1
सीनैको मरुभूमिमा भेट हुने पालमा परमप्रभु मोशासँग बोल्नुभयो । यो इस्राएलका मानिसहरू मिश्र देशबाट निस्की आएका दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा भएको थियो । परमप्रभुले भन्‍नुभयो,2 “इस्राएलको हरेक कुलको सबै पुरुषहरूको तिनीहरूका पुर्खाहरूका परिवार-परिवारअनुसार जनगणना गर् । तिनीहरूका नाउँअनुसार गन् । हरेक पुरुषको गणना गर्,3 जो बीस वर्ष वा त्‍यस भन्‍दा माथिका छन् । इस्राएलको निम्ति सिपाहीको रूपमा लड्न सक्‍ने सबैलाई गन् । तैँले र हारूनले तिनीहरूका सशस्‍त्र समूह-समूहअनुसार पुरुषहरूको सङ्ख्याको अभिलेख राख्‍नुपर्छ ।4 हरेक कुलको एक जना पुरुषले अर्थात् वंशको मुखियाले आफ्नो वंशको अगुवाको रूपमा तिमीहरूसँग सेवा गर्नुपर्छ ।5 हरेक अगुवाले तिनको वंशको निम्ति लड्ने पुरुषहरूको नेतृत्व गर्नुपर्छ । तिमीहरूसँगै रहेर लड्ने अगुवाहरूका नाउँहरू यी नै हुन्ः रूबेनको कुलबाट शदेऊरको छोरो एलीसूर;6 शिमियोनको कुलबाट सूरीशद्दैको छोरो शलूमीएल ।7 यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन;8 इस्साखारको कुलबाट सूआरको छोरो नतनेल;9 जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब;10 योसेफको छोरो एफ्राइमको कुलबाट अम्मीहूदको छोरो एलीशामा; मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल;11 बेन्‍यामीनको कुलबाट गिदेओनीको छोरो अबीदान;12 दानको कुलबाट अम्मीसद्दैको छोरो अहिएजेर;13 आशेरको कुलबाट ओक्रानको छोरो पगीएल;14 गातको कुलबाट दूएलको छोरो एल्यासाप;15 नप्‍तालीको कुलबाट एनानको छोरो अहीरा ।16 मानिसहरूबाट चुनिएका पुरुषहरूका नाउँहरू यी नै थिए । तिनीहरूले आ-आफ्ना पुर्खाहरूका कुलको नेतृत्व गरे । तिनीहरू इस्राएलका कुलहरूका अगुवाहरू थिए ।17 नाउँअनुसार अभिलेख राखिएका यी पुरुषहरूलाई मोशा र हारूनले लिए,18 र यी मानिसहरूसँगै एस्राएलका सबै मानिस दोस्रो महिनाको पहिलो दिनमा भेला भए ।19 त्‍यसपछि बीस वर्ष र त्‍यस भन्‍दा माथिका सबै पुरुषले आ-आफ्ना पुर्ख्यौली पहिचान गरे । तिनीहरूले आफू जन्‍मिएको कुल र परिवारहरूको नाउँ उल्लेख गर्नुपर्थ्यो । त्‍यसपछि मोशाले सीनैको मरुभूमिमा परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूका सङ्ख्याहरूको अभिलेख राखे ।20 इस्राएलका जेठा छोरो रूबेनका सन्‍तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूका अभिलेखबाट लडाइँमा जान सक्‍ने बीस वर्ष वा त्‍यस भन्‍दा माथिका सबै पुरुषहरू गनिए ।21 रूबनेको कुलबाट तिनीहरू ४६,५०० पुरुष थिए ।22 शिमियोनका सन्‍तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूका अभिलेखबाट लडाइँमा जान सक्‍ने बीस वर्ष वा त्‍यस भन्‍दा माथिका सबै पुरुषहरू गनिए ।23 शिमियोनका कुलबाट तिनीहरू ५९,३०० पुरुष थिए ।24 गादका सन्‍तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बीस वर्ष वा त्‍यस भन्‍दा माथिका सबै पुरुषहरू गनिए ।25 गादको कुलबाट तिनीहरू ४५,६५० पुरुष थिए ।26 यहूदाका सन्‍तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बीस वर्ष वा त्‍यस भन्‍दा माथिका सबै पुरुषहरू गनिए ।