर्दनको पानीको छेउमा पुग्छौ, तिमीहरू यर्दन नदीमा नै उभिरहनुपर्छ’ ।9 अनि यहोशूले इस्राएलका मानिसहरूलाई भने, “यहाँ आओ, र परमप्रभु तिमीहरूका परमेश्वरको वचन सुन ।10 परमेश्वर तिमीहरूमाझ हुनुहुन्छ र कनानीहरू, हित्तीहरू, हिव्वीहरू, परिज्जीहरू, गिर्गाशीहरू, एमोरीहरू र यबूसीहरूलाई तिमीहरूको अगिबाट धपाउनुहुनेछ भनी तिमीहरूले थाहा पाउनेछौ ।11 हेर, सारा पृथ्वीका परमप्रभुको करारको सन्दूक यर्दन नदीमा तिमीहरूको अगिअगि जानेछ ।12 अब इस्राएलका हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छान ।13 जब सारा पृथ्वीका प्रभुहरूका परमप्रभुको करारको सन्दूक बोक्ने पूजाहारीहरूको खुट्टाले यर्दन नदीको पानी छुन्छ यर्दनको पानी रोकिनेछ र माथिबाट तल बग्दै गरेको पानी पनि बग्न छोड्नेछ र त्यो एक थुप्रो भएर रहनेछ ।14 त्यसैले जब मानिसहरू यर्दन पारि जानलाई हिँडे, पूजाहारीहरूले करारको सन्दूकलाई बोकेर मानिसहरूको अगिअगि गए ।15 ती करारको सन्दूक बोक्नेहरू यर्दन नदीमा आउने र तिनीहरूका खुट्टाले पानी छुने बित्तिकै (कटनीको समयभरि नै यर्दन नदीको पानी यसको किनारासम्म पुग्छ)16 माथिबाट तलतिर बग्दै गरेको पानी एक थुप्रो भई रोकियो ।17 पानी निकै माथिदेखि नै बग्न छोड्यो । पानी सार्तान नजिकैको आदम नाम गरेको सहरबाट नेगेवको समुद्र अर्थात् मृत सागरसम्म नै बग्न छोड्यो । मानिसहरू यरीहो नजिकै पारि तरे । इस्राएलका मानिसहरूले सुक्खा भूमिमा पार नगरेसम्म परमप्रभुको करारको सन्दूक बोक्ने पूजाहारीहरू यर्दन नदीको बीचमा सुक्खा जमिनमा उभिए ।