23
“लिङ्ग किचिएको वा काटिएको मानिसलाई परमप्रभुको सभामा प्रवेश गर्न निदनू ।2 कुनै अवैध बच्चा परमप्रभुको सभामा प्रवेश गर्नु हुँदैन । त्यसको दश पुस्तासम्म त्यसको कोही सन्तान पनि परमप्रभुको सभामा प्रवेश गर्नु हुँदैन ।3 अम्मोनी वा मोआबी परमप्रभुको सभामा प्रवेश गर्नु हुँदैन । त्यसको दश पुस्तासम्म त्यसको कोही सन्तान पनि परमप्रभुको सभामा प्रवेश गर्नु हुँदैन ।4 किनकि तिमीहरू मिश्रबाट आउँदा बाटोमा तिनीहरूले रोटी र पानी लिएर तिमीहरूलाई भेट्न आएका थिएनन्, र तिमीहरूको विरुद्धमा श्राप दिन तिनीहरूले पतोरमा बस्ने बओरका छोरा बालामलाई भाडामा लिएका थिए ।5 तर परमप्रभु तिमीहरूका परमेश्वरले बालामको कुरा सुन्नुभएन । बरु, तिमीहरूका परमेश्वरले श्रापलाई आशिष्मा परिणत गरिदिनुभयो किनकि तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्थ्यो ।6 तिमीहरूका जीवनभर तिमीहरूले तिनीहरूका शान्ति वा उन्नतिको खोजी नगर्नू ।7 तिमीहरूले कुनै एदोमीलाई तिरस्कार नगर्नू । कुनै मिश्रीलाई घृणा नगर्नू किनकि तिमीहरू त्यसको देशमा परदेशी थियौ ।8 तिनीहरूबाट जन्मेका तेस्रो पुस्ताका सन्तानहरू परमप्रभुको सभामा पस्न सक्छन् ।9 तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा तिमीहरूले आ-आफूलाई दुष्ट कुराहरूबाट अलग राख ।10 तिमीहरूका बीचमा रातमा कुनै पुरुष स्वप्न-दोषको कारणले गर्दा अशुद्ध भएको छ भने त्यो सेनाको छाउनीबाट बाहिर जाओस् र छाउनीमा फर्केर नआओस् ।11 साँझ परेपछि त्यसले पानीले नुहाओस् । सूर्य अस्ताएपछि त्यो छाउनीमा आओस् ।12 छाउनीबाहिर तिमीहरूका लागि एउटा ठाउँ हुनुपर्छ ।13 खन्नका लागि तिमीहरूसित सामग्रीहरू हुनुपर्छ । दिसा बसिसकेपछि खाल्डो खनेर दिसा पुरिदिनू ।14 किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विजय दिन र तिमीहरूका शत्रुहरूलाई तिमीहरूका हातमा दिन उहाँ तिमीहरूको छाउनीको बीचमा हिँडडुल गर्नुहुन्छ । त्यसकारण, तिमीहरूको छाउनी पवित्र हुनुपर्छ ताकि तिमीहरूका बीचमा कुनै अशुद्ध कुरा देखेर उहाँ तिमीहरूका बीचबाट तर्केर नजानुभएको होस् ।15 आफ्नो मालिकबाट भागेर आएको कमारालाई त्यसको मालिककहाँ नफर्काउनू ।16 त्यसले जुनसुकै सहर छाने तापनि त्यसलाई तिमीहरूसँगै बस्न दिनू । त्यसलाई थिचोमिचो नगर्नू ।17 इस्राएलीका छोरीहरू र छोराहरूका बीचमा कसैले पनि मन्दिरको वेश्यावृत्तिमा काम नगरोस् ।18 तिमीहरूले कुनै भाकलको निम्ति वेश्यावृत्तिको ज्याला वा कुकुरको ज्याला परमप्रभु तिमीहरूका परमेश्वरको भवनमा नल्याउनू । किनकि यी दुवै परमप्रभु तिमीहरूका परमेश्वरका लागि घृणित कुराहरू हुन् ।19 ब्याज प्राप्त गर्न सकिने रुपियाँ-पैसा, भोजन वा अन्य कुनै पनि कुरो आफ्नो इस्राएली भाइलाई ऋणस्वरूप दिँदा त्यसबाट ब्याज नलिनू ।20 परदेशीबाट भने तिमीहरूले ब्याज लिन सक्छौ । तर आफ्नो इस्राएली भाइबाट भने तिमीहरूले ब्याज लिनुहुँदैन । यसरी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूको हात परेको हरेक थोकमा आशिष् दिनुभएको होस् ।21 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई भाकल गर्दा यसलाई पूरा गर्न विलम्ब नगर किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट यो चाहनुहुन्छ । भाकल पूरा नगर्नु पाप हो ।22 तर भाकलै गरेका छैनौ भने यो तिमीहरूका लागि पाप हुँदैन ।23 परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले भाकल गरेअनुसार वा तिमीहरूका मुखले स्वैच्छापूर्वक प्रतिज्ञा गरेअनुसार तिमीहरूका मुखबाट निस्केको कुरा पूरा गर्नुपर्छ ।24 तिमीहरू आफ्नो छिमेकीको दाखबारीमा जाँदा इच्छा लागेअनुसार चाहेजति दाख खान सक्छौ, तर आफ्नो टोकरीमा भने नहाल ।25 तिमीहरू आफ्नो छिमेकीको अन्न पाकेको खेतमा जाँदा तिमीहरूले आफ्ना हातले अन्नका बाला टिप्न सक्छौ, तर पाकेको बालीमा हँसिया नलगाओ ।”