27 यहूदाको कुलबाट तिनीहरू ७४,६०० पुरुष थिए ।28 इस्साखारका सन्‍तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बीस वर्ष वा त्‍यस भन्‍दा माथिका सबै पुरुषहरू गनिए ।29 इस्साखारको कुलबाट ५४,४०० पुरुष थिए ।30 जबूलूनका सन्‍तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बीस वर्ष वा त्‍यस भन्‍दा माथिका सबै पुरुषहरू गनिए ।31 जबूलूनको कुलबाट तिनीहरू ५७,४०० पुरुष थिए ।32 योसेफका छोरा एफ्राइमका सन्‍तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बीस वर्ष वा त्‍यस भन्‍दा माथिका सबै पुरुषहरू गनिए ।33 एफ्राइमको कुलबाट तिनीहरू ४०,५०० पुरुष थिए ।34 मनश्‍शेका सन्‍तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बीस वर्ष वा त्‍यस भन्‍दा माथिका सबै पुरुषहरू गनिए ।35 मनश्शेको कुलबाट तिनीहरू ३२,२०० पुरुष थिए ।36 बेन्‍यामीनका सन्‍तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बीस वर्ष वा त्‍यस भन्‍दा माथिका सबै पुरुषहरू गनिए ।37 बेन्‍यामीनको कुलबाट तिनीहरू ३५,४०० पुरुष थिए ।38 दानका सन्‍तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बीस वर्ष वा त्‍यस भन्‍दा माथिका सबै पुरुषहरू गनिए ।39 दानको कुलबाट तिनीहरू ६२,७०० पुरुष थिए ।40 आशेरका सन्‍तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बीस वर्ष वा त्‍यस भन्‍दा माथिका सबै पुरुषहरू गनिए ।41 आशेरको कुलबाट तिनीहरू ४१,५०० पुरुष थिए ।42 नप्‍तालीका सन्‍तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बीस वर्ष वा त्‍यस भन्‍दा माथिका सबै पुरुषहरू गनिए ।43 नप्‍तालीको कुलबाट तिनीहरू ५३,४०० पुरुष थिए ।44 मोशा र हारूनले यी पुरुषहरूलाई इस्राएलका बाह्र कुललाई नेतृत्व गर्ने बाह्र पुरुषसँगै गन्‍ती गरे ।45 यसैले लडाइँमा जान सक्‍ने बीस वर्ष र त्‍यस भन्‍दा माथिका इस्राएलका सबै पुरुषहरूको हरेकको आ-आफ्ना परिवार-परिवारअनुसार गन्‍ती गरियो ।46 तिनीहरू ६,०३,५५० पुरुष थिए ।47 तर लेवीका सन्‍तानहरूको गन्‍ती गरिएन,48 किनभने परमप्रभुले मोशालाई भन्‍नुभयो,49 “तैँले लेवीको कुललाई नगन्‍नू वा इस्राएलका कुल मानिसहरूमा नगाभ्नू ।50 बरु, लेवीहरूलाई पवित्र वासस्थानको करारका विधिहरूको हेरचाह गर्न र पवित्र वासस्थानका सबै सरसामान र यसमा भएका सबै कुराको हेरचाह गर्न नियुक्त गर्नू ।51 पवित्र वासस्थान अर्को ठाउँमा सार्नुपर्दा यसलाई लेवीहरूले उठाउनुपर्छ । पवित्र वासस्थान खडा गर्नुपर्दा लेवीहरूले नै खडा गर्नुपर्छ । पवित्र वासस्थानको नजिक आउने कुनै पनि अपरिचित व्यक्तिलाई मार्नू ।52 इस्राएलका मानिसहरूले आ-आफ्ना पालहरू टाँग्दा हरेकले तिनीहरूका सशस्‍त्र समूहको झण्डाको नजिकै टाँग्‍नू ।53 तथापि, लेवीहरूले तिनीहरूका पाल करारका विधिका पवित्र वासस्थान वरिपरि टाँग्‍नुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो रीस नपरोस् । लेवीहरूले करारका विधिहरूको पवित्र वासस्थानको हेरचाह गर्नुपर्छ ।54 इस्राएलका मानिसहरूले यी सबै कुरा गरे । परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको सबै थोक तिनीहरूले गरे ।